माओवादी केन्द्रमा लागेका शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश गरेका छन् । अगामी वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने लगभग पक्का छ । र कुशवाहाको पार्टी माओवादी केन्द्रले जसपालाई सघाइते भएपछि उनले पार्टी छाडेका हुन् ।
उनी ४ मंसिरमा सम्पन्न चुनावमा नेपाली कांग्रेस–माओवादीसँर्गै पाँचदलीय गठबन्धनका साझा उम्मेदवार थिए । जसपा–एमाले गठबन्धनका उम्मेदवार रामसहाय यादव १३ हजार ८२२ मत ल्याएर निर्वाचित हुँदा कुशवाहले १३ हजार ४६८ मत पाएका थिए । ३५४ मतले पराजित उनी बारा २ मा बलिया उम्मेदवार मानिन्छन् ।
रामसहाय यादव उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसंग पराजित जसपा अध्यक्ष उपेन्द्र यादव बारा २ मा उपनिर्वाचन लड्ने भएपछि सो क्षेत्र अधिक चर्चाको विषय बनेको छ । यादवलाई चुनौती दिन माओवादी छाडेका कुशवाहा
तपाईंले माओवादी पार्टी छाड्नुको खास कारण के हो
माओवादीले जसपालाई समर्थन गरेको अवस्थामा बारा–२ का जनताले यो उपचुनावमा तपाईं उठ्नपर्छ भनेपछि मैले त्यो भावनाको सम्मान गरेको हुँ । स्वतन्त्रबाट लड्न खोज्दा त्यसरी होइन, कुनै पार्टीबाटै लड्नपर्छ भनेपछि जनमत पार्टीमा प्रवेश गरेको छु ।
जनमत पार्टीमा त्यस्तो के छ, जसले गर्दा जनताले तपाईंलाई त्यसबाटै लड्न कर लगाए
अध्यक्ष डा. सीके राउतजीको जीवन, संघर्ष र विचारका कारण मधेशमा जनमत पार्टीले जनताको मन जितेको अवस्था छ । त्यसकारण पनि जनताले मलाई जनमतबाटै लड्न कर गरेका हुन् । मैले जनभावनाको सम्मान गरेको हुँ ।
बारा २ मा सत्ता गठबन्धनको सहयोगमा जसपा अध्यक्ष यादव लड्ने पक्काजस्तै छ । उहाँलाई हराउन नै जनमत प्रवेश गर्नुभएको होइन र
स्वतन्त्र उम्मेदवार बन्ने मनस्थितिमा थिएँ, तर पार्टीबाटै लड्नुस् भन्ने जनताको भनाइ सुनेर जनमत प्रवेश गरेको हुँ । अब मलाई चुनाव लड्न सजिलो भएको छ । उपेन्द्रजी बाहिर चुनाव हारेर आउँदै हुनुहुन्छ, यो राम्रो भएन । यहाँकै धर्तीपुत्रलाई जिताउनुपर्छ भन्ने बारा–२ का मतदाताको भावना छ ।
गत मंसिरको चुनावमा पाँचदलीय गठबन्धनको साझा उम्मेदवार तपाई दुईदलीय गठबन्धनका रामसहाय यादवबाट पराजित हुनुभयो । अहिले पनि उपेन्द्र यादवलाई सघाउने गठबन्धन छ । एक्लो जनमत पार्टीको बलमा जित्नु होला त
त्यो बेला नामको मात्र गठबन्धन थियो । कांग्रेसका जिल्ला सभापतिले आफ्नै भाइलाई उठाउनुभयो । गठबन्धन लागू नै भएन, जसको कारण रामसहायजी जित्नुभयो । मैले जुन मत पाएँ, त्यो मेरो व्यक्तित्वको मत थियो ।
अहिले गठबन्धनको मत उपेन्द्र यादवलाई जाँदैन भन्न खोज्नुभएको हो
माथि कतै कागजमा भएको गठबन्धनलाई बारा–२ का जनताले मानेका छैनन्, मान्दैनन् ।
माओवादी पार्टीमा तपाईंको ठूलो योगदान छ । उपचुनावको मुखमै छाड्दा त्यति लामो समय काम गरेको पार्टीको माया लागेन रु
योगदान गरेको पार्टीप्रति माया हुन्छ नै । माओवादीमा मेरो भूमिकाको इतिहास छँदैछ । अहिले कुनै बाध्यता या कारणले माओवादीले उपेन्द्रजीलाई समर्थन गयो, यता जनताले मलाई चुनाव लड्नैपर्छ भने ।
माओवादी पार्टी र नेतालाई केही भन्नु छैन, बरु सम्मान छ । जनताको आग्रह लत्याउन नसकेर म जनमतमा आएको हुँ । साभार अनलाईन खबर