स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार राजेन्द्र सिंहले पाएका छन । नेपाल पत्रकार महासंघ पर्साले एक कार्यक्रमका बिच २० हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई वितरण गरेको हो । उनलाई पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , पर्साका प्रहरी उपरिक्षक कोमल शाह र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले वितरण गरेका थिए ।
गत शनिबार बसेको पत्रकार महासंघ पर्सा शाखाको बैठकले विगत एक दशक देखि पत्रकारिता गरिरहेका र ४० वर्ष उमेर नकाटेका पत्रकारलाई पुरस्कार दिने निर्णय अनुसार नै पत्रकार सिंहलाई पुरस्कृत गर्ने निर्णय भएको थियो ।
प्रेस चौतारी पर्साको सचिव समेत रहेका पत्रकार सिंह हाल रेडियो नेपाल , एन्युज टेलिभिजन र पब्लिक एफएममा कार्यरत छन् ।नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारीको अध्यक्ष्तामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य महेश दास , नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष शंकर खतिवडा , शत्रुघन नेपाल , प्रेस युनीयन पर्साका अध्यक्ष रामनारायण कुर्मी , प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतम , समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल , नेपाल खेलकुद पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारी यादव , नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य विजय चौहान , मधेश प्रदेश अध्यक्ष पंकज श्रेष्ठ लगायतका पर्सेली पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काले गरेका थिए भने स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव मिश्राले गरेका थिए । स्वर्गीय पत्रकार सर्राफ नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य थिए । उनको हृदयघातको कारण निधन भएको थियो ।