ग्लोबल विजनस क्लेजले ८ औँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितामा प्रदेश मै प्रथम हासिल गर्दै छनोट भएकोमा पर्साका क्रिकेट खेलाडीहरुलाई सम्मान गरेको छ ।
आईतबार समपन्न सम्मान कार्यक्रममा खेलाडीहरुको विकासका लागी आफु लागि परेको सांसद प्रदिप यादवले बताए ।
स्वास्थ्य क्षेत्रमा सुधारको लागी आफुले दिनरात लाग्दै नारायणी उपक्षेत्रिय अस्पतालमा ७० करोडको बजेट दिलाएर मेडिकल कलेज ल्याउन लागेको जानकारी गराउदैँ उनले खेलकुदको विकासका लागी वीरगंजको नारायणी क्रिकेट रंगशाला र फुटबल रंगशाला सुधार गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए । अहिले धारासायी बनेको रंगशालामा राष्ट्रियस्तरको खेल गराएर टाट पल्टिएको पर्सा जिल्लाको खेलकुद विकास गरेरै छाड्ने उनको प्रतिवद्धता थियो ।
यससंग उनले नवप्रतिभावान खेलाडीहरु जो जिल्लाको नामका खेलकुद मार्फत योगदान दिदैँ आएका छन् उनिहरुका लागी आफ्नो पहलमा उचित पारिश्रमिकसंगै खेल खेल्ने क्रममा घाईते भए उपचारको समेत व्यवस्था गराउने उनले प्रतिवद्धता जनाएका थिए । देशविदेशमा खेलाडीहरुलाई संघ, प्रदेश र स्थानीय निकायले समेत पारिश्रमिकसंगै भत्ताको समेत व्यवस्था गर्ने गरेकाले आफ्नो क्षमताले भ्याएसम्म प्रदेश सरकार मार्फत पारिश्रमिकको व्यवस्था गराउने र सदन मार्फत अवाज उठाउने जानकारी गराएका थिए ।
खेलकै क्रममा बुवालाई हृदय घात भएका बाबजुद नट आउट ४३ रन दिएर पर्सा जिल्लालाई जिताएको बताएका थिए । खेलाडीहरु आफ्नो घर परिवारको समेत प्रवाह नगरेर खेलिरहदा जिल्लावासीले समेत यहाँका खेलाडीहरुका लागी चाहिने आवश्यक समाग्रि सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
पर्सा मै स्थापित उधोगहरुले धनगढी, पोखरा लगायतको खेलकुदमा ठुलो धनराशि खर्चेर खेलकुद गराएपनी जिल्लामा हाल सम्म राष्ट्रिय स्तरको खेलकुद आयोजना नहुदाँ खेलकर्मिहरु बाध्य भएर अरुकै प्रिमियरमा निर्भर रहनु परेको दुखेसो पोखेका थिए ।
कार्यक्रममा मध्यमाञ्चल खेलकुद विकास समतिका प्रशिक्षक उमेश राज उपाध्यायले खेलाडीहरु प्रतिभावान भएरपनी खेल मैदान र चाहिनुपर्ने खेलकुद समाग्रिको अभावका बाबजुद राम्रो गरिरहेको बताएका थिए ।
ग्लोबल विजनस क्लेजकी निर्देशिका निभा दासको सभापतित्वमा समपन्न भएको कार्यक्रममा क्याप्टेन सुरज प्रसाद कुर्मि, हासिम अंसारी सोनु अंसारी, रसिद खान, सोहेल अहमद हवारी, कंचन जंग कार्की, सैफुल्लाह हवारी, सैदुल्लाह अंसारी, सम्साद अंसारी, सलमान आलम, फिरोज अंसारी, रमिज अंसारी, सरफराज मंसुरी, राजबिर तामाङ्ग लगायतलाई सांसद प्रदिप यादव, क्लेजका प्रध्यापक श्रीराम चौधरी, अशोक सरार्फ लगायतले मायाँको चिनो र खादा सहित सम्मान गरेको थियो ।
खेलाडीहरुको सम्मानको अवसरमा कलेजकी संचालिका र आशाराम हास्पीटलकी संचालिका रहेकी समेत निभा दासले सम्मपुर्ण खेलाडीहरुलाई स्वास्थ्य उपचारका लागी सहुलियत कार्ड प्रदान गरेकी छिन् । विभिन्न रोगहरुमा अस्पताल मार्फत सहुलियत दरमा उपचार गराउन सक्ने उदेश्यका साथ सहुलियत कार्ड प्रदान गरेको सञ्चालिका दासले बताईन् ।
कार्यक्रममा सह प्रशिक्षक प्रकाश शर्मा, युवा नेता ईश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।