तल्लो पेट दुखेमा हलुका तरिकाले मालिस गर्ने तथा रबरको थैली वा बोतलमा तातो पानी राखेर सेक्ने । ऐसेलुको पात र अदुवाको रस राखी तातोपानी या चिया पिउने।तनाव वा चिन्ता कम गर्न यसलाई एउटा सामान्य प्रक्रियाका रूपमा लिने र हल्का व्यायाम र घुमफिर गर्ने। पीडा कम गर्न व्यायाम गर्ने, व्यायामले धेरै हदसम्म रजस्वलाको कारणले हुने पीडा र असजिलोपनाको न्यूनीकरण गर्छ। लामो स्वास तान्नु र छोड्नु तथा मालिस गर्ने। पेट दुखेको बेला तातो पानी भरिएको बोतल कपडामा बेरेर सेक्दा पनि धेरै आराम हुन्छ।मनतातो पानीले नुहाउँदा पीड़ा कम हुनुका साथै निकै आराम महसुस हुन्छ। मनतातो पानीले स्नान गर्दा पनि आराम हुन्छ । धेरै महिलाहरूले पारासिटामोल र ब्रुफिन जस्ता दुखाई कम गर्ने औषधि पनि खाने गरेका छन् । तर औषधि प्रयोग गर्नु पूर्व चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । अत्याधिक रक्तश्राव भए स्वास्थ्य चौकिमा जँचाउन जानुपर्छ ।
२) यस्ता छन आफुलाई सकारात्मक राख्ने उपाए
कृतज्ञता अभ्यास गर्नुहोस्
जुन चिजहरुसँग तपाईं कृतज्ञ हुनुहुन्छ उक्त चीजहरूको सूची बनाउनुहोस् । केहि चीजहरू लेख्नुहोस् जसले तपाईंलाई खुसी वा कृतज्ञ महसुस गराउँदछ।
आफूलाई मनपर्ने कुरा गर्नुहोस्
आफूलाई मनपर्ने कुरा गर्नुहोस्। जस्तो मनपर्ने पुस्तक पसलमा जानुहोस्, साथीहरूसँग कफीको आनन्द लिनुहोस्, पार्कमा साँझको पैदल यात्रा गर्नुहोस्, वा मनपर्ने पुस्तक पढ्नुहोस्। प्रत्येक दिन हेर्नको लागि केहि निश्चित गर्नुहोस्। यसले तपाईंलाई सकारात्मक राख्न मद्दत गर्नेछ।
आफूलाई महसुस गर्ने
जब तपाईं तनाव वा महसुस गर्दै हुनुहुन्छ, केहि गहिरो सास लिनुहोस् र वर्तमान क्षणमा फोकस गर्नुहोस् । ध्यान दिनुहोस् कि तपाईंको शरीर कस्तो महसुस गर्छ र तपाईं कुन आवाजहरू सुन्न सक्नुहुन्छ। एकचोटि तपाईंले आफ्ना विचारहरू पहिचान गर्न सिक्नुभयो भने, तपाईं सक्रिय रूपमा नकारात्मक विचारहरूलाई थप सकारात्मक विचारहरूसँग बदल्न सक्नुहुन्छ।
हास्नुहोस्
यदि तपाईं खुसी महसुस गर्नुहुन्न भने पनि, आफैलाई मुस्कुराउन बाध्य पार्नुले वास्तवमा तपाईंलाई राम्रो महसुस गराउन सक्छ। मुस्कानले तपाईंको दिमागमा रसायनहरू निस्कन मद्दत गर्दछ जसले तपाईंलाई खुशी र आराम महसुस गराउँछ।अन्वेषकहरूले फेला पारेका छन् कि मुस्कानले मात्र सकारात्मक भावनाहरू उत्पन्न गर्न मद्दत गर्दैन, यसले मानिसहरूलाई संसारलाई अझ सकारात्मक दृष्टिकोणबाट हेर्न मद्दत गर्दछ। तपाईं निराश महसुस गर्दै हुनुहुन्छ भने केहि मिनेटको लागि मुस्कुराउने प्रयास गर्नुहोस् र हेर्नुहोस्।
आफूलाई खुसी बनाउने चीजहरू कल्पना गर्नुहोस्
आफूलाई खुसी पार्ने चिजहरू, आफूले बिताएको रमाइलो समय याद गर्नाले पनि सकारात्मक रहन मदत गर्छ।
कम्तिमा आठ घण्टासम्म सुत्नुस्
जस्तोसुकै व्यस्त हुनुहुन्छ भने पनि पर्याप्त निद्राका लागि समय छुट्याउने गर्नुपर्छ। छदेखि आठ घण्टासम्म दिनहुँ सुत्नुभएन भने तपाईंको मन स्वस्थ रहन सक्दैन। जसले तपाईंलाई नकारात्मकता तिर लैजान सक्छ।
नियमित व्यायाम गर्नुस्
योग,व्यायाम नियमित गर्ने गर्नुभयो भने शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ। रगतमा अक्सिजनको मात्रा बढ्यो भने यसले तपाईंलाई आलस्य, चिन्ता, तनावबाट मुक्त हुन मद्दत गर्छ। जसले तपाईंलाई सकारात्मक रहन मदत गर्छ।
३) शारीरिक रुपमा कसरी सक्रिय हुने ?
मानिस एक सजिव प्राणी हो। सचेतना, गति, नियन्त्रण, स्वचालन तथा सन्तान उत्पादन जस्ता गुणहरु स्वाभाविक रुपमा मानिसमा विद्यमान हुन्छन्। यस क्रममा मानिसमा देखिने वृद्धि र विकास, शारीरिक संचरना तथा बनावटमा परिवर्तन, क्रिया प्रतिक्रिया आदिको मुख्य आधार चाल वा गतिशिलतालाई मान्निछ । मानव जीवनको चौतर्फी विकासको लागि शारीरिक क्षमता अनुसारको सक्रियता वा कसरत आवश्यक हुनछ। जसले मानिसलाई स्वस्थ राख्छ ।शारीरिक कसरत भनेको उर्जा खपत गर्ने कुनै पनि किसिमको शारीरिक क्रियाकलाप हो।
जुन शरीरका अंगहरुको हलचलका कारण उत्पन्न हुन्छ। शारीरिक निष्क्रियता विश्वमा मानिसहरु बिरामीको हुनुको प्रमुख कारणमध्ये चौथोमा पर्दछ।
तनाव र व्यस्तता, नियमित शारीरिक कसरतको अभाव, अस्वस्थकर खानेकुरा र निस्क्रिय जीवनशैलीलले मानिसहरुमा विभिन्न किसिमका रोग लाग्न सक्ने खतरालाई बढाएको छ। जसले गर्दा नसर्ने रोगहरुको जोखिम बढ्दै गइरहेको छ।
विभिन्न किसिमका विज्ञान प्रविधि, यातायात र जीवनशैलीले मानिसहरु दिन प्रतिदिन झन्–झन् निस्क्रिय हुन थालेका छन्। फलस्वरुप उच्च रक्तचाप, हृदयघात, मधुमेश, जीर्ण श्वासप्रश्वास दम, मुटुरोग र मोटोपना जस्ता जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने खालका स्वास्थ्य समस्याहरु बढ्दैछन्।
शारीरिक निस्क्रियताको कारण हुने सक्ने समस्याहरु
उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या
हड्डी तथा माशंपेशीहरुमा कमजोरी
क्यान्सर, मधुमेह जस्त नसर्ने रोगहरु देखा पर्न सक्ने
मोटोपना र यसको जोखिम बढ्न सक्ने
तनाव र छटपटाहटको महसुस
शारीरिक रुपमा कसरी सक्रिय रहन सकिन्छ ?
४५ मिनेटसम्म भलिबल खेल्ने
४५ देखि ६० मिनेटसम्म फुटबल खेल्ने
३० देखि ४५ मिनेटसम्म बगैँचामा काम गर्ने
दैनिक २ माइल ३० मिनेटसम्म हिड्ने
३० मिनेटसम्म बास्केटबल खेल्ने
३० मिनेटसम्म ५ माइल साइकल चलाउने
३० मिनेटसम्म पौडी खेल्ने आदि।
माथि उल्लेख गरिएका मध्ये कुनै पनि एक क्रियाकलापद्धारा आफुलाई सक्रिय राख्न सकिन्छ ।
शारीरिक कसरत गर्दा ध्यान दिनुपर्ने कुराहरु
शारीरिक कसरत गर्नुभन्दा अगाडि विस्तारै सुरु गरी सुक्ष्म व्यायाम गर्नुपर्दछ। रोक्नु अगाडि पनि विस्तारै रोक्नुपर्छ।सुरुमा एकै पटक धेरै कसरत गर्नु हुँदैन।
अलिअलि गर्दै बिस्तारै आफ्नो लक्ष्य हासिल गर्नुपर्दछ।कडा कसरत गर्ने व्यक्तिले आवश्यक मात्रामा पानी पिउने र पौष्टिक खोनकुराहरु खानुपर्दछ । कडा कसरत गरीसकेपछि केही समय आराम गर्नु जरुरी हुन्छ । दैनिक कम्तीमा आधा घण्टा पसिना आउने गरी हिड्ने, व्यायाम गर्ने, खेलकुद र काम गर्ने गरेर शारीरिक सक्रियता कायम गर्ने। गर्भवती, प्रसूति र शल्यक्रियापछि तथा मुटुसँग सम्बन्धित रोग भएका व्यक्तिहरुले शारीरिक कसरत गर्नु अघि अलि बढी सतर्कता र चिकित्सकको राय लिनु आवश्यक हुन्छ ।
शारीरिक कसरतबाट हुने फाइदाहरु
मुटु सम्बन्धी समस्या हुनबाट बचाउँछ ।
फोक्सोको क्षमतामा वृद्धि गर्दछ ।
मधुमेशको रोगलाई नियन्त्रण गर्दछ ।
तौल ठिक राख्न मद्दत गर्दछ ।
शारीरिक दुखाई नियन्त्रण गर्दछ ।
हड्डीलाई बलियो र मजबुत बनाउँछ ।
तनावबाट मुक्त राखी मानसिक आनन्द दिन्छ ।
काम गर्ने क्षमतामा वृद्धि गर्दछ ।
वृद्धावस्थामा पनि सक्रिय र आत्मनिर्भर बनाउँछ ।
शारीरिक कसरत जुनै किसिमको भएपनि शरीरलाई स्वस्थ र बलियो रहनका लागि मद्दत गर्दछ। सामान्य किसिमको शारीरिक व्यायाम भन्नाले छिटो छिटो हिड्ने, नाच्ने वा घरायसी कामकाज गर्नु आदि हो। कडा किसिमको शारीरिक व्यायाम भन्नाले दौड्नु, तीव्र गतिमा साइकल चलाउनु, पौडी खेल्नु र गह्रौँ सामान उठाउनु जस्ता कडा कार्यलाई बुझाउँछ। सौजन्य स्वास्थ्य खबर