मोही वा सर्बतमा पुदिनाको दुई चार पात मिसाइदिनुहोस्, त्यसको सुगन्ध नै फरक हुन्छ । स्वाद त छँदैछ । यसरी पिउँदा पाचन यन्त्र पनि चुस्त हुन्छ ।
पेट ढुस्स भएको बखत पुदिना चपाउनुहोस्, क्षणभरमै राहत मिल्छ । खासमा पाचन शक्ति बढाउने असाध्यै गुणी वनस्पति हो यो । अपच भएमा, सास गन्हाएमा, पेटमा जुका परेमा र श्वासप्रश्वासको समस्या भएमा पुदिना उपयोगी हुन्छ ।
के हो पुदिना
पुदिना सुगन्धित र औषधीय गुणले भरिपूर्ण वनस्पति हो । यो बाह्रमासे वनस्पति जापानी मिन्ट, मेन्थोलको प्राथमिक स्रोत हो । पुदिना केही प्रजातिका हुन्छन् । यद्यपि औषधि र खानका लागि मेन्था स्पिक्टा लिन्न प्रजाति प्रयोग गरिन्छ । यस पुदिनालाई पहाडे पुदिना पनि भनिन्छ ।
पुदिनालाई न रोप्न झन्झट छ, न हुर्काउन, न गोडमेल गर्न । अलि मलिलो माटोमा सजिलै फैलिने पुदिनालाई आयुर्वेदमा विशेष मानिन्छ ।
पुदिनामा कफनाशक गुण हुन्छ ।
ज्वरो, खोकी, हैजामा उपयोगी मानिन्छ ।
ग्यास्ट्रिकबाट बच्न वा कतिपय दुखाइ कम गर्न मद्दत गर्छ ।
अपच हुँदा पनि पुदिना खानु लाभदायक हुन्छ ।
के पाइन्छ पुदिनामा
पुदिनामा खास केही पोषक तत्व पाइन्छन् । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटेसियम, आइरन, म्याग्नेसियम, क्याल्सियम, फाइबर पाइन्छ ।
स्वास्थ्यदेखि सौन्दर्यसम्म
आज विश्वभरका कतिपय उत्पादनमा पुदिनाको उपयोग गरिन्छ । यसलाई मूलतः औषधिमा प्रयोग गरिन्छ । त्यसबाहेक पेय पदार्थ, पान मसलादेखि सौन्दर्य प्रसाधनसम्ममा पुदिनाको प्रयोग गरिन्छ ।
पुदिनाका १२ लाभ
१। खानामा स्वदिष्ट पुदिना एक राम्रो मुख ताजा राख्ने ९माउथफ्रेसनर० पनि हो ।
२। पुदिना पाचन क्रियाको लागि सर्वोत्तम विकल्प हो ।
३। गर्मीमा लू लागेपछि पुदिना सेवन गराउनुपर्छ ।
४। बाडुली लागेको बेला पुदिना सेवन गर्नुपर्छ, ठीक हुन्छ ।
५। मुखको दुर्गन्ध हटाउन वा मुखभित्रको घाउको उपचार गर्न पुदिना उपयोगी हुन्छ ।
६। पुदिनाले केही प्रकारको छाला रोग पनि निको पार्छ । छालाको समस्या भएको स्थानमा पुदिनाको लेप लगाउनुपर्छ ।
७। यात्रा गर्दै हुनुहुन्छ र बान्ता हुने समस्या छ भने पुदिना सेवन गर्नुहोस् । यसले बान्ता रोक्छ ।
८। पेटको दुखाइ, अरुचिमा पुदिनाको रसमा जीरा, हिंग, मरिच र केही नुन हालेर पकाएर खान सकिन्छ ।
९। प्रसवको समयमा पुदिनाको रस पिउन दिनुपर्छ, प्रसव पीडा कम गर्छ ।
१०। पुदिनालाई पानीमा उमालेर त्यसमा थोरै चिनी मिसाउनुपर्छ । यसलाई समय(समयमा पिउनुपर्छ, निर्बलता कम हुन्छ ।
११। पुदिना पिसेर त्यसमा कागतीको रस मिसाउने । उक्त मिश्रणको लेप अनुहारमा लगाएर धुनुपर्छ । केही दिन यो क्रम जारी राखेपछि अनुहारमा बेग्लै चमक आउँछ ।
१२। हैजामा पुदिना, प्याजको रस, कागतीको रस बराबर मात्रामा मिसाएर पिउनुपर्छ ।
साभार अनलाईन खबर