संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्रको तत्कालीन राज्य सयन्त्र भत्काएर जनवाद,समाजवाद हुदै साम्यवादसम्म पु¥याउने लक्ष्य र उद्देश्यकका साथ वामपंथी पार्टीहरुले जनयुद्ध, जनआन्दोलन गरेका थिए । १० वर्षे सशस्त्र जनयुद्धको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेताहरुको जमातले वृहत शान्ति संझौता र प्रक्रिया अन्तर्गत रहेर संघीय लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्थाको लागि संझौता गरियो । जुन अपवित्र र निष्कर्ष बिहिन हुन पुग्यो । अहिले त्यस्को गलत परिणाम सबैले भोग्न परिरहेको छ ।
यस बीचमा केही दलका नेताहरुले राष्ट्र निर्माण जनतामा सुख शान्ति र समुन्नत कायम गर्न कुनै काम नगरि सत्तामा टिक्नका लागि मात्र नानाथरिका षड्यन्त्र, अवसर र अभ्यासमा लागि परे ती सबै यतिखेर प्रत्युत्वादक सावित भएका छन् । मुलुकमा शान्ति र स्थिरता हराउदै गएको छ । संक्रमण कालीन न्यायका लागि गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग निकम्मा सावित भएको छ । तीन पटकसम्म प्रधानमन्त्री बन्न पुग्दा पनि जनयुद्ध सहिद परिवार वेपत्ता परिवार र अपाङ्गहरुले न्याय र राहत पाउन नसक्दा विद्रोहमा उत्रिएका छन् । सशस्त्र जनयुध्दका सुप्रिम कमाण्डर भनिएका पुष्पकमल दहाल कमरेड प्रचण्ड विरुद्ध थुनामा राखेर करवाही गर्ने भन्ने व्यहोराको मुद्दा सर्वोच्च अदालतमा परेको छ । अन्तराष्ट्रिय न्यायालयको समेत ध्यान आकर्षित हुन पुगेको छ ।
१० वर्षे सशस्त्र जनयुद्धको उपलब्धिलाई नकारेर नै अमानवीय र अराष्ट्रिय बनाउने दुषप्रयास भईरहेको छ । माओवादी जनयुद्ध विरोधी शक्तिहरु यतिखेर जुटेसंगै हिजोका माओवादी शक्ति जो पार्टी टुक्रामा रहेका छन् । उनीहरु पनि वाध्यतावस एक हुदैछन् । देशमा राजनीतिक द्धन्द २०५८ सालको जस्तै गरि प्रकट भएको छ । संसदवाद विरोधी शक्तिहरु एक कित्ता एक धार र दलाल पूंजीवादी संसदीय व्यवस्थावादीहरु अर्को धार देखिएका छन् । संसदवादी धारा कांगे्रस, एमाले माओवादीमा एकता छैन । सत्ता स्वार्थका लागि उनीहरुमा अन्तर विरोध र अन्तर संघर्ष चर्किरहेको छ । वामपंथी माओवादी राजनीतिक पार्टी शक्ति र कम्युनिस्ट विचारका नेपालीहरु एकजुट भएर उपलब्धि रक्षाका लागि भनेर यथास्थितिको संसदीय व्यवस्था र यसका पात्रहरुमाथि सम्पूर्ण दोष थोपारेर राजनीतिमा अमूल परिवर्तन ल्याउन सक्रिय भएका छन ।
अब ढिलो चाँडो दुई धार बीचको द्धन्दलाई अन्तिम निष्कर्षमा पुयाउन देशघाती,जनघाती सावित हुँदै गएको दलाल पूँजीवादी व्यवस्थालाई राजनीतिमूलप्रवाहबाट हुत्याउन जनक्रान्ति हुनु बाहेक अर्को विकल्प छैन । राजनीतिक आमूल परिवर्तनका लागि एकीर्कत जनक्रान्ति परिस्थितिजन्य वाध्यतामा पुगेको छ । राजावादी या साम्यवादी जसले एकीकृत एकीकृत जनक्रान्ति अर्थात तेस्रो जनआन्दोलन जसले गरेपनि राजनीति अन्तिम निश्कर्षका लागि जनआन्दोलन हुने निश्चित छ । यथास्थितिमा परिवर्तन विना देश र जनता अब टिक्न सक्दैन् । यथास्थितिमा परिवर्तन गर्न देश र जनताको रक्षा, देशको सर्वाङ्गिण विकासको लागि अनिवार्य छ ।
वर्तमान राजनीतिक संरचना, राज्यसंरचनामा ओभरहद, निश्चित र ठोस रुपमा हुन वाञ्छनीय छ । जबरजस्ती भित्र्याईएको सत्ता गठबन्धन संस्कृतिले देश र जनताको रक्षा र विकास कदापि गर्न सक्दैन । संसदीय व्यवस्थालाई रुचाएर आफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थका लागि निष्कृय र अनैतिक कार्य भ्रष्टाचार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विदेशी दलालीमा लिप्त सबैलाई छानी छानी कानूनी कठघरामा ल्याउन पर्छ । राजनीतिक भ्रष्ट, दुष्ट पात्र, नायकहरुलाई अब सम्पूर्ण शोषित, उत्पीडित जनता एक ढिक्का भएर हातेमालो गरी घेरामा हालेर उनीहरुको सेवा, सुविधा र सहुलियत राजनीति पद प्रतिष्ठा, मान सम्मानलाई ऐतिहासिक रुपमा कठोर र निर्मम तरिकाले नाङ्गेधार पार्न जरुरी छ । अबको जनसंघर्ष सम्झौता रहित हुनुपर्दछ ।
शान्तिवार्ताबाट संर्घष लाटो, अघुरो र अपुरो छाडेर नेतृत्व भाग्न पाउदैन । संर्घषलाई अन्तिम निष्कर्षमा नपु¥याएसम्म सार्वभौम नेपाली जनताको निगरानी जारी रहनुपर्दछ । यहीबाट आमूल राजनीति परिवर्तनको ढोका सदैव खुल्ला रहनेछ । शान्तिपूर्ण, राजनीति र कुटनीति स्थापना हुनेछ । पटक पटक जनयुद्ध र जनक्रान्तिबाट धोका खाएर हैरान भएका परिवर्तनगामी जनताले ‘गर वा मर’ (डु एण्ड डाई) को संर्घष अन्तिम पटक गर्नुपर्ने वाध्यता आएको छ । संर्घषलाई निरन्तरता दिन र उपलब्धिको रक्षा गर्न सचेत हुनुपर्दछ । अपदस्त राजा ज्ञानेन्द्र, दुर्गा प्रसाई, रवि लामिछाने, बालेन साह लगायत राजनीतिमा सक्रिय भएर देश र जनतामा विद्यमान सबैखाले समस्याको समाधानको लागि संघर्षमा जुट्नु, संघर्षबाट जुट्दै शासन सत्तामा पुगेकोहरुमा फुट आउनु एउटा संयोग हो । विनासकाले विपरित बुद्धि ।
एकीकृत जनक्रन्तिलाई समयले साथ दिए सम्पूर्ण नेपाली जनता र सिंगो देशलाई समाजवाद तर्फ उन्मुख गर्न सकिन्छ । एकीकृत जनक्रान्ति एक मात्र नेपाल र नेपालीलाई मुक्त गर्ने, स्वतन्त्र बनाउने शक्तिशाली अस्त्र भन्ने मानिसको पनि यहाँ कमी छैन । एकिकृत जनक्रान्तिले देश, काल परिस्थिति, नेपाली हावा, पानी, माटोको मर्म बुझ्न सकछ । क्रान्तिको नियम, परिवर्तनको नियम बुझेर सम्पूर्ण क्रान्तिको जगलाई बलियो पार्ने आधार अब एकीकृत जनक्रान्ति हुन पर्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सच्चिएर समय अनुकूल क्रान्तिको बाटोमा हिडाउन एकीकृत जनक्रान्तिले मात्र सक्दछ ।
नत्र संसदीय भासमा फसेर सत्ताको स्वादमा रुमलिएका जनयुद्धका नेतृत्वकर्ता प्रचण्डलाई अरु कुराले परिवर्तन गराउन सक्दैन । गणतान्त्रिक परिवर्तनपछि सबैभन्दा बढि सौदावाजी गर्ने र स्वार्थको बाटोमा अग्रसर हुने उनी अहिलेका नेताहरु मध्ये सबैभन्दा अब्बल भएकोले उनी नसच्चिएसम्म नेपाली राजनीति पनि सफा हुन सक्दैन ।