रातीको ११ बजेको थियो । कसले यति बेला फोन ग¥यो भन्दै फोन उठाए । मैले को बोल्नु भयो ? मात्रै भनेकि थिए एक बच्चाको आवाज आयो म्याम म स्कुल पढ्न कहिले जाने ? मेरो जन्मदर्ता छैन, सरहरुले जन्मदर्ता ल्याउभन्नु हुन्छ, के गर्ने म्याम ? मैले उत्तर दिए । बाबू अहिले राती भैसक्यो तिमिहरु सुत । म भोली तिम्रो आमासँग कुरा गर्छु । तिमीहरु पढ्न पाउछौ । बच्चाको प्रश्न, म्याम भोली हजुरलाई कहाँ भेट गर्ने ? मेरो उत्तरः बाबु म आफै फोन गर्छु । अनी भेट गर्न बोलाउछु है । बच्चा ः हस म्याम अब हामी सुत्छौ । बच्चाहरुले फोन राखे ।
एउटा मुद्दाको शिलशिलामा ति परिवारसँग चिनजान गर्ने अवसर मैले पाएको थिए । म्याम मेरो पनि समस्या छ । उनको आमाले भनेकी थिइन् । छोटो भेटमा ति आमासँग मैले के हो त वास्तविकता ? सोध्न खोज्दा उनको आखाबाट आशुको वर्षा हुन थाल्यो । बोल्न पनि गाह्रो भैरहेको थियो । उनको साथमा रहेका दुई बच्चाले ममी नरुनुन भन्दै थिए । जिल्ला प्रशासनको क्यान्टिनमा लगेर उसको कुरा सुने ।
नुवाकोट माइती र घर भएकी हाल वर्ष २५ कि एक नेपालकी छोरीको १४ वर्षको उमेरमा बालविवाह भएको बताइन् । घर परिवारको आर्थिक अवस्था कमजोर भएको कारण बुवा आमाले पढाउन सक्न्ुा भएन । पढने इच्छा हुँदाहुदै पनि विवाह गर्नु पर्ने बाध्यता बन्यो । बुवाआमाले विवाह गरिदिए । घर तिर सबै ज्याला मजदुरी गरेर खानु पर्ने अवस्था थियो । १४ वर्षको उमेरमा विवाह भएकि उनको १७ वर्षको उमेरसम्म आउदा दुइ बच्चा भैसकेका थिए । परिवारमा राम्रै थियो । एक दिन अचानक सासुले गरीब कि छोरी ल्याएर पनि धनी बनिछ र धनी हुन त सम्पत्ति भएकि भित्राउनु पर्छ भनेको उनले सुनिन । उनी अचम्ममा परिन् । आज कहाँबाट यस्तो कुरा निस्क्यो भन्दै । सानो छोरोलाई दुध ख्वाएर सुताउन थालेको थिए । सासु आएर ए बुहारी भोली माइत जा गएर दुईलाख लिएर आइज । तेरो श्रीमान विदेश जान्छ रे हामीसँग पैसा छैन । यति सुनेर उनी दुईलाख कहाँबाट ल्याउने भन्दै रुन थालिन् ।
शरीर सुत्केरी अवस्था मै थियो । श्रीमानले माइतबाट जसरी हुन्छ पैसा लिएर आइज होइन भने त जहाँ सुकै जा भन्न थाले । के भनेको भन्दै श्रीमान्लाई भन्न थालिन , श्रीमानले पिटन थाले । उनी राती नै आफनो दुइ बच्चाहरु लिएर घरबाट निस्किन । उनी माइत पुगिन आमाबुवा सँग सबै कुरा गरिन । तर माइती पक्ष केहि गर्ने अवस्थामा थिएनन् । भोली पल्ट घर आइन र श्रीमानलाई भनिन मेरो बुवाआमाले पैसा दिन सक्नु हुन्न । तपाई आफ्नै जोहो गर्नुस् । यतिकैमा श्रीमान र सासु मिलेर पिटन थाले । ज्यान बचाउन उनले श्रीमानलाई दाउराले हानेर घरबाट बच्चाहरु लिएर निस्किन । त्यसपछि उनको दुखको जिवन सुरु भयो । के गर्ने कहाँ जाने कोहि छैन । काठमाण्डौ आएँ समग्र व्यथा उनले सुनाइन् । अहिले आफ्ना मानिस कहाँ बस्छु । दुइ दिन भएपछि हामी धेरै दिन राख्न सक्दैनौ है भन्न थालेपछि बच्चाहरु लिएर एउटा रेष्टुरेण्टमा काम गर्न थालेको उनको तर्क छ । जसो तसो जिवन धान्नलाई रेष्टुरेण्टको कामले साथ दियो । साहँु साहुनीले पनि राम्रै व्यवहार गर्थे । काम गर्दा गर्दै ठुलो छोरोलाई नुवाकोट माइतीमा र सानो छोरो आफैसँग राखेर बस्न थालेको उनले थपिन् । समय यसरी नै वित्दै गयो । ठुलो छोरो रानीपौवाको सरकारी स्कुलको कक्षा ७ मा पढछ । ८ कक्षामा गएपछि स्कुलबाट सर र म्यामहरुले तिम्रो जन्मदर्ता ल्याउ भन्न थाले । जन्मदर्ता नभएको कारण उनी स्कुल जानबाट बञ्चित भए । बारम्बार बच्चालाई जन्मदर्ता ल्याउ भन्दै सर र म्यामले भन्न थालेपछि बच्चा स्कुलजान छोडेको छ । बच्चाको जन्मदर्ता छैन । जन्मदर्ताको लागि वडामा जादाँ विवाह दर्ता माग्ने, नागरिकता माग्ने । तर उनीसँग कुनै कागजपत्र छैन । घर परिवारमा गइन तर परिवारले विवाह गरेको के प्रमाण छ भने । ति परिवार नुवाकोटकबाट बसाइ सराइ गरेर काठमाण्डौको विजेश्वरीमा आइ बस्दैछ । का.म.न.पा. वडा नं १५ मा यस विषयमा कुरा गर्दा उल्टै नाता प्रमाणित गरेर आउनु भने । उनी पटक पटक घर गइन । तर परिवारले विवाह दर्ता र बच्चाको जन्मदर्ता नबनाइ दिने भने । ति महिला अहिले नागरिकता र बच्चाहरुको जन्मदर्ताको लागि भौतारिदै हिडेकी छन् ।
त्यस्तै आमा बुवा र घर कहाँ हो ? त्यो पनि थाहाँ छैन । आफु सानो हुँदा बुवाआमासँग काठमाण्डौ आएको उनी बताउँछिन् । सानैमा बुवाले आफ्नी दिदी र आफुलाई एक भारतीयको साथमा दिल्लीको पाहाडगँज पठाउनु भयो । हामी भारतमा पुग्यौं उसको घरमा काम गर्न थाल्यौं । समय वित्दै गयो । हामी दुवै दिदि बहिनी ठुलो हुँदै गयौं । ति व्यक्तिले घरको काम मात्र गराए । एक दिन फेसबुक चलाउने क्रममा नेपालको एक जना बहिनी साथी बनिन् । त्यस पछि हामीहरुको विचमा दोहोरो कुराकानी हुन थाल्यो । उनी एक डान्सबारमा काम गर्थिन् । उनले मलाइ आउ नेपालमा यहि काम पाउछौ किन भारत गएको भन्न थालिन् । म घरमा साँहु न भएको समय मिलाएर दिल्लीबाट एक व्यक्तिको साथमा काठमाण्डौ आएँ । काठमाण्डौ आएको एक हप्तापछि साथीले आफ्नै डान्सबारमा काम लगाइन । म बानेश्वर स्थित एक डान्सबारमा काम गर्न थाले त्यहाँ काम गर्न लागेको ८ महिना भैसक्यो । एक दिन साहुले तिम्रो नागरिकता लिएर आउँ है । अनि मात्र तिमिलाई काममा राख्छु होइन भने राख्न सक्दिन भन्न थाले । मसँग नागरिकता छैन । त्यसको लागि आमा बुवा कहाँ छन् ? को हुन् त्यो पनि थाहा छैन । भारतमा बसेकी दिदिलाई आमाबुवाको नाम र घरको कुरा पनि थाहा छैन । अब के गर्ने ? उनले भनिन् । यी दुवै समाजका वास्तविक घटना हुन् ।
कानूनी व्यवस्थाहरु
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइ सराइ व्यक्तिगत घटना अन्तर्गत पर्दछन् । जन्मदर्ता बालबालिकाको पहिलो हक हो । नेपालको संविधान २०७२ को धारा ३९(१) मा जन्मदर्तालाई मौलिक हकको रुपमा मान्यता दिएको छ । बालअधिकार महासन्धिको धारा ७ ले बालबालिकाको जन्मने वित्तिकै जन्मदर्ता गर्न पाउने अधिकार हुनेछ भनेर उल्लेख गरेको छ । यसैगरी नेपाल सरकारको दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा सबैको कानुनी पहिचान विशेष गरी जन्मदर्ता सुनिश्चित गर्ने लक्ष्य लिएको छ । बालबालिकाको जन्मदर्ताले कानुनी रुपमा दिने हक अधिकारलाई सुनिश्चित गर्दछ । यसलाई सबैभन्दा पहिले अभिभावकहरुलाई दायित्वबोध गराउनु आवश्यक छ । पहिलो चरणको व्यक्तिगत घटना दर्ताको आधारमा नागरिकताको सुनिश्चितता हुने भएकोले जन्मनासाथ यसको महत्व बारेमा व्यापक प्रचार प्रसार गर्नु आवश्यक हुन्छ ।
पहिलोसँग जन्मदार्ता छैन भने अर्कोसँग नागरिकता बनाउने १९ बर्षको उमेरमा पनि जन्मदर्ताकै कारण नागरिकता छैन । बनाउने कुनै आधार पनि नभएको अवस्थामा यस्ता समस्याहरुलाई चित्रण गर्न आवश्यक ठाँने । नागरिकता नहुँदा काम गर्न पनि नपाइने अवस्था छ । जसले गर्दा जिवनयापन गर्न गाह्रो हुनुको साथै सधैभरी अनागरिक भै बस्नु पर्ने हुन्छ । अर्कातिर नागरिकता नहुँदा दोस्रो व्यक्तिले उनीहरुलाई प्रयोग गर्ने अवस्था आउँछ । ति व्यक्ति मानव बेचविखन जस्ता जघन्य अपराधमा पर्न सक्ने सम्भाना हुने हँुदा राज्यबाट उचित व्यवस्थापन हुन सक्ने व्यवस्थाको आधार खडा गर्न सक्नु पर्छ ।