वीरगन्जका चर्चित नाममध्ये गणेश लाठ निकै अग्र पंतिमा रहेका व्यक्ति हुन् । वीरगंज उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको निवर्तमान अध्यक्ष समेत रहिसकेका उनी साहित्य क्षेत्रमा समेत निकै चर्चामा पुगेका छन् । उपन्यास र कथा संग्रहहरु गरी ४ वटा कृति उहाँका प्रकाशित समेत भइसकेका छन् । नेपाल र इन्डियाबाट प्रकाशित ती कृतिमात्र नभई अन्य साना–साना फुटकर कथा पनि लेख्ने गरेका छन् । आर्थिक बिटमा समेत उनको कलम चल्ने गरेको छ । अहिले नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारी सदस्यमा उमेद्वारी दिएका उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष उनै गणेश लाठसँग नीजि क्षेत्र र महासंघको निर्वाचनमा केन्द्रित रही गरिएको बिशेष कुराकानी ः
१) मधेश प्रदेश महासंघको नेतृत्वमा रहँदा २ वर्षे कार्यकाल कस्तो रहयो ?
मधेश प्रदेशको अध्यक्षको हैसियतले जब पदभार ग्रहण गरेको अवस्थामा के गर्ने भन्ने केही थाहा थिएन । केन्द्र महासंघले पनि यो काम गर भनेर कुनै सुझाव र निर्देशन र ठोस आधार दिएको थिएन । आफै रोडम्याप बनाएर काम गर्न पर्ने अवस्था भयो । तर पनि उद्योगी व्यवसायीहरुको छाता संगठन वीरगन्ज उद्योग बाणिज्य संघको अध्यक्ष भएर कार्यभार सम्हाली अनुभव बटुली सकेकोले उद्योग बाणिज्य महासंघको मधेशको जिम्मेवारीलाई पनि एउटा आकार दिन सफल भएको अनुभूति गरिरहेको छु ।
२) विपश्नाको बोर्ड अफ ट्रष्टीको अध्यक्ष भएर पनि तपाईले २ वर्ष काम गर्नु भयो । विपश्ना भनेको चाही के हो ?
केही वर्ष अगाडी विपश्ना संघमा जोडिए । विपश्नाका पुराना साधकहरुले लामो समयदेखि मलाई पछ्याइरहेका थिए । तपाईको जीवन नै परिवर्तन हुन्छ । एकपटक विपश्नामा बस्नुस् भनेर । चारैतिरबाट दवाब आएपछि १० दिन विपश्नामा बसे । यो विपश्ना यति शुद्ध छ । गौतम बुद्धले आविस्कार गरेको विद्या जनजनमा पुग्नु पर्छ भन्ने शान्तिको भल्को दियो । यो हरेक जातको, धर्मको मानिसले गर्नुपर्छ भन्ने भावना जाग्यो । भिखम चन्द, ताराबाबु केडिया, सुरेश वाडीले मिटिङ्गमा बोर्ड अफ ट्रष्टटीको अध्यक्ष भएर तिमीले २ वर्ष काम गर्नुपर्छ भन्ने निर्णय गरेका थिए । त्यो क्षण मेरो लागि कठिन थियो । जीवनमा कहिले पनि विपश्नामा घुडा नटेकेको मान्छे एक चरणमा (शिघ्र्र) बस्दैमा अध्यक्ष खाने कसरी सक्ने, त्यत्रो ठूलो जिम्मेवारी त्यो एक प्रकारको चुनौति थियो । बोर्ड अफ ट्रष्टीको अध्यक्षको हैसियतले काम गर्न थाले । नयाँ विल्डिङ्ग तयार भयो । केही सुधारका कामहरु साथीहरुले सुधार गरे । कुनै किसिमका चन्दा माग्नु नै परेन । मैले काम गर्न थालेपछि नेपालबाट पनि, विदेशबाट पनि निर्माण कार्यको लागि आफै पैसा पठाउन थाले । निर्माण कार्य फटाफट सम्पन्न भयो । विपश्नाले भन्छ आफ्नो प्रचार प्रसार आफै गर्न हुदैन । आफूले बोलेन भने विपश्ना यस्तो छ भन्न पनि नसक्ने । बोल्दा खेरी भित्रबाट गज्जबको सन्तुष्टि हुने रहेछ । यहाँ बस्दा जीवनमा आफूले समातेको बाटो सहि रहेछ भन्ने लाग्यो । कतिपय घटनाहरु यस्ता हुन्छन् कि केही नाम चलेका पत्रकारहरुले २ घण्टा लामो अन्तरवार्ता लिदाँ पनि कुनै तातो, रातो हुदैन । उनले सोधेको के तपाई विपश्ना गर्नु हुन्छ । म विपश्नामा लागेर समयको सदुपयोग गरेको छु । त्यो कुरा सुन्दा गर्व लाग्छ ।
३) तपाईलाई कुन पद प्राप्त गर्दा गर्व महसुस हुने गरेको छ ?
मलाई इमान्दारीता पूर्वक भन्नु पर्दा पदको रुचि नै हुदैन । अध्यक्षज्यू भनेर अरुले सम्वोधन गर्दा मलाई लाज लाग्छ । मधेश प्रदेशका सदस्यहरुले अध्यक्षज्यू भनेर सम्वोेधन नगर्न आग्रह गर्छु । पद भनेको २ दिनको हो । म त सधंैका लागि हुँ । मेरो नामले सम्बोधन गरे भने म खुशी हुन्छु । पदको परिधिले मानिसलाई लोभी बनाउँछ । पदबाट ओर्लेपछि मानिसलाई रोगी बनाउँछ । पदको लोभबाट म आफूलाई टाढा राख्छु । मलाई सबैभन्दा बढी साहित्यकार भन्दा अति नै खुशी लाग्छ ।
३) नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अध्यक्ष पदमा बस्दा गरेका राम्रा कामहरु सम्झन लायक के छन् ?
वर्तमान अध्यक्षको जिम्मा थालनी भएको के काम छोड्नु भयो ?
मैले ४, ५ वटा राम्रा कामहरु गर्नु पर्ने थियो । मैले हेर्दा जिल्ला तथा नगर उद्योग वाणिज्य संघले खुबै राम्रो काम गर्दैछ । म नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अध्यक्ष भएर फिल्डमा काम गर्ने कुरा भएन । मैले गोलकिपरको जस्तो रोलमात्र खेल्नु पर्ने हो । गोलपोष्टको रक्षा गर्ने हो । परिआएको खण्डमा सल्लाह सुझाव मात्र दिने हो । विद्यालयमा अध्ययन गर्ने बच्चाहरुको अन्तर्वाता लिएर सर्बे गराउँदा भए भरका सबै बच्चाहरु कि त बंैकमा जागिर खान्छन् कि त लोक सेवा पास गरे सरकारी जागिर खान्छन् । त्यो पनि भएन भने विदेश जान्छन् । उनीहरुले गर्ने यस्तै चलन छ । यो चलनलाई रोक्नु पर्छ । हामीले शेयर मार्केट सम्वन्धी अन्तरक्रिया कार्यक्रम चलायौं ।
४) महासंघको आगामी निर्वाचनमा केन्द्रिय कार्यकारिणी सदस्यमा उठ्दै हुनु हुन्छ । तपाईलाई भोट किन दिने ?
म विशिष्ट मान्छे होइन । मैले बटुलेको जुन अनुभव छ । त्यो अनुभव विशिष्ट हो । वीरगंज यस्तो नाका हो । यहाँ ३ वटा भन्सार पनि छन् । ३ वटा भन्सारको आम्दानी जोड्ने हो भने नेपालको ४० प्रतिशतभन्दा बढी आम्दानी यहाँबाट हुने नेपाल सरकारको तथ्याङ्कले नै जनाउँछ । आयकर र भ्याटको कुरा गर्ने हो भने ७० प्रतिशत शेयरिङ्ग यो नाकाले गरेको छ । थोक करदाताको फाइल वीरगंजका उद्योगपति, व्यापारीको वीरगंजमा राख्ने हो भने राजस्वमा जुन योगदान छ सबैभन्दा बढी हाम्रो नै हुन्छ । यो नाकामा भएका समस्या, पीडा र सुधार गर्नुपर्ने पक्षलाई राम्रोसँग उठाउन मेरो पहल हुनेछ । काठमाण्डौमा बसेको मान्छेले वीरगंजको डा«ईपोटको बारेमा किताबमा, पत्रपत्रिकामा मात्र पढ्न पाउँछन् । टिभीमा हेर्न सक्छन् । तर वीरगंजमा बसेको उद्योगपति व्यपारीले त्यसको लागि जुन रुपमा बन्न सक्छन् । वनली लियर, नोज वोयर, सो पिन्चेज यही नाकामा बसेको उद्योगपतिले मात्र बुझाउन सक्छ । गणेश लाठ त्यसको उपयुक्त पात्र हो । म जस्तै अन्य यही नाकामा बसेको वीरगंजको उद्योगी, व्यापारीले मात्र यहाँको वास्तविकता माथि उठाउन सक्छ । त्यसैले वीरगंज उद्योग वाणिज्य संघले मलाई अघि सारेको छ । बैंकिङ्ग मुद्दाको कुरामा सबैभन्दा बढी नेपालको बैकहरुले ओगटेको वीरगंजमा नै छ । सारा नेपालको बैकको जुन समस्या छ । त्यसको निदान पीडित मानिसले जसरी बताउन सक्छ । त्यो पीडा अरुले बताउन सक्दैन । तेस्रो कारण उद्योगपति र व्यापारीको पीडा १६ वर्षको उमेरदेखि मैले बुझेको छु । त्यसलाई वर्णन गर्न जसरी म सक्छु । विदेशबाट पढेर आएको भाइबहिनीहरुले वर्णन गर्न समय लाग्न सक्छ । त्यो कारण उपयुक्त मानिस त्यहाँ गयो भने सरकारलाई, मन्त्रीहरुलाई र सम्बन्धित निकायलाई व्यवहारिक ढंगले बताउन सक्छ । अरुलाई गाह्रो हुन सक्छ । त्यसैले मलाई भोट दिनु पर्ने भन्ने मेरो मान्यता हो ।
६) तपाई निर्वाचित भएपछि गर्ने ठोस योजना अरु के छन् ? सरकार र नीजि क्षेत्रको बीच पुलको काम गर्न
सक्नु हुन्छ ?
म जस्ता ७५ जना मानिस छनोट भएपछि मेरोजस्तो आवाज हाम्रो आवाज बन्छ । अनि उद्योग वाणिज्य सचिव वीरगंज आउँदा खेरी मैले अनुरोध गरेको थिए । सारा उद्योग, कलकारखाना, व्यापार, आयात बोर्डरमा हुन्छ । मन्त्रालय, विभाग सबै काठमाण्डौं केन्द्रित छ । त्यो प्राक्टिस हटाउनु पर्छ । बिहान प्लेन चढेर वीरगंज आउने र साँझ काठमाण्डौं फर्कने बानी हटाउनु पर्छ । जहाँबाट राजस्व आइरहेको हुन्छ । रोजगार दिइरहेको छ । भए भरका उद्यमहरु यहाँ छन् अनि सरोकारको निकायहरु प्नि यहाँ हुनुपर्छ यो पहल निर्वाचित भएपछि गर्ने हो । राजस्व परामर्श समिति सरकारले गठन गरेको निकायले किताब प्रकाशित गरेको छ । त्यसमा उद्यमीले दिएको सल्लाह, सुझावलाई २० प्रतिशत मात्र सामेल गरिन्छ । राजस्व परामर्श समितिले दिएको सल्लाह, सुझावलाई सरकारले २० प्रतिशत मात्र लियो । बाँकी ८० प्रतिशत सुझावलाई नका¥यो । सरकारले नपत्याउने बानी छोड्यो भने मात्र देशको आर्थिक विकास उकालो लाग्न सक्छ । भारतीय प्रधानमन्त्री मोदीले उद्योगपति, व्यपारीलाई सल्लाहकारमा राख्छन् । आफूसंगै घुमाउँछन् । बजेटमा पनि सहयोग माग्छन् । हामी कहाँ सल्लाहकार विदेशबाट झिकाउनु पर्ने हुन्छ । त्यस्ता व्यक्तिले नेपालको माटो बुझेको हुदैन । अहिलेको समयमा जुन सल्लाह एडिबी, वल्र्ड बैंकले हामीलाई बाडिरहेका छन् । त्यो माटो सुहाउँदो मात्र छैन । मन्त्रीहरु, संसद्हरु पनि संघर्ष गरेर आएका छन् । सारा कुरा मैले मात्र जानेको छु भन्ने घमण्ड राख्छन् । सबै कुरा सबैले जानेका हुदैन । उद्योगपति, व्यापारीलाई लिदाँ पनि मेरो पार्टीको खासमान्छे हो भन्ने तरिकाले नलिई बस्तुगत अवस्था बुझेको मानिसबाट सल्लाह लिंदा त्यो प्रभावकारी हुन्छ । यो पहल पनि मेरो हुने छ । उसले जिते पार्टीलाई बलियो बनाउँछ भन्ने मानसिकताले मात्र ठाउँमा लाने चलन छ त्यो पनि क्रमभंग गर्नुपर्छ । बोर्डरको अर्थशास्त्रलाई अरु क्षेत्रसंग दाज्यो भने सही हुँदैन । सिमाना क्षेत्रका महिलाहरुलाई जबसम्म रोजगार दिइदैन । तबसम्म उनीहरुको पोके तस्करीलाई छोड्दैनन् । उनीहरुले पोके तस्करीको भरमा घर चलाइरहेका छन् । यस्ता उदाहरण धेरै छन् । धरातलीय यथार्थका आधारमा महासंघलाई अगाडी बढाउन पनि मेरो पहल हुनेछ ।
७) कोरोना पश्चात देशमा भएको आर्थिक मन्दिलाई कसरी हेर्नु भएको छ ?
घरको अभिभावक अराजक भए बच्चाहरु बिग्रिन्छ । हाम्रो देशमा नै अराजकता बढेको छ । यो देशमा २ वर्षभन्दा बढी सरकार र मन्त्रीहरु टिक्दैनन् । सचिवहरु ६ महिनाभन्दा बढी टिक्दैनन् । एउटा सचिवले समस्या बुझ्न पाएको हुदैन सरुवा भइसकेको हुन्छ । एउटा विधेयक संसद भवनमा पास गराउन नगई मन्त्रीमण्डल नै विघटन हुन्छ । विधेयक पास भए पनि त्यसको कार्यविधि बनाउन १० वर्ष लाग्छ । कार्यविधि भैकेपछि त्यसको योजना बनाउन अर्को १० वर्ष लाग्दो रहेछ । यहाँ कसैला डरभर केही छैन । काम नगरेकोको मूल्याङ्कन पनि छैन । राष्ट्रिय तहमा जसले गज्जबको काम ग¥यो स्यावासी पनि छैन । जसले साफै काम केही गरेको छैन तै पनि उ पुरस्कृत हुन्छ । यो एउटा समस्या हो । कुनै मन्त्रीले राम्रो काम गर्न खोजिराखेको छ । उसको खुट्टा तान्ने मान्छेहरु टन्न छन् । यो अवस्थामा उद्योगपति व्यापारी पनि बिग्रिनु, आम जनता पनि बिग्रिनु र अरु जनताहरुले आफ्नो जिम्मेवारी छाड्नु सामान्य हो । सबैले आफ्नो कर्तव्य छोडेका छन् । त्यसको परिणाम हो आजको बैंकिङ्ग च्यानलमा अराजक हुनु पनि । मानिस आत्मदाह गर्न, विष खान वाध्य भएको छ । बैंकलाई मात्र दोष दिन मिल्दैन । नियमन गर्ने निकाय राष्ट्र बैक हो । राष्ट्र बंैकले भन्यो व्यापारीहरुले पैसा लिएर खराब ठाँउमा लगानी गरे । जग्गा किने, घर बनाए, छोराछोरी विदेश पठाए, कसैले शेयरमा लगानी गरे । अहिले जग्गा बेच्दाँ आदि मूल्य पनि बिक्री हुदैन । शेयरको मूल्य चौथाई भएको छ । बैंकले च्यापेको च्याप्यै छ । अब पनि केही समय यस्तै हुने हो भने आत्महत्या मात्र होइन देश नै छोडेर भाग्ने स्थिति आउन सक्छ ।