हेर्दा सानी देखिने, श्री आदर्श सेकेन्डूी विद्यालयको कक्षा दुईमा अध्ययनरत सात वर्षिय आज्ञा साह आमा बाबाकी कान्छी छोरी हुन् । उनकी दिदी सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छिन् । आमा स्वस्तिका साह गृहणी हुन भने उसका बुवा सुरज साह व्यवसायी हुन । उनीहरुको आफ्नै कस्मेटिक पसल छ । आफ्नो घर वीरगंज स्थित मूर्ली भएपनि हाल वीरगंजकै अशोकवाटिका स्थित डेरा गरि बस्दै आएका छन् साह परिवार ।
पढ्न भन्दा बढी खेल्न रुचाउने आज्ञा विद्यालयमा हुने सांगितिक, सांस्कृति, खेलकुद लागायतका अतिरिक्त क्रियाकलापमा समेत सरिक हुने गर्छिन् । भविष्यमा शिक्षक बन्ने लक्ष्य लिएकी आज्ञालाई अंगे्रजी विषय मनपर्ने र नेपालि विषय गाह्रो लाग्ने बताउँछिन् । त्यस्तै आफूलाई अंग्रेजी पढाउने सुष्मिता प्रधानाङ्गक म्याम त्यस्तै आफूलाई सहयोग गर्ने, संगै मिलेर बस्ने आर्या चौरसीया आफूलाई मन पर्ने बताईन ।
चन्चले स्वभाव भएकी आज्ञा घरमा हुँदा प्राय टिभी हेर्ने वा यूटुब हेरर बस्ने गर्छिन । डोरेमन, मोटुपत्लु लगायतका कार्टुन उसका मनपर्ने टिभि सोहरु हुन् । मासु र अण्डा भनेपछि हुरुकै हुने आज्ञा करेला भनेपछि नाक खुमच्याउँछिन् । आफ्नो गृहकार्य सकेर मात्रै खेल्ने राम्रो बानी छ उसको । आफूलाई केही आवश्यक परेमा आफ्ना बाबासंग भन्ने गर्छिन आज्ञा ।
अलि चकचके छे तर भनेको मान्छे । उसलाई केही चाहिएका उसकै बाबाले ल्याईदिनु हुन्छ । त्यसैले सबै बाबालाई नै भन्छे खलि जिद्दि स्वभावकि छ केही चाहियो भनेपछि ल्याउनै पर्छ । खानेबेलामा कर गर्नु पर्दैन् । मासु पाएपछि त उसलाई अरु केही चाहिदैन । उमेरले सानै छे तर गृहकार्य गरेपछ मात्रै खेल्न जान्छे हो नभए टिभि हेरेर बस्ने गर्छे । प्राय उ यूटुब चलाएर डान्स गर्दै बस्छे । नजानेका कुराहरु मलाई दिदीलाई नभए उसकै शिक्षकलाई सोध्ने गर्छे ।
नीजि विद्यालय हाम्रो रहर होईन बाध्यता हो । सरकारी विद्यालय हुँदा हुँदै नििज विद्यालयमा महंगो शुल्क तिरेर पढाउने रहर कसलाई हुन्छ र ? तर के गर्नु नीजि विद्यालय बाहेक अर्को विकल्प पनि छैन नि त । सरकारी विद्यालयमा राम्रो अध्यापन गराउदैनन्, नीजि विद्यालयमा जस्तो शिक्षकहरुले समय दिदैनन् । राम्रो वातावरण छैन् । अनि निजी विद्यालयम नै राख्नु पर्छ । फेरि महंगो शुल्क भन्दो पनि बच्चाको भविष्यलाई पनि त हेर्नु पर्छ । अहिले त सानै छ । पछि उसको ईच्छा के मा हुन्छ । त्यसैमा हाम्रो साथ हुन्छ ।