विहिबार वीरगंजको दिन भरी महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भूसाललाई भ्याइ न भ्याइ थियो । विहानैदेखि साझसम्मको उनको दिनचर्या विदार्इ र सम्मान मै बितेको थियो । महानगरपालिकाका कतिपय वडा अध्यक्षहरुले वडा कार्यालय मै विदाइ गरेका थिए । यसै गरी वीरगं उधोग वाणिज्य सघं, जिल्ला प्रसाशन कार्यालय पर्सा र एक कर्याक्रमका वीच पर्साका सञ्चारकर्मीहरुले प्रगतिको कामना गर्दै विदाई गरेका छन् । महानगरबाट सरुवा भएर श्रम मन्त्रालय (सह–सचिव) मा जान लागेको अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान लगायत सञ्चारकर्मीले प्रमुख प्रशासकीय अधिकृत भूसाललाई फूल माला लगाई विदाई गरेका हुन् ।
श्रीर्सिया खोलाको प्रदुषणको सवालमा केही गर्न सकिन
विदाई कार्यक्रमअघि भएको छलफल कार्यक्रममा महानगरमा सवाँ ९ महिना पहिले हाजिर भएपछि महानगरको आर्थिक तथा प्रशासनिक र सुशासनको सवालमा भएका परिवतर्न भएको बारेमा चर्चा गरिएको थियो । अर्घाखाची स्थायी घर भएका प्रमुख प्रशासकीय अधिकृत हाल काठमाडौं मै बसोबास गर्ने गरेको र उनले वीरगंज छोडेर गइरहदाँ श्रीर्सिया खोलाको प्रदुषणको सवालमा केही गर्न नसकेको कुरा आफुलाई खडकेको सञ्चारकर्मी समक्ष धारणा राखेका थिए । उनले कर्मचारी तन्त्रको घुसखोरी र आर्थिक अनियमतितालाई रोक्न आफुले भरमग्दुर प्रयास गर्दै महानगरमा स्वस्थ काम गर्ने वातावरण बनाएको दाबी गरे ।उनी गीता बोकेर आएको र गीतामै कशम समेत खाएर भने–‘आफनो लागि केही पनि गरिएन,जनता र सेवाग्राहीको सुविधाको लागि दिनरात खटिरहे,वीरगंजलाई आफनै गाउँठाउँ भनेर सदेव छातीमा बसीरहने छ ।’
उनले आफुले वीरगंज बसपार्क सञ्चालनकोलागि आफुले भूमिका निर्वाह गरेको,फोहोरमैला व्यवस्थापन केन्द्रको पूणताकोलागि आफुले चाहे तपानि ठेकेदारको बदमाशीको कारण विस्तारै काम गर्ने भएकोले सञ्चालनमा ल्याउन नसकेको पनि उनले दुखेसो पोखे । उनले मिडियाकर्मीहरुसंग महानगरमा सुशासनको लागि सदैव खबरदारी गरिरहन पनि सञ्चारकर्मीहरुलाई अग्रह गरे ।
यसैवीच,महानगरका प्रमुख प्रशासकीय अधिकृत भूसालको सहायक प्रशासकीय अधिकृत उपसचिव शिवप्रसाद लम्सालको पनि सरुवा भएको छ ।उनको पनि सोही कार्यक्रममा विदाई गरिएको हो ।स्याङ्जा घर भएको लम्साल नवलपरासीको बेलकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएरजान लागेका हुन् ।विदाई कार्यक्रमको सहजीकरण वीरगंज महानगरका प्रेस संयोजक अनिल तिवारीले गरेका थिए ।
यसैगरी विरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुले राखेको विदाइ कार्यक्रममा उहाले विरगन्ज शहर मेरो पनि ‘विरगन्ज’ भन्ने पछि कतिपय वडा अध्यक्षहरु आंखा रसाउदै भाबुक भएर विदाइ गरेका थिए ।कार्यक्रममा विरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले जनप्रतिधि र कर्मचारीको समिकरण राम्रो मिलेकै कारण महानगरपालिकाको सुशासन तथा विकासले गति लिएको थियो । विगत नौ महिनामा प्रमुख प्रशासकिय अधिकृत डा भूसाल तथा उपसचिव शि प्रसाद लम्सालले गरेको कार्यलाई उपस्थित वडा अध्यक्षहरुले धन्यवाद व्यक्त गर्दै प्रमुख प्रशासकिय अधिकृत डा भूसालले महानगरपालिकमा स्थापित गरेको सुशासनले महानगरपालिकावासिमा सकारात्म भावना उत्पन्न गरेको धारणा व्यक्त गरेका थिए ।