विगत सातबर्षदेखि पर्साबाट यो पत्रिका निरन्तर प्रकाशित हुँदै आइएको छ । गल्ती कमजोरी हरेक व्यक्ति वा संस्था र सञ्चार गृहमा पनि नहुने होइन । सकेसम्म राम्रो गर्नेभन्दा पनि कहिले काही अपेक्षाकृत राम्रो नहुन पनि सक्छ । आफ्नै गल्ती कमजोरी सुधार गर्दै अझ अगाडी बढ्न प्रयास नगरिएको भन्ने पनि होइन । तर अन्य कतिपय निकाय वा क्षेत्रले जस्तो आफ्नै गल्ती कमजोरी सञ्चार क्षेत्रले लुकाउने गर्नु हुँदैन । सञ्चारकर्मी र सञ्चार क्षेत्रले भने आफ्ना गल्ती कमजोरी सच्याउन सार्वजनिक रुपमा तत्परता दुखाउने चलन पनि छ । हामीले यो कुरालाई अंगिकार गर्दै नयाँ बर्ष (२०८०) प्रवेशको यो क्षणमा पाठकको आँखामा मध्य नेपाल सन्देश पत्रिका र थप सुधार गर्न के गर्नुपर्छ ? भनी आफ्नै सजगताका लागि समाजका प्रबुद्ध व्यक्तिहरुसँग लिएको प्रतिकृया
डा.सुबोध गुप्ता (निवर्तमान अध्यक्ष)
वीरगंज उद्योग वाणिज्य संघ, पर्सा
मध्य नेपाल सन्देश पत्रिका पर्सा जिल्ला मात्र नभई मधेश प्रदेशलाई मूलविन्दु मानेर प्रकाशित भइरहेको छ । मधेश प्रदेशको विकासका कुराहरु यस क्षेत्रका कृषि, उद्योग, युवा उत्थान, महिला उत्थान जुन रुपमा लेख्ने काम गरिएको छ । यो पत्रिका जुन रुपमा चलिरहेको छ, अरु पत्रिकाभन्दा भिन्न पाएका छांै । महिला उद्यमी र पत्रकारहरुको जमात मिलेर धेरै कम समयमा यो पत्रिकालाई राष्ट्रियस्तरको विशिष्ट पत्रिका बनाउन सक्नु भएको छ । यसको जति पनि प्रशंसा गरे कम हुन्छ । आउने दिनमा मध्य नेपाल पत्रिकालाई अझ सशक्त रुपमा दैनिक बनाउन सके अझ राम्रो हुने थियो । त्यो सशक्तताको लागि मधेश प्रदेशको विशेष उपस्थितिहरु कृषि, उद्योग, पर्यटन र यहाँ भएका धार्मिकस्थलहरु त्यसका विकासका कुराहरु बाहिर ल्याउन पर्छ । देशको सबैभन्दा तल्लोस्तरको सातौं प्रदेश भएको छ । हामी सबैभन्दा अविकसित जस्ता भएका छौं । यस क्षेत्रमा भएका विभिन्न एजेण्डाहरुलाई कसले लेख्न सक्छ ? भन्ने समाजमा खोजी भइरहेको छ । यस मिडियामा आबद्ध जति पनि पत्रकारहरु हुनुहुन्छ । तपाईहरुले कृषिको बारे, उद्योगको बारे, पर्यटनको बारे, शिक्षाको बारे र बोडरमा भइरहेको मानव तस्करीहरुको विषयमा आउने दिनमा अझ विज्ञता सहित मध्य नेपाल सन्देश पत्रिकाले अझ सशक्त रुपमा कलम चलाउन सकोस् । यो हाम्रो समस्या हो र यही हाम्रो समाधान हो । आउने दिनमा यसलाई हामीले सुधार गरेको खण्डमा देशलाई ठूलो योगदान मिल्नेछ ।
महिलाको समूह भन्ने बित्तिकै मानिस भित्र के गर्न सक्छन् र ? भन्ने सोचेका हुन्छन् । तर मध्य नेपालको टिमले पत्रकारिता, उद्यमशिलतामा जसरी कदम चालेको छ त्यो नमन् गर्न लायक छ । वीरगंज उद्योग वाणिज्य संघले पनि साधारण सभामा विशेष उद्यमशिलतामा दिएको योगदानको कारण मध्य नेपाल समूहको नेतृत्व गर्ने लिडरलाई हामीले सम्मान पनि गरेका छांै । सम्मान लायक यो पत्रिकाको लिडर छन् । आउने दिनमा वीरगंज उद्योग वाणिज्य संघ र मध्य नेपाल पत्रिका सहकार्य गरेर नीजि क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय मुद्दा बनाउन पहल गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा पनि छ । हामी सम्पूर्ण निकायहरु मिलेर पर्सा जिल्ला, मधेश प्रदेश र देशको विकासको लागि एकताबद्ध भएर अगाडी बढ्नुपर्छ । यो पत्रिका आगामी दिनमा राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा ख्याति प्राप्त गर्न सकोस् । हार्दिक बधाई दिन चाहन्छु
उमा मिश्रा (उप–प्राध्यापक)
ठाकुरराम बहुमुखी क्याम्पस
मध्य नेपाल सन्देश पत्रिका स्थापना कालदेखि नै पढ्दै आएको छु । पत्रिकाकोस्तर सबैभन्दा राम्रो लाग्छ । महिलाहरुको मात्रै सहभागितामा प्रकाशित हुने भएकोले यसको विशेष आर्कषण छ । आशा के छ भने यो एउटा महिलाहरुको समूहबाट संचालित भएको हुनाले हाम्रो समाजमा महिलाहरु पुरुषको तुलनामा धेरै उपेक्षित, पीडित, अपहेलित छन् भन्ने मात्र रहेन । महिलाहरुले गर्न चाहे के गर्न सक्दैनन् भन्ने पनि हो । अब उनीहरुको आवाज पनि दबेर बसेको मात्र छैन भन्ने यो पत्रिकाले सन्देश पनि दिएको छ । दूरदराजका महिलाहरु जो शोषित, पीडित छन् । जो पहुँचमा पुग्न सकेका छैनन् । उनीहरुको आवाज बनेर मध्य नेपाल सन्देश अझ अगाडी आओस् भन्ने चाहना छ । हुन त हाम्रो समाजमा महिलामैत्री वातावरण छैन । महिलाहरुको बारेमा बोल्दा खेरी एउटा पुरुषसंग, एउटा समाजको विरुद्धमा उभिनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा अलिकति जोखिम मोलेर लक्षित महिलाहरुको लागि यो पत्रिकामा नियमित स्तम्भ आइदिए झनै राम्रो हुने थियो । विभिन्न ठाँउबाट मात्र नकारात्मक कुराहरुको लागि मात्र होइन । महिलाहरुले गरेका सकारात्मक कुराहरु जस्तै उद्यमीहरुले गरेका राम्रा कामहरुको बारेमा राख्ने, कुनै महिलालाई न्याय दिलाएका छन् भने ती विषयवस्तुहरुलाई प्रस्तुत गर्ने । यस्ता विषयहरुले आम सर्वसाधारण महिलाहरुमा पनि एउटा प्रेरणा मिल्छ ।
गणेश प्रसाद लाठ (निवर्तमान अध्यक्ष)
नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश
मध्य नेपाल सन्देश पत्रिकाको म एक प्रशंसक, ग्राहक र वीरगंजको एक जना व्यवसायी हो । यो पत्रिका निःशन्देह यो क्षेत्रमा स्यावासीको भागिदार हो । पत्रपत्रिका मेरोमा दिनको ५० वटा आउँछ । मध्य नेपाल किन पढ्छु त्यसको आफ्नै आकर्षण, रंगिन छ । यसको विषयवस्तुहरु पनि समय सान्दर्भिक र अनुसन्धान गरेका हुन्छन् । सबैभन्दा ठूलो यसमा आजसम्म पित पत्रकारीता भेटिएन । कसैलाई मानमर्दन गर्ने नियत पनि देखिएन । समाचारको हिसाबले आएको हुन्छ । धेरै सन्तुलित छ । कुनै आरोपितको पक्ष पनि त्यसमा राखेको हुन्छ । स्वस्थ पत्रकारिताको ठूलो लक्षण हो । यसमा धन्यवाद दिनैपर्छ । डाक्टरको अन्तरवार्ता र अलग अलग क्षेत्रका मान्छेका अन्तरवार्ता राख्दा खेरी पत्रिकाबाट भरपुर ज्ञान पनि पाएका छौ । नारीहरुको हकहितको कुरा, महिला उत्थानका कुरा, चिकित्सा सम्बन्धी कुरा, परम्परागत मूल्य मान्यताका कुरा, साहित्यिक बिटका कुरा, अलग अलग विषयका लेख, समय सान्दर्भिक विषयमा जनताको आवाज उठाइको छ । तर पनि परिपूर्णता भने अझै मान्नु हुन्न । विकास भनेको परिवर्तन भइरहने विषय हो । आजभोली सबैले समाचारमा रुचि पनि राख्दैनन् । विभिन्न विद्वान्हरुको लेख, कुनै पनि क्षेत्र, विषयहरु सम्बन्धित विशेषज्ञहरुको विश्लेषणात्मक लेखहरु, थुप्रै जिज्ञासाहरु सम्बन्धी जानकारीहरु, नैतिक कथाहरुलाई कसरी समेट्न सकिन्छ ? आर्थिक स्रोतलाई बलियो बनाउन विभिन्न अन्तरक्रिया कार्यक्रम गराउने, पुरस्कृत गर्ने, वडा बीच अन्तरक्रिया कार्यक्रम गर्ने जस्ता कामहरु गराउँदा जनतासंग प्रत्यक्ष सरोकार राख्ने र ग्राहकको संख्यामा वृद्धि हुने हुन सक्छ ।
अमय दास (अधिवक्ता)
वीरगंज, पर्सा
मध्य नेपाल सन्देश पत्रिका अन्य पत्रिकाको तुलनामा निकै भिन्न भेटाए । यो पत्रिका प्रारम्भ भयो नि त्यो दिनदेखि पढ्दै छु । सुरुवातको समयमा जब नयाँ–थियो । नयाँ भएकाले शब्दको शुद्धिकरणमा कमिदेखिएको थियो । तर अहिले शब्दहरु मिलेको छ । तर पनि अलि सुधार गर्नु पर्ने कुरा छ । पत्रिका पनि अहिले एकदमस्तरीय किसिमको छ । रंगिन र पत्रिकाको कागज पनि बाक्लो भएकोले आकर्षक पनि देखिएको छ । यसमा बालबालिकाहरुको समाचार पनि आउँछ । पत्रिका रङ्गिन छैन भने रुचाउँदैनन् । साना–साना विद्यार्थीहरुको लागि पनि साताको बोलीमा कथा, सामान्य ज्ञान, सामाजिक सन्जालको कुराहरु, नेताहरुको विचारहरु छ । धेरै पृष्ठको नभए पनि धेरै विषयहरु त्यसमा समेट्ने प्रयास मध्य नेपाल सन्देशले गरेको छ । खेलकुद, राष्ट्रियस्तरका समाचारहरु पनि राखिएको छ । स्थानीय सरकार पक्षले कुनै काम गर्न आनाकानी गरेको छ भने त्यस विषयमा समाचार संप्रेषण गरेर सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । समाचार संकलन गर्दा डाटाहरु नराखेको त होइन । तर अझ डाटाबेशमा आउन सके झन प्रभावकारी हुने थियो । पत्रिका झनै उत्कृष्ट भएको हेने ईच्छा छ ।
जगदीश प्रसाद शर्मा (प्रधान सम्पादक)
प्रतिक दैनिक
मध्य नेपाल पत्रिकाको प्रयास धेरै नै राम्रो र सह्रानीय छ । महिलाहरुले संगठित भएर गरेको काम स्वागतयोग्य छ । मध्य नेपाल निरन्तर आइरहेको छ । यो पत्रिकास्तरीय पनि छ । साप्ताहिक पत्रिकाहरुले समाचार विश्लेषणहरु बढी दिनु पर्ने हो । त्यसको साटो लेखहरु बढि आइरहेको छ । दैनिक पत्रिकाहरुले लेखेका प्रत्येक दिनका महत्वपूर्ण समाचारहरुको समाचार विश्लेषणहरु हुनु पर्ने थियो । म्यागजिन, साप्ताहिक पत्रिकासंग गरिने अपेक्षा विश्लेषणात्मक हुनुपर्छ । लेखहरु र अन्य समाचारहरु पनि समसामयिक विषयमा आइ नै रहेका छन् । यो अर्थमा पत्रिका ठिक छ ।
विकास कुमार सरार्फ (प्रोपाइटर)
शंकर साह, विकास कुमार सरार्फ ज्वलेर्स
मध्य नेपाल सन्देश ७ बर्षदेखि पढिरहकोे छु । यो पत्रिका हप्तामा एक पटक आउने हो । हप्तामा एक पटक आए पनि सम्पूर्ण समाचार पढन पाइन्छ । पत्रिका पनि राम्रो, बाक्लो, कलरफूल छ । अन्य पत्रिका एक रंगमा मात्र छापिएको र पत्रिकाको पेपर पनि कम गुणस्तरीय छ । अझ मेहनत ग¥यो भने यो पत्रिकालाई अझ ठूलो र पेज थप गर्नुपर्ने देखिन्छ । बाहिरको सामाचारहरु पनि पढ्न पाइयोस् । यो पत्रिकाको बजार पनि अझै व्यापक रुपमा फैलियोस् । साना जनतादेखि नेतासम्म पनि यो पत्रिका पुगोस् । जनताहरुको गुनासो नेताहरुले सुन्न पाओस् र नेताहरुको गुनासो जानताहरुले सुन्न पाओस् । मध्य नेपाल सन्देश पत्रिकाको माध्यमले जनता र नेताले एक अर्काको भावना बुझ्न पाओस् । गरीब र पीडितको समस्यालाई सुनेर बुझेर उनीहरुको अन्तर्वातालाई पत्रिकामा समावेश गरी नेताहरुको ठाँउसम्म आवाज अझ बुलन्द गर्न अग्रसर होस् ।
डा. अनिल कुमार झा (प्रोपाइटर)
आयूर्वेद एवं पंचकर्म सेन्टर
मध्य नेपाल सन्देश पत्रिका स्थापना कालदेखि नै बार्षिक ग्राहकको रुपमा पढ्दै आएको छुु । खोजि जवाफदेहिता, नयाँ पुस्ता, महिला उद्यमी, स्वास्थ्य सम्बन्धी लेखहरु धेरै राम्रो छ । यसमा सुधार गर्नुपर्ने के छ भने महिला उद्यमी भनेको शहरको मात्र नभएर गाउँको महिला उद्यमीलाई पनि समेट्नु पर्छ । अहिलेसम्म पढेको सिलसिलामा गाउँको महिला उद्यमीहरुलाई कम सहभागिता गराउनु भएको छ । गाउँको महिला उद्यमी डेरी विकास, माछा विकास, खेतिपाती गरेर जीविकोर्पाजन गर्ने महिलाहरुको पनि अन्र्तवार्ता लिनुपर्छ । गरीब मान्छे जसलाई एक छाक खान पनि धौधौ परेको छ । ती महिलाहरुको बारेमा समाचार अझ आउनु पर्छ । शहरमा त सबैले जानेको बुझेको हुन्छ । तर गाउँको महिलाहरुलाई अगाडी ल्याउनका लागि गाउँको महिलाहरुको विषयमा समाचार लेख्नुपर्ने देखिएको छ । सबैभन्दा साताको बोली राम्रो छ । साताको बोलीमा सर्वसाधारणदेखि लिएर नेतासम्मको आवाजलाई समेटिएको हुन्छ । यसमा एउटा धर्म–संस्कृति सम्बन्धी जानकारी एकदम कम छ । यो पत्रिकामा हरेक धर्म–संस्कृतिको बारेमा लेख राख्ने गरेमा झनै राम्रो हुने थियो ।
शम्भु यादव (संचालक)
अमृत पुस्तक भण्डार
मध्य नेपाल सन्देश पक्रिका एकदम राम्रो लाग्यो । यसमा सेवा ग्राहीलाई चाहिने पाठकलाई चाहिने कुराहरु समावेश गर्नु भएको छ । यसलाई अझ राम्रो बनाउनका लागि बिद्वान्हरुलाई समावेश गर्नु पर्छ । पर्सा जिल्लाको प्रत्येक स्थानीय निकायको हरेक अंकमा कुनै न कुनै विशेष सामाचार आउनु प¥यो । यो पत्रिकालाई विभिन्न विज्ञापन दिएर हरेक संघ संस्थाले टिकाउनु पनि पयो ।
पशुपति विक्रम शाह (संचालक)
सम्झना होटल
मध्य नेपाल सन्देश ३ बर्षदेखि पढ्दै छु । त्यसले एउटा नौलो आयाम थपेको छ । पत्रिका रङ्गीन उच्चस्तरको छ । स्थानीयस्तरमा यस्तो मैले छापेको देखेको छैन । मध्य नेपाल जुन आफ्नो प्रयासमा छ । स्थानीय पत्रिकामा सर्वाेत्तम लागेको छ । कुनै अन्य मिडियामा छापेको कपिराइट गर्नुभन्दा स्थानीयतालाई प्राथमिकता दिनु राम्रो संकेत हो । वीरगंजको व्यापार व्यवसाय अझ चुस्त हुने गरी यता तर्फ पनि यो पत्रिकाले कलम चलाउन सक्नु पर्छ ।
ओमप्रकाश सरार्फ
राजनितिक कार्यकर्ता
मध्य नेपाल सन्देश पत्रिका वीरगंजकै लागि एउटा गौरवको कुरा हो । सम्पूर्ण वीरगन्जवासीको गहनाका रुपमा लिनु पर्छ । यो पत्रिका खास गरी महिलाहरुको सक्रियतामा संचालन गरिएको छ । नेतृत्व महिलाहरुको रहेको छ । यो पत्रिका ७ बर्ष भए पनि लाग्छ कि दशकांैदेखि आम जनताको आवाज बनेर आइरहेको छ । यो पत्रिका पहिला रंगिन थिएन । तर पनि यसको महत्वपूर्ण पक्ष भनेको निश्पक्षता नै हो । समाजमा घटना उजागर गरेको छ । जुन पत्रकारिताको मुल मन्त्र हो । यसको सबल पक्षको कुरा गर्दा यो हरेक हाप्तामा अनुभववित लेखक सहित आउँछ । महिलाहरुको अन्तरकथा, त्यसको संघर्षको कहानी अन्तरवाताको रुपमा स्थान पाएको छ । त्यो समाजमा राम्रो छाप छ
कमल चौगाईं (संस्थापक अध्यक्ष)
वीरगंज युवा समाज
पर्सा जिल्लामा मात्र नभएर अधिराज्य भरी एउटा छुटै पत्रिकाको रुममा पहिचान बनाएको छ । खेलकुद, शिक्षा, स्वास्थ र रोजगारी कसरी सृर्जना गर्ने एउटा उल्झनमा परेका व्यतिmहरुलाई कसरी अगाडी बढाउने ? र कसरी उर्जा दिने यो पत्रिकाले बाटो पनि देखाएको छ । बालबालिका होस्, बृद्धा होस् या युवा । हरेक श्रेत्रका व्यतिmलाई यो पत्रिकाले समेटेको छ । मध्य नेपालले हिंसा पीडित महिलाहरुलाई, बालबालिकाहरुलाई शिक्षा दिने, यूवाहरुलाई खेलकुद क्षेत्रमा कसरी ल्याउने ? भन्ने पनि भूमिका खेलेको छ । निष्पक्ष ढंगले अर्थतन्त्रलाई कसरी बलियो बनाउने ? रोजगारीको सृर्जना कसरी गर्ने ? भन्ने तीन तहका सरकारलाई घच्घच्याउने काम अब यो पत्रिकाको माध्यमबाट अझ अगाडी ल्याउन पर्छ ।
सुरेस कुमार जोशी (संचालक)
माईस्थान बुकस्टल, वीरगंज
मध्य नेपाल सन्देश सुरुदेखि पढदै छु । पत्रिका स्तरीय छ । अहिले सबै पत्रिका पढ्ने पाठकहरु कम भएका छन् । त्यति पढ्नमा रुचि पनि छैन । पाठकहरुमा कोरोना कहरपछि व्यापार व्यवसाय सबैको अवस्था खस्किएको छ । यो पत्रिकाको हकमा भने लेखहरु राम्रो छ । समसामयिक छ । कहिले काहि पत्रिका पठाउन ढिलो हुने गरेको छ । त्यो सुधार गर्नु होला । दशै तिहारको बेलामा विज्ञापन पेज वाहेक अरु पेज पनि भए पाठकलाई पनि राम्रै हुन्छ ।
रन्जित कुमार पटेल (संचालक)
न्यू पपुलर र्इिन्टच्यूट
मध्य नेपाल सन्देश हरेक हप्ता मेरो अफिसमा आउँछ । म पढछु पनि । वीरगंजमा धेरै पत्रपत्रिकाहरु छन् । तर मलाई ७ बर्षदेखि हेर्दै र पढदै सबैभन्दा अहिलेसम्म यहि ठिक लाग्छ । यो पत्रिकामा यथार्थ कुराहरु हुन्छ । हाम्रो नेपालका या वीरगंजको महानगरपालिकाको वरिपरि भएका घटनाहरु खोज्दै महिलाहरुलाई अझ अगाडी कसरी बढाउन सकिन्छ ? त्यतातर्फ अझ केन्द्रित हुनु होला । वेरोजगारी समस्यालाई अझ न्यूनिकरण गर्ने उपाय सहितका लेख रचना ल्याउने प्रयास गर्नु होला । हरेक गाउँपालिका नगरपालिकामा शिपका कार्यक्रम छन् । ती कति प्रभावकारी भए ? त्यता पनि खोजी गर्नुहोला । पालिकाहरुमा पनि कसैले पैसा दिएपछि उसको समाचार पत्रिकामा बढी छाप्ने या नदिए नछाप्ने अन्य मिडियाहरु जस्तो नबनोस् ।
प्रवेश सरार्फ (सचिव)
सुनचाँदी व्यवसायी महासंघ, मधेश प्रदेश
मध्य नेपाल सन्देश पत्रिकाको म नियमति ग्राहक हुँ । मैले सोचें यो पत्रिका काठमाडौबाट प्रकाशित हुदै आएको पत्रिका हो कि भनेर । तर समाचार अन्तरवार्ता वीरगंजकै कसरी यस्तो गज्जबको समेटेको छ ? भन्ने लाग्थ्यो । तर एक दिन पत्रिकामा दिइएको सम्पर्क नम्बरमा फोन गरेको त अनि बल्ल थाहा भयो यसको मुख्य कार्यालय नै वीरगंजमा भएको जानकारी पाए । जानकारी पाएको भोलीपल्ट नै म मध्य नेपाल पत्रिकाको कार्यालय खोज्दै पुगें । त्यहाँ पुग्दा सोचेकोभन्दा अझ व्यवस्थित पाए । वीरगंजमा पनि यसरी साहसी छोरीहरुको कदमले स्तरीय पत्रिका रहेको पाएपछि म निकै प्रशन्न भएको छु । महिलाद्धारा नै संचालित पत्रिका त्यो पनि रगिन र नियमित निस्कने र प्राय वीरगंजको गल्ली गल्ली चोक चोक र हरेक कार्यालयमा पुग्ने यसको सकारात्मक पक्ष हो । पत्रिकाको सबैभन्दा राम्रो पक्ष भनेको यो पत्रिका समाजका हरेक तह र तप्काका ब्यतिmहरुको भावनासँग जोडिएको छ । विद्यालयका बालबालिका भविष्यमा के बन्न चाहन्छन् भन्ने उनीहरुको योजना समेत प्रकाशित गर्ने मधेश प्रदेशको धर्म संंस्कृति रितिरिवाजको साथै स्थानीय निकायलाई खबरदारी तथा जवाफदेही बनाई खोजमुलक समाचार र समसामयिक बिषयमा स्थानीय र सम्बन्धित व्यतिmको प्रतिक्रिया जस्ताको त्यस्तै जस्ता सामाजिक अनेकन समाचारलाई समेटेर बनेको यो पत्रिका मेरो आँखाबाट वीरगंजको लागि एक गहना हो । तर दुःखद कुरा बिज्ञापन भने देखिएन । नेपालकै बजेटको आधा बजेट विभिन्न माध्यमबाट संकलन हुने गर्दछ । तर आफ्नै वीरगजका छोरीहरुको यत्रो ठूलो साहसी कदम प्रति यहाँको नागरिक समाज व्यापारीको ध्यान नगएको मैले पाए । यहाँ कलकारखाना बैक वित्तीय संस्था तथा सरकारी, नीजि कार्यालयहरु सबै रहेका छन् । यति हुँदाहुँदै पनि यहाँबाट सूचना विज्ञापन पत्रिकामा कमी देखिंदा साहै्र खल्लो महसुस भयो । मैले मेरो तर्फबाट हुने र गर्न सक्ने सक्दो सहयोग गर्नेछु । मनले खाएको व्यतिmलाई पनि यो पत्रिकाको बारेमा जानकारी दिन्छु । सुधार्नु पर्ने कुरा खासै देखिन । तर साप्ताहिकमाभन्दा पनि यो पत्रिका म दैनिक भएको हेर्न चाहन्छु र पढ्न पनि चाहन्छु । त्यसै गरी म यो पत्रिकाको जगेर्ना होस् भनी तपाइहरुको मेहनत जस्तै सफलता प्राप्त होस् भन्ने पनि शुभकामना दिन चाहन्छु । कुलतबाट दिग्भ्रमित युवाहरु विसंगति तर्फ लागेका छन् । उनीहरुलाई त्यो कुलतबाट बाहिर ल्याउने नयाँ टिप्सहरु पनि यो पत्रिकामा हेर्न पाए अझ साह्रै राम्रो हुने थियो ।