राजनीतिक भनेको सत्ताका लागि हो । समाज खास गरी दुुई भागमा विभक्त हुन्छ । हँुदा खाने सर्वहारा श्रमजीवी वर्ग र हुनेखाने पूंजीपति वर्ग । आदिम कालमा वर्ग थिएन । वर्गको उदयसंगै धनी र गरिब वर्ग बिभेद, द्धन्द झै, झगडा सुरु भयो । सत्ताका मालिक हुनेखाने वर्ग भए अनैतिक गरेर, भ्रष्टाचार र शोषण गरेर धन कमाउने परिपाटी समाजमा विकसित हुन पुग्यो । शोषित वर्गको संख्या अलि ठूूलो र शोषक वर्गको संख्या विश्व भर कम देखियो । शोषक वर्गले उत्पिडित जन समुुदायका वृद्धि गराउन मदत गयो । शोषित वर्ग श्रमजीवी र सर्वहारा भए ।
सर्वहाराको हात सत्तामा कहिले पुगेन । सर्व माथि सताका मालिक शोषक धनि वर्ग नै रहे । कम्युनिस्ट विचार, आन्दोलन विश्वभर सुरु भयो । समाजवादको माँग बढ्यो । धनी सत्तासिन वर्गले प्रजातान्त्रिक समाजवाद उदार अर्थतन्त्रको प्रतिनिधित्व ग¥यो भने गरिब, सर्वहारा उत्पीडित शोषित वर्गले कम्यूूनिस्ट विचार, वैज्ञानिक समाजवादलाई रोज्न पुुग्यो । नेपालको शाहवंशीय राजतन्त्रले प्रजातान्त्रिक समाजवाद संसदीय व्यवस्थाको रक्षा गर्न पुग्यो । कम्युुनिस्ट विचार र आन्दोलनले २०६३ सालमा वहुदलीय प्रजातन्त्र सवैधानिक राजतन्त्रको ठाउँमा संघीय लोकतान्त्रिक व्यवस्थालाई वहाली गर्न पुग्यो । त्यो क्रान्ति सम्पूर्ण क्रान्ति, वर्गीय क्रान्ति हुुन सकेन ।
वर्गीय क्रान्तिकारी देशभक्त शासन सत्ताको ठाउँमा कम्युुनिस्ट कांग्रेस प्रजातन्त्रवादी, संसदवादी देश भक्तहरुको खिचडी सत्ता र संविधान बन्यो । केही परिवर्तन भए पनि खासमा उपलब्धि भएन । क्रान्तिको उद्धेश्य र लक्ष्य अधुुरो रहेकाले व्यवस्था बदलिए पनि समाजिक आर्थिक, राजनीतिक व्यवस्था केही बदलिएन । क्रान्ति नै धारासायी र अफाप बन्यो । अर्काे जनक्रान्ति तत्काल नगरे देशको अस्तित्व नै स्वाहा स्वाधा हुने हो कि भन्ने डरलाग्दो परिस्थिति कायम हुन पुुग्यो । वर्तमान राजनीतिकर्मीले सर्वहारा वर्ग वा तल्लोस्तका जनताको हितभन्दा काम, क्रोध, लोभ, मोह अहंकारलाई जीवन पद्धति बनाए । भष्ट्राचार, अव्यवस्था राजनीति पर्याय बन्यो ।
जनआक्रोश र वितृष्णाले कुनै पनि बेला विद्यमान व्यवस्थाको विरुद्ध भीषण आँधी वेहरी सिर्जना हुन सक्ने अवस्था छ । दलाल पूूँजीवादी संसदीय व्यवस्थाले जनताको सत्ता आउन नदिन एकदमै निचस्तरको हर्कत गर्दै आइरहेको छ । गठबन्धन सरकार सत्ता भनेको ज्यूँदो मुुर्दा हो । यसले मुुर्दा शान्ति बाहेक विकास प्रगति, सकारात्मक परिवर्तन, स्थिर सरकार र सुशासन केही दिन सक्दैन । दलाल पूूँजीवादी संसदीय व्यवस्था खराब राजनीति पात्र र खराब व्यवस्थाको कुुशासन कुुव्यवस्था हो । यसले भत्किएको, विग्रिएको मक्किएको संरचनाको पुनसंरचना गर्नै सक्दैन । भ्रष्टाचार गरेर अनैतिक गरेर खानु भनेको जन्म दिने आमाको रगत खानुु सरह हो । भ्रष्ट्राचार गरी आमाको रगत खानेहरुको शासन सत्ता, सरकारमा हाली मुुहाली छ । उनीहरुको स्वच्छ मन र स्वस्थ्य शरीर छैन ।
उनीहरु राजनीतिक विरामी हुुन् । उनीहरुको एकैसाथ उपचार गर्ने उपाय गर्ने भनेको एकिकृत जनक्रान्तिबाट मात्र हो । जनक्रान्ति मार्फत बहुुसंख्या रहेको शोषित उत्पीडित श्रमजीवी, देशभक्त जनताहरुले वैज्ञानिक समाजवाद स्थापना गर्न सकेमात्र राष्ट्रघाती, भ्रष्टाचारीहरुको समूल नष्ट हुन्छ । पटक पटक भएको आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धि परिवर्तनको रक्षा हुन नरकेको निरन्तर अधुरो, अपुुरो रहेको गलत सहमति र संम्झौतामा टुुगिएको अभिसाप रुपी क्रान्तिलाई सफल क्रान्ति, विजयी क्रान्ति, सर्वहारा विरोधीहरुको ध्वस्त हुने क्रान्तिलाई साबित हुुन्छ । सत्ता र शक्ति बन्दुकको नालाबाट मात्र होइन । सर्वहारा लक्षित वर्गको एकता संघर्षबाट पनि स्थापित हुुन सक्दछ भन्ने कुरा प्रमाणित गर्ने समय आएको छ । प्रतिक्रियावादीहरु कागजी बाघ हुुन् । उनीहरुका लूटतन्त्रलाई ध्वस्त पार्न देशभर श्रमजीवी सर्वहारा वर्ग संगठित र एकजूट भए पुग्दछ । सर्वहारा वर्गसंग अदृश्य अपार शक्ति छ ।
दलाल पूँजी संसदवादीको बार–बार सर्वहारा वर्गको एकै बार भन्ने कुरा एकत्रित संगठित शक्तिबाट प्रकट हुन्छ । संसदवादी पूजीँवादी प्रतिक्रियावादीहरुको भय र भ्रमवाद सर्वहारा वर्ग मुक्त भएको दिन जान सत्ताको उदय हुन्छ । दलाल पूजीवादी संसदवादीहरुको अन्त्य नै आम देशभक्त नेपालीहरुको मुक्ति हो ।
जनक्रान्ति रहरले होइन वाध्याताले हुन्छ । समय र परिस्थितिमा निर्भर हुन्छ । परिवर्तनका लागि जनता राज नीतिको बलियो आधार स्तम्भ हुन । जनताको सस्तो भनेको भ्रष्टाचार मुक्त,शोषण विभेद मुक्त,बेरोजगार मुक्त अवस्था हो । व्यवस्थाले अवस्था बदल्नु सक्नुपर्दछ । देशमा विद्यमान अवस्था यथास्थितिले आम जनताले नपाउनु दुःख पाइरहेका छन । यथा स्थितिमा परिवर्तन वान्छनीय छ । अति आवश्यक छ ।
यथास्थितिमा परिवर्तन असंभाव छैन । दुुःख,पीडित,श्रमजीवि आम जनताको एकता र सघंर्षले ऐतिहासिक परिवर्तन, दिगो विकास लक्ष्य र उद्धेश्य हासिल गर्दछ । क्रान्ति र परिवर्तनको एउटै लक्ष्य अकल्पनीय ऐतिहासिक दायित्व र जिम्मेवारी पूरा गर्नु हो । त्यसकालागि यतिखेर नेपालमा समय अनुकूल बन्दै गएको छ । भ्रष्टचारीहरुको अकुत सम्पति राष्ट्रियकरण गरेर देशको चौतर्फी विकासको बाटो विस्तार गर्न सकिन्छ । देशको रक्षा गर्न एकै साथ भू–राजनीतिक संन्तुलन कायम कुटनीतिक र राजनीतिक संकटको कुशलता पूर्वक उचित समाधान परनिर्भर ताको उन्मूलन जरुरी छ । त्यसका लागि देशमा प्रबल संभावना छ । बहुदलीय,संसदीय व्यवस्थालाई तहस नहस र ध्वस्त नपारे सम्म सकरात्मक परिवर्तन संभव छैन । २०६३ को जन आन्दोलन र १० बर्षे सशस्त्र जनयुुध्दबाट आवश्यक सबै पाठ सिकेर, कुशल कर्मठ, देशभक्त परिवर्तन कामी सामूहिक नेतृत्वको विशेष पहलमा नेपाल नमुना देश शक्तिशाली र विकसित बन्न सक्छ । सबैले यसमा मनन् गरौं ।