महिला कसैकी आमा, छोरी, दिदी, बहिनी, श्रीमति, भाउजू, माइजू, फुपू, सङ्गिनी आदि हुन् । भनिन्छ नारी र पुरुष एउटा सथका दुई पाङग्रा हुन् । त्यसैले यो रथ रुपी जीवनलाई गुडाउनका लागि नारी र पुरुष दुबैको उत्तिकै महत्व छ । एक अर्काको साथ बिना दुबैलाई जीवन जिउन कठिन हुन्छ । त्यसै गरी समाज र राष्ट्रको विकासमा पनि महिला र पुरुष दुबैको बराबर स्थान रहन्छ । तर व्यवहारमा अहिले पनि महिला र पुरुषमा समानता देखिँदैन महिला भएकै कारण महिलाले शारीरिक, यौन जन्य, मानसिक र सामाजिक क्षति वा पीडा सहनुपर्ने र आधारभूत अधिकारबाट बञ्चित हुनु पर्ने अवस्था सिर्जना हुन गई महिलाहरु महिला हिंसाका कारण पिडित छन् । महिलाविरुद्ध हिंसाका धेरै रुप छन् ।
परिवारका सदस्यहरु वा अरु नै कोहीबाट शारीरिक वा यौन दुव्र्यवहार, अख्तियारका व्यक्तिहरु (जस्तैः शिक्षक, प्रहरी अधिकारी वा रोजगादाता) बाट यौन उत्पीड्न र दुव्र्यवहार, रुम वा यौनका लागि बेचविखन, बाल बिवाह, दाइजो सम्बन्धी हिंसा जस्ता सामाजिक कुरीति आदि । द्वन्द्धको समयमा महिलामाथि हुने यौन दुव्र्यवहार पनि महिलाविरुद्ध हिंसाको अर्को रुप हो ।
नेपालमा महिलाको सामाजिक हैसियत र पुरुषसँगको सापेक्ष्कि समानता नेपालका विभिन्न जातीय समुह, क्षेत्र र जातिहरुमा फरक फरक छन् । यद्यपि सामान्यतया नेपाली समाज पितृसत्तात्मक परम्पराहरुतिर नै बढी ढल्किएका कारण महिलालाई सामाजिक र सांस्कृतिक रुपमै सामान अवसरहरुबाट वञ्चित गरिएको छ । यसका कारण महिलाले आफ्नो स्वतन्त्रता सशक्तिकरण र समानताका लागि समाज र राज्य व्यवस्थासँग धेरै संघर्ष गर्नुपरेको इतिहास छ । महिलाले उनीहरुको लिङ्गकै कारण गरिबी, सामाजिक बहिष्कार र सीमान्तीकरणको अनुभव गरेका छन् ।
नेपालमा महिलाको वैवाहिक अवस्थालाई नियालेर हेर्दा विगत ६ दशक देखि अहिलेको अवस्था सम्म आइपुग्दा पनि खासै परिवर्तन नआएको देखिन्छ । वि.स. २०२५ साल बैशाख महिनामा १४ वर्षीय गोमाको विवाह १५ वर्षीय महेशसँग भयो । सबै ठिक ठाकै चल्दै थियो । गोमा अनपढ थिइन् घरको कामकाज, घाँस, दाउरा, मेला, पात यहि उनको दिनचर्या थियो । वि.स. २०३२ सम्म आइपुग्दा उनले दुई छोरीलाई जन्म दिइन् । त्यही वर्ष उनका पति नोकरी गर्न गएका ठाउँबाट बेलुका घरै फर्केनन् उन हराए । त्यो घटनाको केहि दिनपछि एक गर्भवति महिला गोमाका घरमा पुग्छिन् अनि गोमा सित सोध्छिन् खोई तिम्रा पति महेश ? मलाई गर्भवति बनाएर यसरी बेहाल पारेर कहाँ गए ?
भनेर सोध्छिन । गोमासँग त्यो प्रश्नको कुनै जवाफ थिएन । अफै २ वर्ष पछि गोमाले उनका पतिले तेश्रो विवाह गरेको थाहा पाइन् । वि.स. २०५४ सालमा एक जना शिक्षकले आफैँले पढाउँदै गरेका दुई जना छात्रालाई एकै चोटी भगाएर विवाह गरे । केहि दिन दुबै महिला सँगै बसे तर एउटा खोरमा दुईवटा बाघ बस्न नसके जस्तै दुई मध्येकी एउटीले अलग हुनुपर्यो उनले जीवनमा कति धेरै संघर्ष गर्नुपर्यो । उनको पिडा उनैले बाहेक सायद अरु कसैले बुझ्न नसक्ला । वि.स. २०५२ मा आफ्नी जेठी श्रीमतिबाट सन्तान नजन्मिएकाले अनवर अलिले १६ वर्षीय अमिना बेगमसँग दोश्रो विवाह गरे तर उनले अमिनाको न विवाह दर्ता नै गराए यहाँ सम्म कि आफ्ना सन्तानको जन्मदर्ता पनि जेठी श्रीमतिकै सन्तान बनाएर गराएर । अमिनालाइ बच्चा उत्पादन गर्ने एउटा मेसिनको रुपमा मात्र अनवरले प्रयोग गरे । देशमा बहुबिवाह विरुद्ध कानुन लागु भइ सकेपछि पनि वि.स. २०७७ सालमा एक ४० वर्षीय सलमानले १४ वर्षीय नाबालिका सविनासँग सन्तानका लागि भन्दै दोश्रो विवाह गरे । यस लेखमा उल्लेख गरिएको केहि महिला प्रतिनिधि पात्र मात्र हुन् ।
विगतका दिन देखि वर्तमानको यो अवस्था सम्म आइपुग्दा पनि महिलाले बालबिवाह, बहुबिवाह, अनमेल बिवाह जस्ता समस्याहरु झेल्दै आइरहेका छन् । वि.स. २०६८ को राष्ट्रिय जनगणना तथ्याङ्क हेर्दा एकल पुरुष १.६ प्रतिशत छन् भने एक महिला ४.६ प्रतिशत छन् । त्यस्तै सम्बन्ध विच्छेद गरेका पुरुष ०.२ प्रतिशत छन् भने सम्बन्ध बिच्छेद गरेका महिला ०.४ प्रतिशत छन् । यो तथ्याङ्कले एकपटक बिवाह भइसकेपछि बालबच्चा हुने र श्रीमान्को मृत्यु भए या पारपाचुके भए पनि ति बालबच्चाको लालनपालनको जिम्मेवारी बहन गर्नाले प्राय महिलाहरुले दोश्रो बिवाह नगर्ने देखिन्छ भने पुरुषहरुले चाँडै नै दोश्रो बिवाह गर्ने गरेको समाजमा देख्न सकिन्छ ।
एक्काइसौँ शाताब्दीमा आइपुग्दा पनि नेपालमा महिला हिंसाको विकराल स्थिति छ । महिलाहरु शारीरिक, मानसिक यौनजन्य तथा घरेलु हिंसाका शिकार भइरहेका छन् । हिंसा र दुव्र्यवहारका विरुद्धमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिन्छन्, कानुनहरु बनाइएका छन् तै पनि हिंसामा कमि आएको छैन् । आफु विद्यालयमा २०५३÷५४ मा अध्ययन गर्दा आफैँलाई पढाउने शिक्षकबाट दुव्र्यवहार र यौनजन्य हिंसाको शिकार भएकी फुलमायाले त बुझ्न पनि सकिरहेकी रहिनछिन् कि उनी दुव्र्यवहारको शिकार भइरहेकी छिन् । किनकि त्यो बेला यति धेरै चेतना मुलक कार्यक्रम र पाठ्यक्रममा पनि त्यस्ता कुरालाई राखिएको थिएन । तर अहिले पनि धेरै बालिका आफ्नै शिक्षकबाट तथा महिलाहरु आफ्ना कार्यथलोहरुमा पनि हिंसा शिकार भएरहेका छन् । प्रहरीको तथ्याङ्गले विगत ५ आर्थिक वर्षमा नेपालमा ८,००० भन्दा बढी बलात्कार र ३,१०० भन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखाउँछ ।
सो अवधिमा झन्डै ६० हजार घरेलु हिंसाका घटना दर्ता भएका थिए । नेपाल प्रहरीको तथ्याङ्कमा अघिल्लो आर्थिक वर्षमा बलात्कारको २,१०० भन्दा बढी घटना र घरेलु हिंसाका ११,७३८ वटा घटना दर्ता भएका देखिन्छ ।
(श्रोत ः राष्ट्रिय महिला आयोग, नेपालमा महिलाको अवस्था, २०७८ फाल्गुन २३)
यी त प्रहरीमा उजुरी परेका र दर्ता भएका घटना हुन् । कैयौँ घटनाहरुका न त उजुरी पर्छ न त् दर्ता नै हुन्छन् । नेपालमा महिला माथि हुने हिंसाका कैयौँ कारणहरु छन् । पितृसत्तात्मक सोच, कुरीति र कुप्रथाहरु, अन्धविश्वास, लैङ्गिक असमानता र भेदभाव, वैवाहिक अवस्था, गरिबी, अशिक्षा, सम्पति माथि पुरुषको नियन्त्रण, पारिवारिक विखण्डन, बैदेशिक रोजगार, श्रीमान् घर छोडेर काम गर्न बाहिर जानु, कम उमेरमा विवाह हुनु, महिला नागरिकताबाट विमुख हुनु, तराईमा दाइजो प्रथा, बोक्सीको आरोप आदि केहि साझा कारण हुन सक्छन् । बोक्सीको आरोप लगाएर एउटी महिलालाई मानव मल मुत्र खुवाइन्छ, कुटपिट गरिन्छ, गाउँबाट निस्कासित गरिन्छ खाई त मानवता ?
खोई मानव अधिकार ? खोई कानुन ? खाई नागरिक समाज ? छोरी मात्र जन्माइन् भनेर एउटी महिलालाई श्रीमान् र घरपरिवारका सदस्यले शारीरिक र मानसिक यातना दिने गर्छन् यसमा को दोषी ? आजकाल पारपाचुके वाला मुद्दा बढिरहेको देखिन्छन् । धेरै महिलाहरु हिंसाकै कारण हो वा स्वतन्त्रताको जीवनयापन गर्नका लागि हो सम्बन्ध विच्छेद गरेर बस्न रुचाइरहेका देखिन्छन् । उनीहरुका आ–आफ्नै बाध्यताहरु छन् । एक पटकको सम्बन्ध बिग्रिएपछि तुरुन्त अर्को सम्बन्धमा उनीहरु विश्वस्त हुन नसकेकाले तथा आफ्ना बच्चाको स्याहार सुसारको चिन्ताले उनीहरु विवाह नगरी बस्ने गरेको देखिन्छ । त्यस्तै एकल महिला तथा अन्य विवाहित महिलाको पनि विभिन्न कारणले अन्य पुरुषहरुसँग अबैध सम्बन्ध स्थापित हुने गर्दछ त्यस्त अबैध सम्बन्धका कारणपनि विभिन्न किसिमका हत्या र हिंसाका घटनाहरु सार्वजनिक हुने गरेका देखिन्छन् ।
एउटा पुरुषकै कारण कहिले २÷३ जना महिलाहरु शारीरिक तथा मानसिक हिंसाको शिकार हुने गरेका छन् । जता उल्टाई पल्टाइ गरे पनि पिडा महिलाको नै छ ।
संविधान सभाले वि.स. २०७२ साल असोज ३ गते घोषणा गरेको नेपालको संविधानले देशका हरेक क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ । यसै गरी समानान्तररुपमा अगाडि बढेको महिला आन्दोलनले उठाउँदै आएका धेरै जसो मुद्दालाई पनि यस संविधानले समेटेको छ । मूलतः महिलालाई महिला भएकै कारण पितृसत्तात्मक समाज र स्वयं राज्य व्यवस्थाले गर्दै आएको शोषण, भेदभाव र नियन्त्रणात्मक संयन्त्रलाई सम्बोधन गर्दै संविधानले समतामूलक व्यवस्थाहरु आत्मसात् गरेको पाइन्छ । विशेषतः नेपालको संविधानको धारा ३८ ले महिला हकको व्यवस्था गरेको छ । यस अन्र्तगत सबै महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक व्यवस्था गरिएको छ ।
यसै गरी महिलालाई शिक्षा, स्वास्थय, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनौवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने व्यवस्था पनि छ । यस्तो गरेमा कानुनबमोजिम दण्डदीय हुने र पीडितलाई क्षतिपूर्ति हुने जस्ता व्यवस्थासमेत गरिएको छ । यसका साथै महिला र सीमान्तकृत समुहहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रगतिशील कानुनको परिणामास्वरुप अब महिलाहरु ३ तहका सरकारमा निर्वाचित पदहरुमा एकतिहाइ भन्दा बढी छन् ।
राज्यले सशक्त कानुन बनाएर मात्र महिलासँग सम्बन्धित समस्याहरु समाधान हुन सक्दैनन् । यति धेरै संवैधानिक व्यवस्थाहरु छन् । कानुन बनेका छन्, राष्ट्रिय महिला आयोगको स्थापना भएको छ तर पनि हजारौँ बालिका तथा महिलाहरु बलात्कारको शिकार भइरहेका छन् त्यसको दोषी को हो ? हजारौँ महिला शारीरिक तथा मानसिक हिंसाका शिकार भइरहेका छन् त्यसको दोषी को ? घरपरिवारका नजिकका नातेदार छिमेकी तथा विद्यालयमा शिक्षकबाट बालिका दुव्र्यवहार तथा यौनजन्य हिंसाको शिकार हुन्छिन् त्यसको दोषी को ? प्रत्येक वर्ष दाइजोको कारण वा अन्य कारणले महिलालाई झुण्डयाएर, विष खुवाएर, आगोले जलाएर वा आत्महत्या गर्न बाध्य तुल्याइनछ त्यसको दोषी को ? महिला माथि एसिड फ्याँकि मारिन्छ वा उसको सुन्दर रुपलाई कुरुप बनाइन्छ दोषी को ? आमाको काखमा हुर्कर्दै गरेकी महिला रुपी भ्रुणलाई तुहाइन्छ दोषी को ? सासुले बुहारीमाथि अत्याचार गर्छिन आखिरमा सासुपनि महिला हुन् किन गर्छिन् अत्याचार ? एउटा विवाहित पुरुषले आफ्नी श्रीमती हुँदाहुँदै अर्की महिलासँग अबैद्य सम्बन्ध राख्छ अनि श्रीमती माथि अत्याचार र हिंसा गर्न शुरु गर्छ यसमा दोषी को ?
छोरीलाई जन्म दिने आमाले छोरी जन्माएकै कारण हिंसाको शिकार हुनुपर्छ, दोषी को ? विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा महिलाका लागि छुट्याइएका कोटाहरुमा पनि महिलाहरु उर्तिण हुन नसकी कोटा खाली गइरहेका छन् त्यसमा दोषी को ? ती महिला जसलाई बाल्यकालदेखि नै विभेद गर्दै महिलाले पढेर के हुन्छ घरको काम पो गर्नुपर्छ भनि घरायसी काममा मात्र लगाई अध्ययनको अवसर प्रदान नगर्ने परिवार कि ती महिला स्वयम् ? चुनावमा टिकटै नदिने दिए पनि नजित्ने ठाउँहरुमा मात्र प्रत्यक्ष निर्वाचनका लागि टिकट दिने राजनीतिक दल कि आफ्नो जीवनको अमूल्य समय राजनैतिक क्रियाकलापमा अर्पण गरेका महिला ? समानुपातिक तर्फ नाम सिफरिस गर्दा पार्टीर्ला आर्थिक सहयोथ गर्न सक्ने महिला कि जीवनभर पार्टीकै विकासमा लागेका महिला ?
महिला सदियौँ देखि शोषित पिडित छन् उनीहरुमा समस्या जति केलाए पनि कमै हुन्छन् तयसैले अबको सबै नेपाली जनताको उत्तरदायित्व भनेको आफ्नो परिवारलाई महिला मैत्री बनाउनु हो । परिवार–परिवार मिलेर नै समाजको निमार्ण हुन्छन् । समुन्नत समाजबाट नै समुन्नत राष्ट्रको निमार्ण गर्न सकिन्छ । हामी सबैले आफ्नो परिवारमा समानताको भावना जागृत गरायौँ आफ्ना छोराहरुलाई महिलालाई सम्मान गर्न सिकायौँ । हरेक महिला कसैकी आमा, दिदी, बहिनी, पत्नी, छोरी वा कुनै न कुनै रुपमा रहेर एउटा पुरुषको जीवनलाई सहयोग प्रदान गरिरहेकी हुन्छिन् । एउटा इँट, काठको थुप्रोलाई घर बनाउँछिन्, एउटा पुरुषलाई जन्मदिन्छिन् र हुर्काउँछिन् । महिला प्रतिको समाजको देष्टिकोण परिवर्तन हुने हो भने साय महिलाले महिला भएकै कारण झेल्नुपरेका समस्याहरु झेल्नु पर्दैन होला ।
दुर्गा, लक्ष्मी र सरस्वतीका रुपमा देवीको पूजाका रुपमा चिन्न सके समाज परिवर्तन हुन समय लाग्ने छैन । त्यसैले हामी आफैँ भित्र भएको पितृसत्तात्मक सोचलाई त्यागौँ र एउटा समानता मुलक, हिंसा मुक्त र समुन्नत समाजको निमार्णमा जुटौँ । महिला माथि हुने सम्पूर्ण हिंसा, पिडा र दुव्र्यवहारका दोषीलाई पहिचान गरौँ र आफैँ भित्र रहेको त्यो दोषी व्यक्तित्वलाई आफैँले उखेलेर फल्ने कोशिश गरौँ । अनि हेरौँ हाम्रो समाज कस्तो बन्नेछ ?
“यस लेखमा उल्लेख पात्रहरु केवल काल्पनिक हुन् । कसैको जीवनसँग मेल खान गएमा केवल संयोग मात्र सम्झनु हुनेछ ।”