नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मालाई अष्ट्रेलियाको मेलबर्नमा आइटिएफ हल अफ फेम “इन्टरनेशनल एम्बेस्डर अवार्ड” ले सम्मान गरिएको छ ।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ९आइटिएफ०को तत्वधान र युनाइटेड आइटिएफ तेक्वान्दो अष्ट्रेलियाको आयोजनामा भएको तेस्रो ग्लोबल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२३ को साँझ एक विशेष कार्यक्रमका बिच टिम प्रशिक्षक समेत रहेका शर्मालाई तेक्वान्दो क्षेत्रका महत्वपूर्ण अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरिएको हो ।
साथै उक्त प्रतियोगितामा नेपालका राजकुमार दराईले कांस्य पदक जितेका छन् । पुरुष ब्ल्याक बेल्ट सिनियर तर्फ ९प्याट्रन० मा उक्त पदक हात पारेको अध्यक्ष एवं प्रशिक्षक शर्माले बताए ।
शर्मा नेपाल एवं अन्तर्राष्ट्रिय स्तरमा मार्सल आर्टको प्रवद्र्धनमा सक्रिय रूपमा संलग्न छन् । उनी विश्व मार्सल आर्ट हल अफ फेमका निर्देशक र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव हुन । उनी नेपाल फाइट क्लब र साङ्ग्रोक नेपाल तेक्वान्दोे एकेडेमीका अध्यक्ष र मुख्य प्रशिक्षक समेत हुन् ।
शर्माले मार्सल आर्टसँग सम्बन्धित धेरै अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिएका छन । शर्माकोे तेक्वान्दो कोचिङ क्याम्प, अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक तालिमहरुमा समेत सक्रिय सहभागिता रहने गरेको छ । उनले संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, इटाली र अन्य देशहरूमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट कार्यक्रमहरूमा खेलाडी, प्रशिक्षक, रेफ्री र कार्यक्रम निर्देशकको रूपमा जिम्मेवारी सम्हालि सकेका छन् ।
उनले मार्सल आर्ट क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका कारण दर्जनौं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भइसकेका छन् । शर्माले अमेरीका, बेलायत, जर्मनी, ब्राजिल, भारत लगायतका मुलुकबाट अन्तर्राष्ट्रिय पुरस्कारहरु हात पारिसकेका छन् ।