ईम्प्रुभिङ्ग वीरगंजका संस्थापक अध्यक्ष शरण गुप्ता विगत ६ वर्षदेखि ईम्प्रुभिङ्ग वीरगंजको संचालक भएर समाज सेवा गरिरहेका छन् । बुबा सुरज गुप्ता र आमा कनिका कौसिकका दुई सन्तान मध्ये उनी दोस्रो सन्तान हुन् । उनी ग्लोबल विजनेश कलेज कक्षा १२ का म्यानेजमेन्ट विषयका विद्यार्थी हुन् । उनले १२ वर्षको उमेरदेखि सामाजिक सेवामा निरन्तर लागिरहेका उनले देश भित्रका साथै मलेसिया र थाइल्याण्डबाट समेत सम्मान प्राप्त गर्न सकेका छन् । उनी समाजसेवी सुरज गुप्तासँग गरिएको बिशेष कुराकानी :
१) समाजसेवा गर्न संस्था नै खोलेर लाग्ने ईच्छा तपाईलाई कसरी भयो ?
म कक्षा ५ सम्म इन्डियामा नै अध्ययन गरे । कक्षा ६ बाट वीरगंजमा पढ्न थालें । वीरगंजमा बसेर पढ्न थालेपछि बालबालिकामाथि समाजमा भएका दुविधाहरु पनि देखे । त्यसले गर्दा मलाई धेरै नराम्रो लाग्थ्यो । केही चित्त पनि दुख्थ्यो । सरकारको आँखा खोल्ने काम पनि गर्छु । मैले सकेको सहयोग गर्दा बालबालिकाहरुको पनि हित हुने सोचले यो संस्थाको स्थापना नै गरि सेवाकार्यमा संलग्न भएको हो ।
२) ईम्प्रुभिङ्गले समग्र रुपमा के के काम गर्छ ?
यो संस्थाले सुरुको वर्षमा नै बालबालिकाको संरक्षणका लागि, बालश्रम गर्ने बालबालिकाहरुको शिक्षाको लागि उनीहरुको अभिभावकसंग भेटेर राम्रो शिक्षा दिने काम ग¥यो । अर्को वर्ष वतावरणमा स्वच्छ र सुन्दर बनाउने काममा सहयोग गरेका छौं । वीरगंजको सिर्सिया नर्दी एकदमै प्रदुषिण छ । त्यो सफा र स्वच्छ बनाउने कार्यमा केही चेतना फैलाउने काम यो संस्थाले पनि ग¥यो । त्यसपछि कोरोना कालमा हामी पुरा विपन्न र खान नपाएकालाई खाना वितरण गर्नमा लाग्यौं । त्यो समयमा खाना बिना मानिस छट्पटाइरहेको थिए । दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुलाई पनि खाना खुवाएका थियांै । क्वारेन्टाइन, आइसुलेसन सेन्टरमा भएका बिरामीहरुलाई खाना खुवाउने काम गरेका हांै । हाम्रो अभियानमा पनि वीरगंजको सानो पाईला संस्थाले पूर्णरुपमा सहयोग गरेको थियो ।
३) तपाईहरु आर्थिक बजेट कसरी जुटाउनु हुन्छ ?
आर्थिक सहयोगका दृष्टिकोणले हामी कहिले पनि आफुलाई समाजसेवी भन्न सक्दैनौं । किनकी सच्चा समाजसेवी त ती दाता हुन् । जसले कार्यगत अग्रसरता देखाउनेहरुलाई आर्थिक फण्ड जुटाइदिनु हुन्छ । म समाजसेवी उसलाई भन्छु जो मान्छे समाज कल्याणका लागि योगदान गरिरहेको छ । योगदान भन्नाले आर्थिक योगदान प्रमुख हो । वीरगंजमा भएका धेरै विशिष्ट व्यक्तिहरुले हाम्रो कामलाई देखेर विश्वास गरेका छन् । हाम्रो संस्थालाई आर्थिक सहयोग गरेका छन् । हामी समाजलाई सहयोग गर्न सफल भएका छौं ।
४) अन्य धेरै संस्थाहरुको बीचमा तपाईको संस्थाको नाम चर्चामा अगाडी आउनुको कारण के हो ?
वीरगंजमा थुप्रै संस्थाहरु खुलेको छन् । केही संस्थाहरुले काम पनि गरेका छन् । तर कुनै कुनै संस्था दर्ता मात्र भएर बसेका छन् । उनीहरुले केही काम गरेका छैनन् । केवल संस्था खोलेर मात्र हुँदैन । केही गरेजस्तो मात्र गरेर फोटो खिचाउने र नाम भजाउने गरेको पनि देख्न सकिन्छ । तर हामी त्यस्तो कार्यको विरोधमा छौं । समाजमा केही गर्न संस्था खुलेपछि राम्रो काम गरेर देखाउन पर्छ । प्रचारप्रसार त राम्रो काम ग¥यो भने समाजले आफै गर्न थाल्छ । आम नागरिकले स्वयम् विश्वास गर्छन् । हाम्रो संस्थाको सन्दर्भमा भन्नु पर्दा प्रत्यक्ष कार्य क्षेत्रमा नै खटेर काम गरेको छ । त्यसैले यो संस्था चर्चामा रहेको पनि हुन सक्छ ।
५) तपाई संस्थापक भएर काम गर्दा कस्ता चुनौतीहरुको सामना गर्न परेको छ ?
चुनौतीहरु त थुप्रै आएका छन् । म आफै १२ वर्षको थिए । सामाजिक संस्थामा आफु जस्तो ४५ जना आफूजस्ता सहयोगीहरु समेटेर काम गर्न थाल्दा सजिलो थिएन । मलाई ठूलो चुनौती थियो । धेरै अभिभावकहरुलाई चिन्ता थियो । मेरो छोरा पढाईमा ध्यान दिदैन विग्रिन्छ कि भनेर । खेलमा रुचि राखेको छ । नेता गिरीमा रुचि राख्छ भन्ने धेरै कुराहरुले गर्दा हाम्रो संस्थालाई कतै असर पर्ने हो की जस्तो लागेको थियो । संस्थाका सबैले आफ्नो पढाईलाई पनि निरन्तरता दिदै संस्थाको काममा पनि समय मिलाएर काम गर्दै गयांै । आज हाम्रो टिमको निरन्तर प्रयासले गर्दा अभिभावकको र समाजको पनि विश्वास जित्न सफल भएका छांै । पहिले मन खुम्च्याउने अभिभावकहरु पनि अहिले खुसी हुन थाल्नु भएको छ ।
६) अहिले युवाहरु विदेश पलायन भएको अवस्थामा तपाईलाई चाही उता जाने ईच्छा जाग्दैन ?
सामाजिक संस्थामा काम गरिरहदाँ २ वटादेश थाईल्याण्ड र मलेसिया घुमेर आइसकेको छु । अझै पनि विदेश कामको र पढाइको लागि पनि जान सक्छु । विदेश जानु युवाहरुको लागि नराम्रो होइन । तर त्यहाँ गएर के गर्ने भन्ने ठूलो कुरा हो । विदेश गएर उन्नति हुन्छ । युवामा सीपको विकास हुन्छ भने जानु पनि पर्छ । अनि विदेश गएर सिकेको सीप आफ्नो देशमा आएर प्रयोग गर्नुपर्छ । जसले गर्दा देशको नाम चम्काउन सकिन्छ । म पनि कक्षा १२ मा पढिरहेको छु । म पनि विदेश जाने तयारीमा छु । त्यहाँ गएर पढाइ गरेर फर्केपछि वीरगंजको लागि र देशका लागि उन्नति हुने काम गर्छु । त्यसका लागि विदेश पढन जान लागेको छु ।
७) तपाई अध्ययनको लागि विदेश जाने तयारीमा हुनुहुन्छ ? संस्थालाई कसरी निरन्तरता दिनुहुन्छ ?
म विदेश जाँदा पनि मेरो संस्थालाई चलाउन सक्ने ४०÷४५ जना युवाहरु तयार गरिसकेको छु । अहिले ६ वर्षमा २ सय जना सहयोगीहरु पनि वीरगंज भरीका लागि तयार छन् । भोलन्टियर साथीहरुले संस्थालाई अगाडी बढाउन सक्छन् । उनीहरुमा पनि समाजसेवा प्रतिको सकृयता जागिसकेको छ । मलाई विश्वास छ उहाँहरुले मेरो अनुपस्थितिमा पनि राम्रोसंग संस्था चलाउन सक्नुहुन्छ । वीरगंजमा थुप्रै काम पनि भईरहेको छ । मेरो अध्ययन सकेर वीरगंजमा नै आएर काम गर्ने मेरो ईच्छा छ । यसमा साथीहरुको साथ र सहयोग रहिरहन्छ ।
८) आगामी ५ वर्षमा संस्थाले के–के काम गर्ने लक्ष्य लिएको छ ?
अहिले हामी अझ स्थानीय सरकारहरुले नै आफ्नो क्षेत्रमा निकै राम्रो काम गरुन् र यस्ता सामाजिक संघ संस्थाहरुको आवश्यक नै नपरोस् भन्ने अठोटका साथ काम गरिरहेका छन् । सामाजिक संघ संस्थाहरुले गर्ने काम पनि राज्यका लागि नै गर्ने हो । त्यो काम स्थानीयदेखि सबै सरकारले गरेको हेर्ने धोको छ । त्यसैले मेरो जस्ता सामाजिक संघ संस्थाहरुको आवश्यक नै नपरी आगामी पाँच बर्षमा त पूरै बन्द भएको हेर्ने चाहना छ । अहिलेको कामहरु त सरकारको आँखा खोल्ने काम मात्र हो ।
९. अन्त्यमा तपाई के भन्न चाहनु हुन्छ ?
अहिलेका युवाहरु गलतमा लतमा लागिरहेका छन् । जाँड, रक्सी, लागुऔषध जस्ता कुलतमा फसिरहेका छन् । म जस्ता युवाहरु वीरगंजमा धेरै नै छन् । जसले काम गर्न खोजिरहेका छन् भने उनीहरुले काम गर्ने अवसर पाइरहेका छैनन् । युवाहरुलाई म के भन्न चाहन्छु भने राम्रो काम गर्दा अलिकति चुनौती त आउँछ । तर हामीले हिम्मत गरेर आफ्नो पढाईका साथ–साथै सामाजिक काममा पनि हातेमालो गर्दै अगाडी बढ्नु पर्छ । समाजको लागि पनि केही योगदान गरौं भन्न चाहन्छु ।