गम्भिर स्वभाव भएका ९ वर्षीय रुद्र साह वीरगंज महानगरपालिको वडा नं. १२ मूर्लिमा रहेको कादम्बरी एकेडेमी स्कूलको कक्षा ४ मा अध्ययनरत छात्र हुन् । आमा बिमला गुप्ताको एक मात्र सन्तान हुन उनि । घर वीरगंज महानगरपालिका वडा नं. १५ मा रहेको छ । रुद्रको आमा संचारकर्मी रहेको कुरा उनले बताए । उनी संगोल परिवारमा हुर्केका र पढाइ लेखाइमा निकै अब्बल रहेका छन् ।
पढाइसंगै उनलाई सुइमिङ्ग गर्न निकै रुचि रहेको उनले बताए । छुटिको समयमा आफ्नो काम सकेपछि केही समय टिभी हेरेर आफ्नो मनोरञ्जन लिने तर्क छ । उनलाई परिवारमा राम्रो पढ भनेको कुरा पनि उनले खुलास गरे । भोलिको दिनमा इन्जिनियर बन्न सकुला नसकुला तर आफ्नो लक्ष्य भने इन्जिनियर बन्ने नै हो उनले तर्क गरे । उनले इन्जिनियर बन्ने ईच्छा गरेकोले परिवारमा पनि इन्जिनियर पढाउने ईच्छा प्रवल भएको उनले हाँस्दै बताए ।
मिलनसार र मेजासिलो स्वभाव भएका रुद्र विद्यालयमा राम्रो छवि भएका विद्यार्थीहरु मध्ये एक हुन भनेर विद्यालयका शिक्षकहरुको भनाइ छ । धेरै समय स्कूलमा बस्न मन पराउने रुद्र साथीहरुसंग बसेर आफ्नो गृहकार्य गर्न र खेल्न रमाइलो लाग्ने गरेको बताउँछन् । सबै विषय सजिलो लाग्ने तर त्यसमा पनि धेरै सजिलो लाग्ने गणित रहेको रुद्रको भनाइ छ । अलि अलि नेपाली विषयमा गर्न गाह्रो हुने कुरा पनि उनले खुलासा गरे ।
रुद्रलाई सबै शिक्षकहरु मनपर्ने तर धेरै मनपर्ने अशोक कुशवाह शिक्षक रहेको बुझिएको छ । सबै साथीहरु मन पर्ने तर अत्यमध्ये पनि आफ्नो कुराहरु सियर गर्ने आफु स्कुल नगएको समयमा पढाइ भएका कुराहरु सिकाइ दिने खाने कुराहरु बाडेर खाने भएकोले सांरस मिल्ने साथी भएको उनले बताए ।
विद्यालयमा हुने गरेका सबै क्रियाकलापहरु मनपर्ने तर अत्यन्तै मनपर्ने सुइमिङ्ग भएको पनि उनले खुलासा गरे । ती खेलमा पनि आफु सकृय सहभागीे हुने गरेको उनको तर्क छ । उनलाई घर परिवारमा सबैको माया लाग्ने त्यसमा पनि धेरै माया भने आमाको र हजुरबुबाको लाग्ने रुद्रको भनाइ छ ।
घरमा पाकेको खाना सबै खाना मन पर्ने आमा बिमलाले खुलासा गरिन । एकदमै ज्ञानी र सबैले भनेको मान्ने सबैलाई माया गर्ने स्वभावको भएको उनकी आमा बिमलाले विस्तारमा बताइन् । पढाइमा ध्यान दिएर सुन्ने लेख्ने र पढ्ने बानी निकै राम्रो भएको आमा बिमलाले तर्क गरिन् ।
भविष्यमा पढेर इन्जिनियर बन्ने उसको ईच्छा भएकोेले हामीले पनि उसलाई इन्जिनियर बनाउने बिचार नगरेको भने होइन उनका अभिभावकहरुले बताए । हामीले शिक्षा, ज्ञान, बुिद्ध दिने हो, बाँकी त उसैले गर्ने हो । हामी त एउटा बाटो देखाउने माध्यम मात्र हौं उनीहरुले भने ।