नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव वीरगंजमा परेको छैन । वीरगंज लगायत जिल्लाको ग्रामीण भेगमा पनि बन्दको खासै प्रभाव परेको देखिन्न ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकोमा अह्वान भएको देशभरको बन्दमा प्रदेश नम्बर २ का ८ जिल्लाको बाराको पथलैयादेखि उत्तरतर्फ जाने सवारी साधनहरु पूर्ण रुपमा ठप्प छन् । भने पूर्व तथा पश्चिम राजमार्ग समेत ठप्प रहेको देखिन्छ ।
ठुलो राजमार्ग बाहेक प्रदेश २ मा खासै बन्दको प्रभाव परेको देखिन्न् । वीरगंज बजार पूर्ण रुपमा संचालित छ भने नगरभित्र चल्ने साना तथा ठूला सवारी साधनहरु निर्वाध रुपले सञ्चालनमा छन् । महानगरभित्र रहेको व्यापारिक प्रतिष्ठानहरु यहाँ चल्ने रिक्सा, ई–रिक्सा, टेम्पो, टांगा लगायतका सवारी साधनहरु संचालनमा रहेको छ।
वीरगंज लगायत जिल्लामा रहेका शैक्षिक संघ संस्थाहरु पनि संचालनमा छन् भने यहाँका कल कारखाना उद्योगहरु पनि संचालनमा रहेको देखिन्छ । वीरगंजदेखि हेटौडा, काठमाडौं, चितवन, विराटनगर, धनगढी, बुटवल, निजगढ, चपुर, जनकपुर, मलंगवा लगायतका स्थानहरुका लागि छुट्ने लामो दुरीका सवारी साधनहरु बस पार्कमै थन्किएका छन् । वीरगंजदेखि सिमरासम्म जाने यात्रुहरु छिट्फुट रुपमा संचालित साना सवारी साधनबाट आफ्नो गन्तव्यसम्म पुगेतापनि त्यो भन्दा टाढासम्म जाने लामो दुरीका यात्रुहरु भने बसपार्कमै सवारी साधानलाई कुरेर बसेका छन् भने कोही बसपार्कबाटै फर्कने गरेका छन् ।
छिमेकी जिल्ला बारा, रौतहट, मकवानपुर लगायतका स्थानहरुमा बन्दको प्रभाव परेको त्रासका कारण लामो दुरीका सवारी साधनका चालकहरु सवारी साधनलाई संचालन गर्न सकेका छैनन् ।
यो पनी पढ्नुहोस् ।