विश्व आधुनिकिकरण संगसंगै समय अगाडी बढिरहेको छ । एक मानिसले अर्को मानिसलाई ख्याल नगर्ने सम्बन्धमा अझै पनि मानवीय सेवामा ओतप्रोत भएका स्वंयम सेवकहरुको अझै ट्डकारो आवश्यक्ता छ । रेडक्रसले अझ जुनियर युवामा रेडक्रस अभियानलाई जोडेर भोलीका दिनमा देश चलाउने कर्णधार, विश्व चलाउने कर्णधारहरुलाई समाज सेवा र मानवीय सेवामा लाग्नु पर्छ । रेडक्रसको मिसनलाई अगाडी बढाइरहेको सन्दर्भमा रेडक्रसको मानव सेवा सम्बन्धी गतिविधीहरु अझ व्यापक रुपमा लैजानु पर्ने आवश्यक्ता छ । विश्व रेडक्रस दिवसको अवसरमा रेडक्रसले रक्तदान कार्यक्रमहरु गर्दै छ । जुनियर युवा सम्बन्धी प्रतियोगितात्मक कार्यक्रमहरु पनि गर्ने छ । रेडक्रसको माताहतका सबै उपशाखाहरुले सामाजिक सेवा, मानवीय सेवाका गतिविधिहरु गरेर कार्यक्रम गर्दै छ ।
मानवीय सेवाको उद्देश्यले स्थापना भएको संस्था हो रेडक्रस । यसले विपत्मा परेका मानिसहरुलाई सहयोग गर्दै आईरहेको छ । रेडक्रसले रक्त सञ्चार केन्द्रको स्थापना गरी संचालन गरिरहेको छ । रेडक्रसले विपतमा परेका मानिसहरुलाई सहज रुपमा रगत उपलब्ध गराएर मानवीय सेवाको काम गरिरहेको छ । रेडक्रसले दैनिक ५० पाउण्ड रगत उपलब्ध गराएर रगतको अभावमा हुने मृत्युको संख्यालाई घटाएको छ । पछिल्लो समयमा आएर रेडक्रसले मानवको जीवनमा आवश्यक आधारभूत आवश्यक्ताहरुको अभाव भएको क्षेत्रको पनि पहिचान गरी स्वास्थ्य, शिक्षा,खानेपानी तथा सरसफाईको क्षेत्रमा पनि काम गरिरहेको छ । रेडक्रस दिवसको दिन संस्थाको झण्डोतोलनको कार्यक्रम गरेर कार्यक्रमको सुरुवात गर्ने छौं । रेडक्रस शाखा कार्यलयमा रक्तदान कार्यक्रम पनि गर्नेछौं । रेडक्रसका जुनियर तथा युवाहरुको बीचमा विभिन्न प्रतियोगिता कार्यक्रम संचालन गरेर रेडक्रस दिवसलाई भव्यताका साथ हरेक वर्ष मनाउने गरेका छौं ।
विश्व रेडक्रस दिवस ८ मईका दिन विश्वभरीका सबै रेडक्रसहरुले मनाउने गरेका छन् । रेडक्रसका जन्मदाता स्वीस नागरिक जाँ हेनरी ड्युनाको प्रेरणाबाट मानवीय सेवाको लागि संस्थाको स्थापना गरेका हुन् । मानवलाई विपद् आईपरेको बेलामा तुरुन्त समाधान गर्न सक्ने गरी एउटा संस्था हुनुपर्छ भन्ने उद्देश्यले यो संस्थाको स्थापना गरेको हो । रेडक्रस दिवस संस्थाको स्थापना दिनलाई नमानी रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको सम्मानमा उनको जन्म दिनलाई पारेर विश्व रेडक्रस दिवस मनाउने गरेको हो । दिवस मनाउँदा रेडक्रसले गर्ने सामाजिक गतिविधिबाट नै कार्यक्रम गरेर मनाउने गरेका छौं । पहिला रेडक्रस दिवसको दिन याली पनि निकाल्ने गरेका थियौ । तर गर्मी मौसमका कारण यो वर्ष ¥याली भने निकाल्ने छैनौं । विश्व अन्तर्राष्ट्रिय रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले रक्तदान कार्यक्रम राखेको छ । विद्यालयस्तरीय निबन्ध प्रतियोगिता कार्यक्रम पनि राखेका छौं । रेडक्रसको स्थापना भएदेखि नै सामाजिक क्षेत्रमा ब्लड बैक र एम्बुलेन्स सेवा संचालन गरेर थियो । अहिले एम्बुलेन्स सेवा बन्द भएको अवस्था छ । नेपाल सरकारको एम्बुलेन्स संचालन सम्बन्धि निर्देशिकामा १० वर्ष पुरानोलाई रिनवल नगर्ने निर्देशन छ । रेडक्रसको २ वटा एम्बुलेन्स १० वर्ष नाघि सकेको छ । अर्को एम्बुलेन्स ल्याउने योजनामा छौं । रक्तसंचार सेवा भने अहिलेसम्म निरन्तर रुपमा नै सुचारु छ । रक्त संचार नियमित २४ सै घण्टा संचालनमा रहेको छ । रेडक्रसको रक्तसंचार केन्द्रले वार्षिक १५ देखि १७ हजार युनिट रगत सप्लाई गर्ने गरेका छ । अपर्झट कुनै विपद्मा परेको व्यक्तिहरुलाई तुरुन्त राहत उपलब्ध गराउने गरेका छौं ।
रेडक्रस एउटा सामाजिक संस्था हो । सामाजिक संस्थामा काम गर्ने व्यक्तिहरु यसबारेमा जान्कार पनि हुन्छ । सामाजिक सेवामा लागि रहन्छ । विपद् र पीडामा परेको व्यक्तिहरु उद्धार, राहत उपलब्ध गराउने काम रेडक्रस सोसाइटीको हो । रेडक्रसको दिवसको दिन केन्द्रले ५ वटा कामहरु निर्देशन गरेको छ । विपद्मा परेको व्यक्तिहरुलाई उद्धार गर्ने, रक्तदान कार्यक्रम संचालन गरी मानव सेवा गर्ने, बाढी पहिरोबाट पीडित परिवारलाई सहयोग गर्ने, सामाजिक क्षेत्रमा देखिएका आपतकालिन विपद्हरुको सहयोग गर्ने काम नेपाल रेडक्रस सोसाइटीले गर्दछ । विश्व रेडक्रस दिवसको दिन नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु मनाउदै आइरहेको छ । उस वर्ष पनि मनाउने तयारीमा छौं । हरेक वर्षको जस्तै यो वर्ष पनि ८ मईको दिन विद्यालयहरुमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गर्छौं । पर्सा जिल्लाको शाखा, उप–शाखाहरुमा रक्तदान कार्यक्रम गर्छां ।