सर्वोच्च अदालतले सडक बिस्तारको पक्षमा फैसला गरे पछि त्रिभूवन राजपथको वीरगंज भन्सार खण्ड देखी हेटौडा हुदै अगाडि सम्मको बाटो बिस्तार हुने भएको हो ।वीरगंजको मुख्य शहरबाट निस्केको राजपथ बिस्तारको प्रयास गर्दा पटक पटक अदालतमा परेको मुद्धाका कारण लम्बिएको थियो । सर्वोच्च अदालतले हालै सडक बिस्तारको पक्षमा फैसला गरेपछि सडक डिभिजन कार्यालयले सकड बिस्तारको तयारी थालेको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राकेशकुमार यादवका अनुसार वीरगञ्ज,सडक डिभिजन कार्यालयले वीरगञ्जको मुख्य बजार सहित लोकमार्गको दायँबायाँको भाग बिस्तार गर्ने तयारी गरेको छ ।सडक डिभिजन हेटौंडाका प्रमुख यादवले बागमती प्रदेशको राजधानी हेटौंडा बजार सहित वीरगन्ज र आफ्नो कार्यालय माततहमा रहेको सडकमा अब २५ गज मात्र बिस्तार हुने बताए ।
सडकको मध्यभाग बाट २५ गज दाया र २५ गज बाया सडक बिस्तार गरिने उनले बताए । सडक बिस्तारको पक्षमा फैसला गर्दा सर्वोच्च अदालतले नै २५ गज भत्काउन मिल्ने फैसला गरेको छ । २५ गज भनेको ७५ फिट बराबर हुने छ।
मिटर भन्दा गज सानो एकाई हो । एक मिटरमा ३ दशमलव २८०८४ फिट हुन्छ भने गजमा ३ फिट मात्रै हुन्छ । मिटर भन्दा गज ० दशमलव २८०८४ फिट कम हुन्छ ।एक गज बराबर ३६ इन्च हुन्छ । एक गज क्षेत्रफलमा ९ बर्गफिट हुन्छ । २५ गजमा ७५ फिट हुन्छ । यसैका आधारमा सडक चौडा गर्ने तयारी भइरहेको हो ।सर्बोच्चको फैसला पछि अब कानुनी रुपमा कसैले झमेला गर्ने अवस्था नभएका कारण आफूहरु सडक चौडा गर्ने तायरीमा जुटेको यादवको भनाइ छ ।
यादवले मुख्यगरी वीरगञ्ज,हेटौंडा,सिमरा,निजगढ सहितका मानवीय बस्ती भएका क्षेत्रमा सहमतिका आधार तय गर्दै सकेसम्म स्थानीयहरुलाई आफ्नो संरचना भत्काउन लगाउने कार्यालयको सोच रहेको बताए ।
त्यसकोलागि कार्यालयको तर्फबाट पहल गरिने बताए । स्थानीयले आफैले नभत्काए कार्यालयले भत्काउने यादवले बताएका छन । यो प्रयास छ महिना सम्म हुने र त्यतीबेला सम्म संरचना खाली नभए डोजर लगाइने यादवले बताए ।