प्राकृति प्रकोप अथवा विपतलाई रोक्न सकिदैन तर पुर्वतयरीले क्षति न्युनिकरण गर्न सकिन्छ हामी कहाँ प्रत्येक वर्ष आउने बढी पहिरोले धनजनको क्षति गरिरहेकै छ ।मेदेखि सेप्टेम्बरसम्म लगभग पाँच महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ । नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्छ । सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिकतम वर्षा भएको मानिन्छ । तराईमा प्रचण्ड गर्मी खेपी रहेकालाई यो मनसुनले राहतको सास फेर्ने अवसर प्रदान गर्छ तर यसका साथसाथै वर्षातसंगै आउने बाढी पहिरोले त्रासको वातावरण सृजना गर्छ । कतिपय स्थानमा वर्षायाम शुरु हुन साथ स्थानीयको मनमा चिसो पस्छ । रातिको निन्द्रा हराम गर्ने गर्छ । तराईका जिल्लाहरुमा नदी टुटेर गाउमा पस्ने तथा शहरमा पानीको निकास नभएका कारण बस्तीहरु डुवानमा पर्ने गरेको देखिन्छ तर यसलाई नियन्त्रण गर्नका योजना वद्ध तरिकाले अगाडी नढेको देखिन्छ ।
अहिले स्थानी तह अधिकार सम्पन्न भएको छ । स्थानीय स्तरमा भएको समस्या समाधानका लागि अव केन्द्रिय सरकारको मुख ताक्ने दिन गएको छ स्थानीय सरकार गठन भएको छ गाउ गाउमा जनप्रनिधिहरु निर्वाचित भएका छन तर खोई तयारी ? आफनो स्थानीय तहमा राहत तथा उद्धारको काम गर्नका लागि एउटा डुगं सम्मको व्यवस्थापन नगरेको देखियो आखिर किन ध्यान नगएको होला ? यस्तो हो भने स्थानीय सरकारे भुमिका खोई त ? पालिका स्तरमा विपत व्यवस्थापनको पुर्वतयारी खोई ?
कुनै स्थानमा कुनै पनि किसिमको विपत गयो भने पहिलो रेस्पोन्स गर्ने भनेकै स्थानीय सरकार हो । सवै भन्दा पहिला समुदाय नै त्यहाँ पुग्छ र सहयोग गर्नु पर्छ तर हामी कहाँ सेना, प्रहरीको मुख ताक्ने चलन बढी छ । हामीलाई अरुले आएर सहयोग गर्नु भन्दा पनि समुदायले विपतको समयमा सहयोग गर्ने दक्ष जन शतिm तयार गर्नु पर्छ । समाजमा बसिसकेका समाजमा चेतनशिल प्राणी भइकन पनि हामी कुनै पनि कुराहरुमा पुर्व तयारी गर्न सक्दैनौ यो ठुलो विडम्बना हो । हामी मानवको सबैभन्दा ठुलो कमजोरी भनेको नै विपत्ति आइसकेपछि बल्ल तात्तिने, चेत आउने र चिन्ता, शोक इत्यादि गर्ने हो। प्रकृतिको नियम नै एक वर्षको अवधिमा कहिले जाडो हुन्छ, कहिले गर्मी हुन्छ, कहिले मौसम ठिक्क हुन्छ कहिले पानी पर्छ, बाढी पहिरोको उच्च जोखिम हुन्छ ।
यी कुराहरु सबै मानिसहरुलाई थाहा छ । उनिहरुलाई जाडो कहिले शुरु हुन्छ ?गर्मी कहिले शुरु हुन्छ ? बर्खायाम कहिले सुरु हुन्छ ? यि सिजनमा जोखिमबाट बच्न के के उपायहरु अबलम्बन गर्न सकिएला भन्ने धेरैथोरै हेक्का पनि छ तर हामी नेपालीहरुको विचित्रको बानी छ कोही जानकारी पाइकन पनि जोखिमको भूमरीमा रुमल्लिन बाध्य छ कोही यस्तो विपत्ति के आइपर्ला र भन्ने हेलचक्रयाँइका कारण जानाजान विपत्तिमा परिरहेको देखिन्छ । हाम्रा स्थानीय सरकारहरुको पनि यस तर्फ ध्यान किन जादैन ? किन हामी चुप बसेका छौ ।अहिले बर्खाको सिजन सुरु हुन लागेको अवस्था छ । यो पानी पर्ने वा बर्खा लाग्ने कुन समयमा हो भन्ने कुरा हिमाल पहाड तराईका सबै जनतालाइ थाहा छ । बर्खामा के के समस्या आइलाग्छन भन्ने कुरा नागरिकलाइ भन्दा धेरै त सरकारलाइ थाहा छ तर पनि हरेक वर्ष पहिरोमा पुरिएर, बाढीले बगाएर , पुल भत्किएर, सडक भत्किएर धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको छ । विपत व्यवस्था कसरी गने? बाढी पहिरोको जोखिमबाट कसरी जोगिने ? क्षति कसरी न्युनिकरण गर्ने ? यस्ता कुराहरुको बारेमा त बर्खा नलाग्नै नागरिकलाइ जानकारी हुनुपर्ने हो । हामीकहाँ ठिक उल्टो परिपाटी छ ।
जव पहिरोले घरबारी बगाउँछन, मान्छेहरु पुर्छ , बाढीले तराइ क्षेत्र जलमग्न हुन्छ अनि बल्ल नीति कार्यत्रम, कसरी क्षति कम गर्ने भन्ने विषयहरु उठ्न थाल्छन। यी विषयहरु उठेर, छलफल भएर निष्कर्ष निस्कदासम्म धेरै घरहरु बगिसकेका हुन्छन, धेरै नागरिक मरिसकेका हुन्छन, तराइका घरहरु जलमग्न भएका हुन्छन । हामी समुदायले विपतको सामना गर्न र रक्षाको लागि तयारी गर्नु पर्छ होईन भने प्रत्येक वर्ष झै ठुलो क्षति व्यवहोर्नु पर्छ ।