१) थाइराईड भनेको के हो ?
थाईराइड एक प्रकारको रोग हो । यो श्वासनलीमा भएको एक प्रकारको पुतली आकारको श्वास फेर्ने नली हो । त्यसलाई थाइराइड भनिन्छ । यो बढीजसो पुरुषमाभन्दा महिलामा हुने गर्दछ ।
२) थाइराइडका लक्षणहरु के–के ?
जसलाई थाइराइड रोग लागेको हुन्छ भने उनीहरुको शरीरको तौल बढ्ने, शरीर फुल्ने, शरीर कमजोर काम गर्न अल्छी लाग्ने, छाला फुस्रो हुने, निउँ गन्हाउने, निन्द्रा नलाग्ने सम्भावना बढी हुन्छ । कब्जियत हुने बढी सम्भावना हुन्छ । थाइराइड हुर्दा शरीर थकित हुने हुन्छ ।
३) थाइराइड रोग अत्याधिक महिलालाई हुनुको कारण के हो ?
पुरुषहरु बढी मात्रामा शारिरीक श्रमको गर्ने हुदाँ थाइराइड रोगी कम हुने गरेको पाइन्छ । पुरुषहरु खाना खाएपछि काममा जान्छन् भने उनीहरुको श्रमले शरीरको पसिना बगेको हुन्छ । उनीहरुलाई थाइराइडको समस्या त्यसैले पनि कम भएको पाइन्छ । महिलाहरु घरायसी काममा मात्र सिमित हुने गर्दछन् । थाइराइड भनेको शरीरमा हुने एउटा ग्रन्थी हो । खानामा बढी मात्रामा प्रोटिन र कार्बोहाइड्रेड भएको खाना खाएपछि काम नगरी सुत्ने गर्नु पनि रोगको लागि निम्त्याउनु हो । हामीले खाएको प्रोटिन र कार्बोहाइड्रेड भएको खाना शारिरीक कसरत नभएको कारण ग्रन्थीमा गएर बस्छ । ग्रन्थीले फ्रुटलाई परिवर्तन गर्न नसक्दा थाइराइडको समस्या हुन्छ ।
४) थाइराइड कति किसिमका हुन्छन् ? यिनीहरुको बीचमा के फरक छ ?
हाइपर थाइराइडिजम र हाइपो थाइराइडिजम दुई किसिमका हुन्छन् । यि दुईका बीचमा पनि लक्षणहरु फरक–फरक हुन्छ । हाइपो थाइराइडिजमको समस्या भयो भने शरीर दुब्लाउने हुन्छ । जिउ एकदम तातो हुने, गर्मी भएको महसुस हुन्छ । दिसा पिसाब बढी लाग्ने हुन्छ । पसिना आउने हुन्छ । भने हाइपर थाइराइडिजममा छाला बढी फुस्रो हुने,शरीर फुलेको हुन्छ । गर्मी र चिसो महसुस बढी हुन्छ । कब्जियत बढी हुन्छ । निन्द्रा पनि नलाग्ने हुन्छ ।
५) थाइराइडको उपचार पद्दति कत्तिको मंहगो छ त ?
हामीले थाइराइडको उपचार खासै मंहगो छैन । टिथ्रि,टिफोर र टि एसएस भन्ने ३ वटा जाँच गराइन्छ । त्यो जाँचको रिपोर्टबाट थाइराइड कत्तिको बढेको छ पत्ता लगाउने हो । यदी नर्मल लेबलमा छ भने थाइराइडको औषधी चलाउनु पर्दैन । हाई लेबलमा छ भने थाइराइडको ग्रेड हेरेर औषधी चलाउनु पर्छ ।
६) थाइराइड रोग लागेपछि निको हुन्छ त ?
थाइराइड रोगबाट संक्रमित मानिस कत्तिको प्रयोगात्मक कामहरुमा कत्तिको सक्रिय रहन्छ । यी कुराहरुमा थाइराइड रोग निर्भर रहेको हुन्छ । मेरो सिद्धान्त भनेको थाइराइड रोग लागेपछि सकभर औषधी सेवन गराउन प्रेसर गर्दिन । घरेलु उपचार र शारिरीक कसरत गर्नमा बढी जोड दिने गरेको छु । औषधी बिना नै थाइराइड रोग निको हुन्छ । यदी रोग निको भयो भनेर खानपानमा ध्यान नदिने र कसरत नगर्ने हो भने पुनः थाइराइड हुन सक्छ । हामीले खाना खादाँ आफ्नो शरीरले कति मात्रामा प्रोटिन र कार्बोहाइड्रेड भएको खाना पचाउन सक्छ । आफ्नो शारिरीक व्यायम कत्तिको छ । त्यो विचार गरेर मात्र खाना खाने गरेमा थाइराइडबाट मुक्त हुन सकिन्छ । एक पटक मात्र हस्पिटलमा उपचार गराएर हुदैन । डाक्टरको सल्लाह अनुसार पुन परिक्षणको लागि सम्पर्कमा रहेर नियमित व्यायम गरेमा थाइराइड रोगबाट मुक्त हुन सकिन्छ ।
७) थाइराइड रोगी जाँचको लागि सरकारी अस्पतालमा छुटको व्यवस्था गरेको छ ?
सरकारले सरकारी हस्पिटलमा गरिब,विपन्न र असहाय वर्गको लागि समाजिक इकाईहरु सरकारको मापदण्ड अनुसार नै दिएको छ । सरकारले लगभग सबै उपचार सेवा निःशुल्क नै गराउने भनेर सेवा दिदै आएको छ । त्यसै अन्र्तगतमा रहेर हामीले सरकारी हस्पिटलमा नै उपचार गराउन कोशिस गर्छौ । धेरै जना मानिसहरु हाम्रो अस्पतालमा उपचार गराउन आउँछन् । अस्पतालमा सेवा लिने बिरामीहरु सबै जना नै हाम्रो अस्पतालको सेवाबाट सन्तुष्ट छन् । कहिले काँही स्वास्थ्य बिमाको कारण अस्पतालमा भिड बढेको हुन्छ । उपचारमा ढिलासुस्ती भएको महसुस भएको छ । नत्र भने अन्य सबै सुविधाहरु सहज ढंगले उपलब्ध गराएका छौं ।
८) सरकारी अस्पतालको डाक्टरको हैसियतले तपाई आम नागरिकलाई के भन्नु हुन्छ ?
म आम जनतालाई के भन्न चाहन्छु भने सरकारले गरिब, विपन्न र असहाय जनताको लागि सरकारी हस्पिटलमा निःशुल्क उपचार सेवा दिदै आएका छौं । हामी गरिब छौं । तर हामी धनी मानिसहरुसंग आफ्नो प्रतिस्पर्धा गर्न खोजेका हुन्छौं । हामीले यस्तो काम नगरौं । सरकारी अस्पतालमा गएर उपचार गरौं । सरकारी अस्पताल र प्राइभेट क्लिनिकहरुमा पनि उपचार गर्ने डाक्टर एउटै हुन् । हामी कोही पनि भ्रममा नपरौं । ढुक्क भएर सरकारी अस्पतालमा उपचार गरौं । यदी चित्त नबुझेको खण्डमा प्रशासनमा उजुरी पनि गर्न सक्नुहुन्छ ।