१) वर्तमान समयमा वीरगंजको शैक्षिक अवस्था कस्तो पाउनु भएको छ ?
वर्तमान समयमा वीरगंजको शैक्षिक अवस्था राम्रोसंग चलेको छ । कोरोनाकालमा धेरै नै उथलपुथल भएको थियो । अहिले त्योभन्दा अलि अवस्था सुध्रिएको छ । गोल्डेन फ्यूचरमा अहिले कक्षा १० सम्म नै निर्वाध पढाइ भइरहेको छ ।
२) विद्यालय संचालनमा आएको कति बर्ष भयो ?
वि.सं.२०५७ सालदेखि विद्यालय संचालन गर्दै आइरहेको छु । विद्यालय संचालन गर्दा सुरुसुरुमा कठिनाइ त भयो । अहिले त्यस्तो विद्यालय संचालनमा खासै कठिनाइ छैन । ६ सय ३० जना विद्यार्थीहरु अध्ययन्रत पनि छन् । विद्यालयमा अध्यापन गराउने ४२ जना शिक्षकहरु अहिले निरन्तर खटिपनि रहेका छन् ।
३) महानगरका कतिपय विद्यालयमा अभिभावकले समयमा नै शुल्क नतिरेको गुनासो आउँछ । तपाईको विद्यालयमा चाही के छ ?
यो सत्य हो । हाम्रोमा पनि त्यस्तै अवस्था छ । तर पनि हामी प्रेमभावले अभिभावकहरुसँग व्यवहार गरिरहेका छौं । जो अभिभावक शुल्क तिर्न सक्ने छन् । उनीहरुको निरन्तर जस्तै छ । जो नसक्ने छन् उनीहरुको लागि समय मागेर पछि तिर्छु पनि भनेका छन् । समय मागेरपछि गरौला भनेर भन्नेहरुका लागि विद्यालय पनि सकारात्मक भई उनीहरुका बालबालिकालाई अध्यापन गराइरहेको छ । अरु विद्यालयमाभन्दा हामी व्यवहारिकतामा नै जान्छौं । त्यो हिसाबले पनि अभिभावकले आफ्नो बच्चाहरु हाम्रो विद्यालयमा पढाइ पनि रहनु भएको छ ।
४) तपाईले व्यवहारिकताको कुरा गर्दा शिक्षकलाई तलब दिन चाही कठिनाइ भएको त छैन ?
अहिलेसम्म हामीलाई कठिनाइ भएको पनि छैन । कोरोनाकालमा कठिन परिस्थिति आएको पनि थियो । तर हामीले स्कूलको जति आम्दानी छ त्यो आम्दानीलाई विद्यालयमा नै लगानी ग¥र्यौं । जसको कारणले अहिलेसम्म यस्तो कठिनाइ भोग्न परेको छैन । व्यवहारिकतामा पनि के छ भने सक्ने खालको अभिभावक छ भने समयमा पैसा पनि दिन्छन् । जो तत्काल तिर्न नसक्ने अभिभावक छन् । उनीहरुलाई हामी समय दिन्छौं । हामी व्यवहारको हिसाबले पनि पछि चुक्ता गर्नु हुन्छ ।
५) अभिभावकको चाहना अनुसार शिक्षा दिन सक्नु भएको चाही छ त ?
हामीले अभिभावकको अनुसार नै गुणस्तरीय शिक्षा दिइरहेका छन् । हामीले अभिभावकलाई सन्तुष्ट पारेका छांै । त्यही सन्तुष्ट भएर नै हाम्रो विद्यालयमा बच्चा पढाउनकोलागि पठाइरहनु भएको छ ।
६) नीजि विद्यालयले चर्को शुल्क लिएको गुनासो पनि आउने गरेको छ नि ?
अहिले बजारमा प्रतिस्पर्धाको समय छ । विद्यालयले गुणस्तरीय शिक्षाको लागि जोड दिनुपर्छ । अहिले शिक्षा भनेको संवेदनशील कुरा हो । हामी अभिभावकलाई सम्झाएर नै सन्तुष्टि दिन्छौं । हाम्रो विद्यालयले चर्को शुल्क लिएको पनि छैन । यसमा कुनै कुनै विद्यालयले चर्को शुल्क लिएको हुन सक्छ । हल्ला गर्नेले जे पनि भन्ने गरेका छन् । तर जो विद्यार्थी जेहेन्दार, मेहेनति छ, जो शिक्षालाई बुझेको छ उसको लागि यही विद्यालय राम्रो छ । अन्य विद्यालयमा जाँदा त्यहाँको हरेक चीजसंग घुलमिल हुन समय पनि लाग्छ । त्यो बुझ्नेले अन्य विकल्प पनि रोजेका छैनन् ।
७) महानगरका नीजि विद्यालयलाई पनि ग्रेडिङ्ग सिस्टममा ल्याएको छ ? अभिभावक सघं र संचालक समिति बीच केही समन्वय भएको छ कि ?
नगरपालिकाको आदेश अनुसार हामी अभिभावक संघसंग छलफल गरेका नै छांै । छलफल पश्चात उहाँहरु पनि सन्तुष्ट हुनु भएको छ । ग्रेडिङ्ग सिष्टम खासै राम्रो त होइन । तर पनि कुन हिसाबले ग्रेडिङ्ग राख्नु भयो यो त नगरपालिकाले नै जान्ने कुरा भयो । हरेक व्यवस्था भएर पनि यो विद्यालयलाई ग्रेडिङ्ग सिष्टममा पछाडी पारिएको छ । जुन हिसाबले नहुनु पर्ने हो । हामीलाई पछाडी पारेर पनि हामी असन्तुष्ट छैनौ । तर पनि कहि–कहि नराम्रो लागिरहेको छ । हाम्रो विद्यालयलाई “सि” ग्रेडिङ्गमा राखिएको छ । विद्यालयमा सबै व्यवस्था छ, अध्ययन अध्यापन पनि राम्रो नै छ । अनुगमन गर्न आउने ले के हेरेर “सि” ग्रेडमा राखिदिए त्यो त पालिकाले नै जान्ने कुरा भयो ।
८) विद्यालय व्यवस्थापन गर्न कत्तिको सहज छ त ?
अहिलेसम्म त सहज रुपमा नै लिएर अगाडी बढिरहेका छौं । हामी अहिलेसम्म अभिभावकसंग व्यवहारिकताको हिसाबले हिडिरहेका छौं । अबका दिनमा पनि हामी त उहाँहरुलाई गाह्रो गरेर अगाडी बढ्दैनौं ।
९) शिक्षामा कस्ता पद्धति ल्याएमा सबैलाई सहज हुन्छ ?
प्रविधि वा विभिन्न सिष्टम जस्तै ल्याबटप, स्मार्टबोर्ड साउन्ड सिस्टम ती सबै प्रयोगमा ल्याइएकै छ । जस्तो ४० देखि ४५ जना विद्यार्थी एउटा कक्षाकोठामा राख्दा साउन्ड पछाडीसम्म नपुगे माइकको व्यवस्था पनि गरिएको छ । यसको अलावा विद्यार्थीलाई कुनै कुरामा कठिनाई नहोस् भनी उनीहरुको अपेक्षा अनुसारकै अध्यापनमा जोड पनि दिएका छौं।