गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारका १९ जना कैदीबन्दीको सजाय मिनाहा गरिएको छ । विभिन्न मुद्दामा दोषी ठहर भई सजाय काटीरहेका ५ जनालाई आम माफी र १४ जनाको सजाय मन्त्रीपरिषद्को बैठकको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मिनाहा गरे ।
पचास प्रतिशत सजाय भुक्तान गरीसकेका र चालचलनमा सुधार आएका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा रिहा गरिएको वीरगञ्ज कारागारका सूचना अधिकारी नवराज बर्तौलाले जनाए ।
सवारी ज्यान मुद्दा, चोरी मुद्दा, हातहतियार, ज्यान मार्ने उद्योग, मानिसको लापरवाहीले ज्यान गएको, वन पैदावार, चोरी लगायतका कसूरमा सजाय भोगीरहेका १९ जनालाई रिहा गरेका छन् ।
श्याम महतो कोईरी,रामसिंह राय थारु, ओमप्रकाश सहनी मलाहा, प्रकाश कार्की, नागेन्द्र प्रसाद कलवार, श्याम महतो कोईरी, प्रज्जवल तिवारी लगायतको सजाय मिनाहा भएको जनाएको छ ।प्रमोद महतो, रामप्रसाद साह कानु, राजेश्वरप्रसाद साह कानु, जोगिन्दर सिंह राजपुत, र मुनिलाल साह कानुलाई आम माफी दिएको बर्तौलाले जानकारि दिनु भयो ।
कारागारका जेलर लगायतले कैद मिनाहा तथा आममाफी पाउनेहरुलाई फूलमाला लगाउँदै बाँकी जीवन सही ढंगले यापन गर्न शुभेच्छा पनि व्यक्त गरिएको छ । कैद मिनाहा तथा आममाफी पाउनेहरुका परिवारका सदस्यहरुले उनीहरुलाई लिन कारागार पुगेका थिए ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो