यो वैशाखको महिना भनेको विवाहको महिना हो । धेरै व्यतिmहरु आफु गएको विवाह समारोह भव्य भएको भनेर फेसबुक मार्फत देखाईरहेका छन । भने वालविवाह तथा दाईजो प्रथाका घटनाहरु पनि वाहिर आईरहेका छन ।
गत बैशाख ६ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी वीरगञ्ज महानगरपालिका वडा नं २३ की १८ बर्षिया रविता कुमारीलाई आत्महत्या गर्न बाध्य पारेको प्रहरीले जनाएको थियो । प्रहरीले पर्सा बहुदरमाई नगरपालिका वडा नं ८ बस्ने बच्चु भनिने जयनारायण साहलाई आत्महत्या गर्न बाध्य पार्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । यस्तै आफनो ३० र ३२ वर्षीय भाईहरुको विवाह क्रमशः ११ र १२ वर्षीय वालिकासंग गराएको आरोपमा पर्सा प्रहरीले वीरगन्ज–२७ मा प्रहरी जवान वुलेट यादवलाई पक्राउ गरेको छ । यी त वाहिर आएका घटनाहरु मात्रै हुन तर यस्ता धेरै वालविवाहका घटनाहरु छन जुन वाहिर आउदैनन् । समाजमा रहेको बिभिन्न कुरीतिका कारण यस्तो भईरहेको अधिकारकर्मीहरु बताउछन ।
समाजमा आखाकै अगाडी बाल विवाह भईरहेको भए पनि कसैले न यसको बिरोध गर्छन न त कसैले प्रहरीमा खबर गर्छन । गाउ गाउमा रहेका प्रहरी चौकी तथा संघ संस्थाहरु पनि उजुरी र निवेदनको पर्खामा बस्छन तर प्रहरीमा खवर गर्ने कसले ? के प्रहरीलाई कानुन कार्यन्वयको लागि निवेदन नै चाहिन्छ ? बाल विवाह रोक्नका लागि अव चेतना भन्दा पनि प्रहरीमा खवर गर्ने अभियान चाल्ने हो की ? नेपालले २०१५ मा वेलायतमा भएको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सन् २०२० भित्र वालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेर लक्ष्य प्राप्तिका लागि कार्यक्रम अगाडि बढाएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अहिले पनि नेपालमा वाषिर्क १३ हजार बालविवाह हुँदै आएको छ । पारिवारिक समस्या, आफै विवाह गर्नुले बालविवाहलाई बढावा दिइरहेको देखाएको छ । बालविवाहका कारण पारिवारीक समस्या उत्पन्न हुने, विद्ययालय छाड्नुपर्ने, स्वास्थ्यमा समस्या तथा लैंगिक हिंशासमेत बढ्ने गरेको देखिन्छ । वालविवाह र यसैसंग जोडिएर आउने दाईजो प्रथाका कारण कयै महिलाहरु जलाईन्छ मारिन्छ ।वालविवाहका कारण अनेकौ समस्या भए पनि यो क्रमम रोकिएके छैन आखिर कहिले सम्म हाम्रा चेलीहरु यसको सिकार बन्ने ? कसले रोक्नका लागि पहल गर्ने ?
वालविवाहका घटनाहरु केहि मात्रमा मात्र दर्ता भए पनि त्यस भन्दा बढी वालविवाहका घटना घटेको पाईन्छ छ । बाल विवाह दुई परिवार विचको कुरा हो भनेर यसको वारेमा मान्छेले थाहा पाए पनि यसको वारमा प्रहरीमा उजुरी गर्दैन । समाजिक परम्परा, सानो उमेरमा कन्यादान गर्नाले बढी पुन्य हुने जस्ता सोचका कारण पनि एकले अर्काको बाल विवाहमा सहयोग गर्दै आईरहेको देखिन्छ । विवाह दर्ताका लागि उमेर पुगेको हुनुपर्ने हुँदा उमेर बढाएर दर्ता गर्ने चलन बढ्दै गएकोले पनि बालविवाहका घटना बाहिर नआएको बताइएको छ । गाविस स्तरमा बनाईने बिवाह दर्ताको प्रमाण पत्रमा उमेर बढाएर बनाउने चलन पनि यदि यो चलनलाई पनि रोक्न सकिने हो भने पनि कतिपय बालविवाह रोक्न सकिन्छ तर यो रोक्ने कसले ? यो चलनमा सहयोग गर्नेलाई कार्वाही गर्ने कसले ? आफनो घर वरिपरी भईरहेको बाल विवाहको बारेमा जानकारी गराने कसले ? नेपालमा बालविवाह मध्ये ६१ प्रतिशत मागी विवाह हुने गरेको तथ्यांक पाईन्छ । त्यस्तै ६ प्रतिशत वालविवाह परिवारको दवावबाट भएको तथ्यांकले देखाएको छ । ३३ प्रतिशत बालविवाह केटा केटी भागेर हुने गरेको उनले पाईन्छ । यसरी विभिन्न बहानामा हुने गरेको बाल बिवाहका कारण बाल बालिकालाई मात्र होईन घर परिवारलाई समेत यसले असर पारिरहेको हुन्छ ।
बाल विवाहका कारण महिलाहरुलाई बिभिन्न किसिमले असक्षम बनाईहेको हुन्छ भने समाजमा केटी प्रति नकारात्मक सोच उत्पन्न भईरहेको छ । बालविवाहलाई रोक्नका लागि सरकारले मात्र कानुन बनाएर पुग्दैन । कानुन कार्यन्यन तथा बाल विवाह रोक्नका लागि हामी सवैको तर्फबाट सकारात्मक पहलको खाचो देखिन्छ ।