पर्साको बिन्दवासिनी गाउँपालिकाले सामुदायिक विद्यालयलाई कम्प्युटर उपलब्ध गराएको छ । गाउँपालिकाको वडा नं. ३ झौवामा रहेको श्री राम स्वरूप रामपृत चौरसिया माध्यमिक बिधालयलाई मंगलबार गाउँपालिकाले १२ थान कम्प्युटर उपलब्ध गराएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताउनु भयो ।
विद्यालय मै पुगेर गाउँपालिका अध्यक्ष तिवारी र प्रमुख प्रशासकिय अधिकृत राजु साहले विद्यालयका प्रधानाध्यापक रामचन्द्र महतोलाई सो कम्प्युटर हस्तान्तर गरेका हुन् ।
विद्यालयमा अध्ययनरत छात्ररछात्राको प्राबिधिक ज्ञानलाई मध्य नजर गर्दै कम्प्युटर उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष तिवारीले बताए । उनले आफ्नो कार्यकालमा गाउँपालिकाको शिक्षा क्षेत्रलाई आधुनिकिकरण गरि सम्पुर्ण विद्यार्थीको पहुँच सम्म प्राबिधिक शिक्षा पुर्याउँने आफ्नो लक्ष्य रहेको बताए।
प्रमुख प्रशासकिय अधिकृत साहले आफै विद्यालयमा कम्प्युटर सेटप गर्दै चलाएर समेत देखाएका थिए । उनले गाउँपालिकाले आवश्यकता अनुसार सधै बिद्यालय तथा विद्यार्थीको हक हितका लागि हर सम्भव सहयोग गर्ने बताए ।
उक्त कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष नन्दु कुमार प्रसाद यादव, शिक्षकहरू सँजय सर्राफ, सुकदेव प्रसाद चौरसिया, शिव कुमार कलवार, अमोद दास तत्वा, प्रमोद चौहान, बिनोद चौरसिया, धनिलाल दास तत्वा, अरबिन्द ठाकुर, अनुपा पटेल, मुकलेश गद्दी, संजय गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो