नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाण्डौमा आज मङ्गलवारदेखि रोजगार मेला सुरु भएको छ । टेकुमा रहेको महासङ्घको कार्यालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा रोजगार मेला सुरु भएको हो । मेला भोलि बुधवारसम्म चल्ने छ ।
मेलाको उद्घाटन कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरूको बीचमा पुलको काम गर्ने बताए । उहाँले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउन सहयोग पुर्याउने जनाए । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगार मेलाले रोक्न सक्ने उहाँको भनाइ छ ।
अध्यक्ष ढकालले आउँदो आर्थिक वर्षको बजेटमा समेत निजी क्षेत्रको मनोबल उच्च राख्न हरेक क्षेत्रबाट सरकारले सहयोग गर्ने उल्लेख गरेको बताए । उहाँले बजेटमा समेटिएको स्टार्टप र सीप विकासको विषय निजी क्षेत्रले उठाएको जानकारी गराएको छन् ।
मेलामा आफूले खोजेको जस्तो रोजगार पाइने आशामा आउनुभएकी प्रतिज्ञा घिमिरेले रोजगार मेलाले बढ्दै गएको बरोजगारीको समस्या थोरै भए पनि कम हुने बताइन् । उहाँले देशभित्र नै रोजगारी नपाएर विदेश जाने युवाहरू बढेको भन्दै कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको भन्ने बुझ्न सकिने भएकाले मेलामा आएकी बताइन् ।
त्यस्तै हिरामाया श्रेष्ठले अनलाइनहरूमा फेक रोजगारी प्रचार हुने भएकाले प्रत्यक्षरूपमा बुझ्न मेलामा आएको बताइन् । उहाँले विदेश जानुभन्दा पनि नेपालमा नै रोजगारी खोजेर बस्न सके देशमा नै राम्रो हुने बताइन् ।
मेलामा काठमाण्डौ र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासङ्घका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य सङ्घको सहकार्य रहेका छन् । कामको खोजीमा रहेका युवाहरूलाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला सुरु भएको छ ।
रोजगार मेलामा एक सय वटाभन्दा बढी कम्पनीहरूको सहभागिता रहेको छ । महासङ्घले मेलामा कामको खोजीमा रहेका पाँच हजारभन्दा बढी युवाहरूलाई अवलोकन गराउने लक्ष्य राखेको छ । मेलामा रोजगारी, सीप एवम् जनशक्ति विकासलगायतका विषयमा विभिन्न परामर्श 'सेसन' हरूसमेत हुनेछ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो