वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रमा पर्ने तीनै वटा स्थानीय तहले आउँदो आर्थिक वर्षबाट करको दरमा एकरुपता ल्याउन गृहकार्य सुरु गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाको पहलमा बिहीबार तीनै स्थानीय तहका प्रमुखबीच भएको बैठकले करको दर र आयका शीर्षकमा एक रुपता ल्याउने निर्णय गर्दै त्यसका लागि कार्यदल बनाएको छ ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले औद्योगिक करिडोरमा पर्ने तीनैवटा सरकारले यहाँका उद्योगि व्यवसायी तथा स्थानीयको सहजताका लागि करको दरमा एक रुपता ल्याउन खोजिएको बताए ।
बैठकले आयका शीर्षक र करको दरमा एक रुपता ल्याउन वीरगञ्ज महानगरपालिकाका राजश्व शाखा प्रमुख मनोज कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
समितिमा जितपुरसिमरा उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख रामप्रसाद शर्मा र परवानीपुर गाउँपालिकाका राजश्व शाखा प्रमूख कृष्ण प्रसाद यादब सदस्य रहेका छन् ।
कार्यदलले यस क्षेत्रमा कुन विषयमा कति कर लगाउन मुनासिब देखिन्छ भन्ने बारे अध्ययन गरेर तीन दिन भित्र प्रतिबेदन बुझाउने जिम्मेवारी पाएको छ ।
कार्यदलले अध्ययन गरेर प्रतिबेदन दिएपछि पुनः बैठक बसेर त्यस बारेमा निर्णय लिइने महानगर प्रमुख सिंहले बताउनु भयो ।
महानगर प्रमुख सिंहको अध्यक्षतामा बसेको बैठकमा जितपुरसिमराका प्रमुख राजन पौडेल, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, जितपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी, परवानिपुर गाउँपालिकाका प्रमुख रामछत्री प्रसाद कुर्मी, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल लगायत तिनै वटा स्थानीय तहका राजश्व शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो