वीरगञ्जमा यही जेठ २६ र २७ गते रात्रि बजार लगाउने गरि तयारी अघि बढाइएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार संचालन गर्ने पूर्व घोषित कार्यक्रम अनुरुप यस महिना पनि रात्रि बजार लगाउने तयारी अघि बढाइएको हो ।
रात्रि बजार संचालनको तयारीका लागि शुक्रबार महानगरमा सरोकारवालाहरुबीच छलफल भएको छ ।
छलफलले यस पटक पनि आदर्शनगर क्षेत्रमा रात्रि बजार प्रभावकारी रुपमा संचालन गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ ।
वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई अहिले महिनाको अन्तिम शुक्रबार र शनिबार गरि २ दिन संचालन गरिँदै आएको छ ।
रात्रि बजार व्यवस्थापन समितिको शुक्रबारको बैठकले रात्रि बजार प्रभावकारी भएको भन्दै आउँदा दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने निर्णय पनि गरेको छ ।
बैठकमा महानगर प्रमुख राजेशमान सिंहले आउँदा दिनमा घण्टाघरदेखि आदर्शनगर, घडिअर्वा लगायतका क्षेत्रलाई समेटेर रात्रि बजारलाई विस्तार गर्दै लैजाने गरि आवश्यक तयारी अघि बढाउन समितिलाई आग्रह गर्नु भएको छ ।
वीरगञ्जको बजार अवेर सम्म संचालन हुने वातावरण बनाउन आफूले रात्रि बजारको अवधारणा अघि बढाएको भन्दै उहाँले यसका लागि यहाँका उद्योगी, व्यवसायी तथा स्थानीय नै अघि सर्नु पर्ने बताउनुभयो । महानगर प्रमुख सिंहले रात्रि बजार व्यवसाय चलायमान बनाउनका लागि पहल थालिएको भन्दै यसलाई निरन्तरता दिन अब यसको नेतृत्व वीरगञ्ज उद्योग वाणिज्य संघले लिनु पर्ने पनि बताउनुभयो ।
अहिले महिनामा २ दिन मात्रै चलिरहेको रात्रि बजारलाई आफूले हरेक दिन देख्न चाहेको भन्दै त्यस अनुरासको सुरक्षा व्यवस्था र भन्सार खुला गर्ने जिम्मेवारी लिन आफू तयार रहेको पनि उहाँले बताउनुभयो ।
बैठकमा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवालले महानगरले यहाँको बजार चलायमान बनाउन गरेको प्रयास सह्रानीय रहेको भन्दै आउँदा दिनमा यसलाई संचालन गरेर अघि बढ्नु पर्ने जिम्मेवारी आफूहरुको रहेको धारणा व्यक्त गर्नुभयो ।
रात्रिबजारमा थरिथरिका स्टल राखिने र विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिने रात्रि बजार व्यवस्थापन समितिका सदस्य जयप्रकाश खेतानले जानकारी दिए ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो