सरकारले आर्थिक वर्ष ०८०-०८१ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । अहिलेको आर्थिकमन्दीका बीचमा नेपाल सरकारको संघ सरकारले मुलुक र मुलुकवासीको हितमा भन्दै नयाँ बजेट निर्धारित समय भित्र नै ल्याएको छ । तथापि आम नेपाली र मुलुकको आर्थिक अवस्थाको सन्दर्भमा भने यो बजेट कस्तो रहेको छ ? केही विना आवश्यकताका रकममा थपघट गर्दै विभिन्न शिर्षकमा सरकारले ल्याएको बजेट कत्तिको जनताको हितमा छ ? भनी स्थानीय विभिन्न व्यक्तिसंग लिएको प्रतिकृया :
सरकारले आर्थिक वर्ष ०८०-०८१ को बजेट ल्याएको छ । यो बजेटलाई न सकरात्मक भन्न नै सकिन्छ, न त नकरात्मक नै भन्न सकिन्छ । अहिले देशको आर्थिक अवस्था नै कमजोर छ । जनताहरुको गुनासो छ राजनीतिक नेताहरुको कारण नै आज देश यो अवस्थामा पुगेको हो । नेता लगायत मन्त्रालयका मुख्य कर्मचारी सचिव उपसचिव, अख्तियार प्रमुखहरु, वाणिज्य विभागमा काम गर्ने कर्मचारीहरु जनतासंग सम्बन्ध देखाइएको छ । तर भन्ने हो भने खासै सम्बन्ध कही कतै देखिदैन । यो बजेटमा किसानलाई लक्षित गरेर विमा कार्यक्रम पनि ल्याएको छ । त्यसको कार्यान्वयन पक्ष कत्तिको सकारात्मक हुन्छ । त्यो त अगाडीका दिनले पुष्टि गर्ने छ नै । सरकारले तल्लोस्तरको सरकारी कर्मचारीहरुको तलब भत्ता सुविधामा कटौती गरेको छ । यो पक्ष राम्रो होइन । साना कर्मचारीको नभएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, मन्त्रालयको सचिव, उपसचिव मुख्य कर्मचारी, अख्तियारका प्रमुखहरुलाई दिएको भत्ता, सुविधा, यातायात खर्चमा कटौति गर्नु पथ्र्यो । अनि मात्र देशको अर्थतन्त्रमा केही सुधार गरेको लक्ष्यण देखिन्थ्यो । सरकारी होस् वा नीजि क्षेत्रमा जनताहरुलाई रोजगारको व्यवस्था गर्नुपर्छ । हरेक सरकारी निकायहरुमा नयाँ कर्मचारीको भर्ना नगरी भएका कर्मचारीबाट नै केही समय कार्यालयहरु संचालन गर्नु पथ्र्यो । आधुनिक र प्रविधिको समय आएको छ । अब नयाँ सोच, जोस जाँगर भएका व्यक्तिहरुबाट काम लिनु पर्छ । देशमा परिवर्तनको खाँचो छ । नेपाल कृषि प्रधान देश भएकोले सबैभन्दा बढी सरकारले कृषि क्षेत्रलाई लक्षित गरेर बजेट ल्याउनु पथ्र्यो । त्यो हुन सकेको छैन । कृषि क्षेत्रमा उत्पादन बढाउन किसानलाई आवश्यक मल, बिउ, बिजनका साथै सिंचाईको व्यवस्था गर्नु अति आवश्यक छ । अनि किसानका उत्पादनको बजारीकरणका लागि पनि सरकारले ठोस पहल गरिदिने खालको बजेटको जनतालाई खाँचो छ ।
सरकारले बजेट ल्याएको ठिक नै छ । अहिलेको अवस्था अनुसार योभन्दा पनि व्यापक बजेटको अपेक्षा पनि राख्नु हुदैन । जुन तरिकाले बजेट भाषण भएको छ । त्यही रुपमा काम भयो भने त धेरै राम्रो हुन्छ । आजको यो आर्थिक अवस्था कमजोर भएको अवस्थामा नेताहरुमा चेतना आओस् । पुरै बजेट त सुन्न पाइन । जति सुने त्यो ठिकै लाग्यो । जनताको मनसाय कहिले पनि राजनीतिक पक्षले बुझ्न सकेन । अहिले सरकारको माथिल्लो तहमा जुन स्थितिको सृजना भैरहेको छ । नेपाली जनताको सोझोपनको जुन फाइदा उठाइरहेका छन् । अब पनि देश र जनताको लागि सोचेनन् भने भोलीका दिनमा सृजना हुने स्थितिको अनुमान पनि गर्न गाह्रो हुन्छ ।
जयप्रकाश प्रसाद गुप्ता
बहुदरमाई न.पा– ९, पर्सा सरकारबाट बजेट ल्याइसकेको छ । मैले बजेटको बारेमा केही त सुनेको छु । बजेट भाषण ठिकठिकै छ । भाषणमा जे हुन्छ व्यवहारमा त्यो लागु भएको भने पाइदैन । कृषि क्षेत्रमा भन्नको लागि धेरै गरिएको छ । तर किसानले कृषि उत्पादन बढाउन जुन कर्जा पाउनु पर्ने त्यो पाएको अवस्था छैन । किसानहरु मेहनत गरेर आफ्नो उत्पादन बढाउन चाहन्छन् । तर त्यो बजेट किताबमा मात्र सिमित हुन्छ । किसानको लागि अनुदान भने बिचौलियाको हातमा पुग्छ । कहिले किसानसम्म पुग्न सक्दैन । गाउँघरमा खेतमा सिचाई गर्न पनि पानीको स्रोत छैन । किसानको उत्पादन बढाउन कृषि क्षेत्रमा विद्युतिकरण गर्नु पर्छ । देशको सबैभन्दा ठूलो युवाहरुको समस्या बेरोजगारको छ । अहिलेको भयावह अवस्थामा खानकोलागि धांै–धांै परेको छ । बालबच्चा पढाउन पनि धेरै कठिन छ । पहिलादेखि नै सोचेको भए आज यस्तो स्थिति आउने थिएन । दाल, चामल भारतबाट किनेर ल्याएर खान बाध्य हुनु परेको छ । स्वदेशी उत्पादन भएको खाद्य पदार्थलाई प्राथमिक्ता दिनुपर्छ । बाहिरबाट खाद्य पदार्थ ल्याउनलाई रोक लगाउनु पर्छ । औद्योगिक क्षेत्र भए पनि काम भने कही कतै युवाले पाएको अवस्था छैन । जबसम्म खाद्य पदार्थमा आत्म निर्भर बन्न सकिदैन । तबसम्म देशको विकास हुन सक्दैन । साना व्यपारीहरु पनि मारमा परेको छन् । व्यापारमा उधारोे नदिए व्यापार नै चल्दैन । उधारो दिदाँ पैसा असुल्न नै गाह्रो छ । सरकारले कुनै नीति, कानून बनाएको छैन । कृषिमा, पर्यटनमा सरकारले बजेट छुट्याएको छ । त्यो राम्रो पक्ष हो । पर्यटनको क्षेत्रमा पर्यटक भित्र्याउन नसकेसम्म खासै अर्थ रहन्न । नेपाल प्राकृतिक सम्पदाले सम्पन्न मुलुकका आर्थिक स्रोत बढाउन पर्यटन प्रवद्र्धन गर्नु पर्छ । स्वास्थ्य क्षेत्रमा जनताले अझै पनि सुविधा पाइराखेका छैनन् । संघीय अस्पताल नारायणीमा अझै चुस्त सेवा पाउन गाह्रो छ । समग्रमा भन्नु पर्दा सर्वसाधारण महङ्गो शुल्क तिरेर नीजि अस्पतालमा सेवा लिन बाध्य छन् ।
संजय कुमार गुप्ता
कलैया–बारा सरकारले ल्याएको बजेट राम्रो छ । अहिलेको सरकार मिश्रित छ । अहिलेको बजेटको आकार देशको कमजोर आर्थिक स्थितिलाई सुधार्न ल्याएको जसतो लाग्छ । जनता शिक्षित छैनन् । जनता शिक्षित नभएसम्म देशको विकास हुदैन । देशकालागि जनताहरु चिन्तित छन् । तर नेताहरु चिन्तित छैनन् । सरकारले अर्थतन्त्रमा सुधार गर्नु पहिलो आवश्यक्ता छ । करको दायरा घटाउनु पर्छ । देशमा बेरोजगारको संख्या बढी छ । युवाहरु वैदेशिक रोजगारमा जानकोलागि रोक्नु पर्छ । देशमा उद्योग कारखाना खोलेर युवाहरुलाई रोजगारमा लगाउन सक्नु पर्छ । तर नेतृत्व तहका सबै जिम्मेवार व्यक्तिहरुले आर्थिक अर्थतन्त्रलाई सुधार गर्ने तर्फ खासै ध्यान दिएका छैनन् । बजेट पनि समग्रमा त्यस्तै छ ।
सुरेन्द्र पटेल
वीरगंज –१६ अहिलेको बजेट अघिल्लो वर्षको बजेट निरन्तरता भन्न पनि सकिन्न । खासै सुधार भन्न सकिन्न । धेरै प्रकारका करमा अझ भार बढाइएको छ । देशको आर्थिक अवस्था नै डामाडोल छ । सरकारले सरकारी कर्मचारीहरुलाई तलब खुवाउन सकेको छैन । सरकारी साना कर्मचारीहरुको सेवा सुविधाहरु कटौति गरेको छ । तर प्रदेशका संसद भवनका सांसद, मन्त्रीहरुको सेवा सुविधा भने कटौति गर्ने सवाल छुन पनि सकेको छैन । देशमा मंहङ्गी त्यतिकै छ । साना कर्मचारीहरुलाई मात्र मारमा परेका छन् । जनमुखी बजेट विनियोजन भएको जस्तो मलाई लागेको छैन । गरिब देश भएकाले सबैभन्दा बढी बजेट जनताको शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिक्तामा राख्नु पर्ने हो । वर्षेनी बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई खासै महत्व दिएको देखिदैन । बजेटमा उल्लेख भएको कुरा पनि व्यवहारमा आइपुग्दा खासै प्रभावकारी हुन सकेको छैन । कृषिमा बजेट विनियोजन गरे पनि किसानहरुले सरकारबाट फाइदा लिन सकेको अवस्था छैन ।
उमा मिश्रा (उप–प्राध्यापक )
ठाकुरराम बहुमुखी क्याम्पस वीरगंज, पर्सा अघिल्लो वर्षको बजेटको तुलनामा सानो आकारको बजेट भए पनि केही परिमार्जित भएको छ । अघिल्लो वर्षमा अनावश्यक रुपमा विभिन्न शिर्षकमा ल्याएको बजेटलाई कटौति गरेको छ । अहिलेको मंहङ्गीको समयमा तलब नबढाए पनि खाइपाइ आएको भत्ता पनि कटौति गरेको छ । केही फजुल खर्चहरुलाई कटौति गरेको छ । त्यो अत्यन्तै राम्रो हो । तर सांसद र मन्त्रीहरुको सेवा सुविधामा भने कटौति गर्ने आँट नगर्नु र प्रत्येक सांसदलाई ५ करोडको दरले पहिले एमाले सरकारले रोकेको बजेट समेत खुल्ला गर्नु युक्तिसंगत छैन । सरकारले देशमा भैरहेको राजस्व संकलनमा चुहावट भएको रोक्न सकेको छैन । प्रधानमन्त्री रोजगार कोषमा बजेट विनियोजन गरेको छ । तर त्यो रकम कुनै एउटा उद्योग खोल्नको लागि हरेक वर्ष लगानी गर्ने हो भने युवाहरु रोजगारको लागि विदेश पलाएन हुनु पर्ने थिएन । सरकारले सर्वसाधरण व्यक्तिहरुको लागि कर तिर्नको लागि दवाब आएको हुन्छ । तर ठूलाठूला उद्योगहरुको धेरै राजस्व लिन बाँकी हुदाँ पनि सरकारले उठाउन सकेको छैन । अबको आर्थिक वर्षको वजेट विनियोजन अनुसार कार्यन्वयनको पक्ष दरिलो भएमा मात्र अपेक्षा गरे अनुसारको फल पाइन सक्छ ।
रम्भा मिश्रा (नेतृ ने.का)अहिलेको बजेटको विषयमा भन्नुपर्दा नयाँ योजनाहरु आएको छैन । भएको योजनालाई कार्यान्वयन गर्नको लागि पहिलाकोभन्दा पनि सानो आकारमा बजेट आएको छ । भएको योजनालाई पूर्ण गर्ने रुपमा बजेट आएको छ । यो वर्षको बजेट प्रभावकारी कार्यान्वयनले प्रष्ट पार्छ । यो बजेट कार्यान्वयन गर्नका लागि अरु धेरै निकायहरु हुन्छन् । सबैले आफ्नो–आफ्नो कार्य गरिदिएमा प्रभावकारी हुन्छ । अर्थ मन्त्रालय मात्र नभएर सबै मन्त्रालयहरु, सम्बन्धित निकायका सबै अंगहरु परिचालित हुन्छन भने शिक्षा, स्वास्थ्य, महिला, युवा तथा अन्य क्षेत्रहरुमा यो बजेटले केही हद सम्म प्रभावकारीता ल्याउँछ । ठूलोठूलो हावादारीमा नबनाएर सुक्ष्म रुपमा ल्याएको बजेट हो । सबै मन्त्रालयहरुले कार्यन्वयन गर्न सकेमा यो बजेटले वर्ष भरिमा राम्रो काम गर्न सक्छ ।
अमर गौतम (प्रबन्धक)
प्रुडेन्सियल इन्स्योरेन्स क.लि.
सरकारले करको दायरा घटाउनु पर्नेमा कुनै किसिमको छुट दिएको छैन । सरकारको यो बजेटले आन्तरिक उत्पादनमा जोड दिनुपर्ने ठाउँमा विदेशी समानलाई आयात गर्नमा जोड दिएको छ । इलेक्ट्रिक सवारी साधानलाई जोड दिनु पर्नेमा पेट्रोलका सवारी साधनहरुलाई जोड दिएको छ । आफ्नो आन्तरिक स्रोतको आधारमा बजेट बनेको छैन । सहयोग गर्ने दाताले दिने अनुमानको आधारमा बजेट बनाइएको छ । हाम्रो आर्थिक वृद्धि लक्ष्य २ प्रतिशत पनि छैन भने बजेटमा ६ प्रतिशतको अनुमान गरेर बजेट विनियोजन गरेको छ । अहिले काल्पनिक बजेट ल्याएको छ । भोलीका दिनमा बाहिर दाताबाट अपेक्षा गरे अनुरुप रकम नआए अहिलेको बजेट शिर्षकमा मात्र सिमित हुने पक्का छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो