१) तपाई वाणिज्य संकायको विद्यार्थी शिक्षा क्षेत्रतर्फ कसरी आकर्षित हुनु भयो ?
अहिलेका बच्चाहरु सानै उमेरदेखि सोच्न थाल्छन् । म भोली गएर डाक्टर, इन्जिनियर, पाइलट, नर्स, शिक्षक के बन्ने वा अन्य पेशामा लाग्ने भन्ने बिषयमा । तर हाम्रो समयमा यस्तो थिएन । भोलीको दिनमा पढेर के बन्ने सानैदेखि लक्ष्य लिएर पढने बानीको खासै पहिले विकास थिएन । साथी संगत अनुसार पढ्दै जाने चलन थियो । पछि जुन पेशा राम्रो लाग्छ त्यतै लाग्ने गरियो । मैले प्लस टु गरिसकेपछि अंकलले स्कूल खोल्नु भयो र उहाँले मलाई भन्नु भयो कि तिमी किन घरमा यतिकै बस्छौं । यहाँ आएर पढाउ । मलाई अंकलले राम्रै भन्नु भयो जस्तो लाग्यो । यतिकै घरमा बसेर समय बिताउनुभन्दा स्कूलमा जादाँ केही सिक्ने मौका पनि पाइन्छ भनेर स्कूलमा नै आवद्ध भए । पछि यसैमा मलाई मन लाग्दै गयो लगाव यतै बढ्यो । बच्चासंगै समय बिताउँदा यो पेशा राम्रो लाग्छ । टिचिङ्ग पेशा भनेको जसको लागि हरेक दिन नयाँ हुन्छ । लगाव भएकै कारण १ वर्षे वि.एड गरेर यही पेशालाई निरन्तरता दिदैछु ।
२) सुरुवातको समयमा कतिजना विद्यार्थीबाट विद्यालय संचालन गर्नु भएको हो ?
सुरुवातमा स्कूल संचालन गर्दा १० जना बच्चाबाट विद्यालय संचालन गरेको हो । मेरो लागि १०० जना बच्चा बराबरकै थियो । अहिले लगभग १०० जना बच्चाहरु छन् ।
३) अभिभावकहरुले तपाईकै विद्यालय चाही किन रोज्ने क?
विद्यालय त सबैले राम्रै गर्छु भनेर खोलेका हुन्छन् । तर मैले दिनु पर्ने गुणस्तरीय शिक्षा, अनुशासन, सानो बच्चालाई चाहिने माया भनेको नै स्याहार–सुसार हो । सानो बच्चालाई गर्ने हेरविचार, स्वास्थ्य खाना, राम्रो वातावरण मुल कुरा हो । यो सबै हामी ध्यान दिएर गर्छौं । बच्चाहरुको अभिभावकलाई चित्त बुझाएर मात्र इडु केयर किड्समा आउने वातावरण हामीले दिन सके पछि अभिभावकहरुको रोजाइमा हामी पर्न सक्छौं नि ।
४) यहाँको विद्यालयको शुल्क चाही कत्तिको चर्को छ ?
हाम्रो विद्यालयमा अढाइ बर्षका माथिका नानीहरु राख्छांै । अरु स्कूलको तुलनामा शुल्क मिनिमम छ । सबैको एकैनासको शुल्क छ । गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै हेरविचारमा पनि हामी ध्यान दिन्छौं । यो हाम्रो बिशेषता पनि हो ।
५) विद्यालय संचालकहरुले त मेरो अरुकोभन्दा राम्रो भन्छन् नै । तर अभिभावकहरु चाही कतिको सन्तुष्ट हुनुहुन्छ ?
अहिलेसम्म हाम्रो अभिभावकहरु सन्तुष्ट नै हुनुहुन्छ जस्तो लाग्छ । जुन हिसाबले उहाँहरुले हामीलाई सपोर्ट गर्दै आउनु भएको छ । यो सकारात्मक कदम नै मान्नु पर्छ ।
६) वीरगंजको शिक्षाको अवस्था कमजोर छ भनेर बजारमा हल्ला छ । तपाईको विद्यालयले दिएको सेवामा चाही प्रश्न उठेको छैन ?
पहिलाकोभन्दा अहिले वीरगंजको शिक्षाको अवस्था सुधार भइरहेको छ । हाम्रो दिमागमा के छ भने हामी परम्परागत तरिकाले पढेर आएका हौ । अहिले भनेको प्रयोगात्मक शिक्षाको कुरा बढि उठिरहेको छ । त्यसमा थोरै भिन्नता हुन्छ नै । पहिला र अहिले फरक त छ । हामी बुझ्न नसकेर त्यो कुरालाई स्वीकारेको हुदैनांै । तर यसो भन्दैमा वीरगन्जको शिक्षाको अवस्था नै खस्केको भन्न मिल्दैन । सुधार त हुदैछ । बाँकी रह्यो हाम्रो कुरा हाम्रो विद्यालय उच्च तहको नभएर आधार तहको भएको कारण हाम्रो सेवा विवाद रहित नै छ भन्नु पर्छ ।
७) अहिलेसम्म अभिभावकको गुनासो कत्तिको आएको छ ?
त्यस्तो त अभिभावकबाट हाम्रोमा खासै गुनासो आएको छैन । अभिभावकबाट पूर्ण रुपमा सर्पोट नै छ । अहिलेसम्म राम्रोको नै सज्ञां दिइरहनु भइरहेको छ । यसमा हामीलाई गर्व पनि महसुस भइरहेको छ ।
८) अभिभावकले समयमा शुल्क नदिने, भर्नाको समयमा अरु विद्यालयमा बच्चा लाने भन्ने सुनिन्छ नि ? तपाईहरुको हकमा चाही के छ ?
यो समस्या सबैतिर छ । पहिला हेरेर अहिले स्कूलहरुले पनि एक अर्कालाई सपोर्ट गरिरहनु हुदैँछ । यसमा हामीलाई फोन पनि गरिदिनु हुन्छ । यसमा हामीहरु एक अर्कालाई सहकार्य गरेर हिडिँरहेका छौं । अभिभावक स्वय्मले बुझिदिनु पनि पर्छ । हामीकहाँ पनि अलिअलि यस्तो समस्या नआउने होइन । तर त्यो समस्या किनारा लगाउन हामीलाई गाह्रो भएको पनि छैन ।
९) अहिले यहाँलाई विद्यालय संचालन गर्दा के–कस्तो चुनौती खेप्नु परेको छ ?
कोरोनाकालमा हामी भर्खर विद्यालय खोलेर संचालनमा थियौं । त्यही समयमा हामीले स्कूल खोलेका हांै । समय विस्तारै पार गर्दै यहाँसम्म आइपुगेका छौं । हामीले कोभिड कालमा के सिक्यौं भने त्यस्तो समस्या पनि आउँदो रहेछ र यदि हामी पुरानो भएको भए यस्तो समस्या आउँदा पनि ठुलो समस्या हुदैँन थियो । तर हामी भर्खर यो फिल्डमा आएका थियौ । त्यसैले हाम्रो लागि ठूलै समस्या भयो । सयमले एकै पटक धेरै कुरा पनि सिकायो ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो