राज्यको उत्पतिदेखि नै राजतन्त्रको निरन्तरता रहेको नेपालमा २०६३ को जनआन्दोलनको सफलता पछि क्रम भंग भयो । शाह वंशीय राजा वीरेन्द्रको वंशनाश (नारायणहिटी राजपरिवार हत्याकाण्ड) पछि राजा भएका श्री–५ ज्ञानेन्द्र अपदस्थ भए । गणतन्त्र राष्ट्रपति सहितको संसदको स्थापना भयो । सघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान वन्यो ।
गणतन्त्र ल्याउनमा १५ हजार नेपाली आमाका छोराछोरीले वलिदान गरेका थिए । राजतन्त्र ढाल्नु नै गणतन्त्र हो भन्ने पनि भेटिए । गणतन्त्रवादी, लोकतन्त्रवादी, सघीयवादी, संसदवादी, पूँजीवादी दलालहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको उपक्षा गरे पनि जनस्तरमा सम्पुर्ण राष्ट्रवादी शक्तिहरुले देशैभर पुस २६ गते एकता दिवस तथा २९६ औं पृथ्वी जयन्ती मनाएर उच्च सम्मान दिएका छन् । जनआन्दोलनमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सबै ठाउँमा शालिक तोडियो, ढालियो । हिजोआज अपदस्थ राजा ज्ञानेन्द्र लाई पनि देशका धेरै भागमा ‘ राजा आउ, देश बचाउ’ भन्ने नारा लाग्न थालेका छन् । नेपाली जनताहरुका वीच निर्भयका साथ घुमिरहेका पनि छन् ।
तर माओवादी जनयुद्धका नायक जनआन्दोलनका नायकहरु तीन तहको सुरक्षा घेरा भित्र भयभित र त्रसित भएर कम मात्रमा घुमिरहेका छन ।
२०६३ को जनआन्दोलन अधुरो, अपुरो र अन्यायपुर्ण रहेको देखियो । यसले देश र जनताको आवश्यकताको संवोधन गर्न सकेन । जनताको इच्छा आकांक्षा माथि आघात पु¥याएकोले अपुरो र अधुरो रहेको क्रान्तिलाई सम्पुर्ण रुपमा सम्पन्न गर्न भन्दै नेकपा माओवादीकै आवरणमा ‘एकिकृत जन क्रान्ति’ को हल्ला चलेको छ । देशमा सबै जातिय सकंट, राजनीतिक सकंट, राजनीति असन्तुल्नको स्थिति पैदा भएको छ । दुइतिहाई वहुमतको वामपथी सरकार जनताद्धारा तिरष्कृत र वहिष्कृत हुदै जानु विडम्बना हुन्छ । संकिणता, पूर्वाग्रह दम्भ, अवसरवाद जस्ता विशेषताले कठीन परिस्थिति नमिम्त्याउला भन्न सकिन्न । अधिनायकवाद र तानाशाही कायम गरेर सरकार र संसद चलायन हुन खोजेको छ । राजनिति विचार र व्यवहार चरित्र र अनुशासन पार्टीका नेताहरुको सहि नभएको कारण घृणित राजनीति खेल र कुशासन व्यवस्था कायम हुन पुगेको जस्तो देखिन्छ । यसले कुनै पनि वेला राजनीति दूर्घटना नहोला भन्न सकिन्न ।
राष्ट्रिय राजनीति सहमति वेगरको शासन पद्धति अब चल्न पनि सक्दैन । नेपाल यतिखेर शासन व्यवस्थाको अभ्यासस्थ बनेको छ । जसले नेपाली जनताको मन जित्छ, नेपाल र नेपालीको सर्वोत्तम हित गर्न सक्दछ, । जसले विदेशी हस्तक्षेपलाई निस्तेज गर्न सक्दछ , त्यहि जनशक्तिले शासन गर्दछ । सिंगो देश सरकारी संचत्र सेवा, प्रहरी, कर्मचारी न्यायलय सबै यतिखेर असहयोगी वनेर विकल्पको खोजीमा छन् । राष्ट्रिय एकता भंग भएको छ । देशको शक्ति कमजोर र असफल वन्दै गइरहेको छ । नेपाली जनताले सरकार रहोस वा नरहोस , व्यवस्था रहोस वा नरहोस राष्ट्रले व्यवस्था र सरकारको अव्यवहारिक र अवैज्ञानिक र्काय भने रुचाउँदैनन । राजनीतिक निर्णयक शक्ति, परिवर्तनका सेवाहरु शक्ति भनेका सार्वभौम नेपाली जनता हुन ।
नेपाली जनता जुनसुकै हालतमा राष्ट्रघात, भ्रष्टाचार, तस्करी, दलाली, ढिलासुस्ती, अन्याय,अत्याचार गर्नेहरुका विरुद्धमा हुन्छन । अनुकुल सकरात्मक वातावरण वन्ना साथ र्वतमान व्यवस्था र सरकारलाई मरेको वाखा्रलाई जुम्राले पनि छाडे झै छाडने छन । सता परिवर्तन जनताले गर्ने हो । यो असमभव हुँदैन । राष्ट्र निर्माता आदर्श व्यक्तित्व पृथ्वी नारायण शाहको उपेक्षा गर्ने शासन व्यवस्था र सरकार टिक्न सक्दैन । राष्ट्रवाद विना कुनैवाद चल्दैन । नेपाली रष्ट्रियवादको आधा शक्ति भनेका पृथ्वी नारायण शाह नै हुन । उनको दिव्यो पदेश नेपाली राष्ट्रवादको मेरुदण्ड हो । नेपाली राष्ट्रवादलाई उपेक्षा गरेर विदेशीवादको बैशाखी टेकेर नेपाली जानतालाई परिवर्तन र विकासको प्रतिफल बाँडन सकिन्छ भनेर सोच्नु मुर्खता हो । दाजु भाईलाई वाँदरले सेलरोटी भाग लगाएको नीति कथा जस्तो मात्रै हो ।
विदेशी लगानी वडाएर नेपाललाई पर निर्भर बनाएर नेपाल र नेपालीले कुनै प्रतिफल पाउन सक्दैनन् । आफु शासन सत्तमा टिक्न विदेशीको सेवा दलालि र विदेशी स्वार्थको रक्षा गर्न नसक्नु दरिद्र र पाजित मानिसकता हो । गुटगत स्वार्थ , व्यक्तिगत स्वार्थलाई राजनितीक मान्न सकिदैन । यस्तो अवसवादी निष्कृष्ठ राजनितीक खेले निस्चित रुपमा नेपाल र नेपाली जनतालाई दीर्घकालीन हानि र कुप्रभाव परिसकेको छ ।
राजा पृथवी नारायण शाहको राजनितीक, आर्थिक,सामरिक, धार्मिक र साँसकृतिक चिन्ता अहिलेका संसदवादी नेताहरुको चिन्तनभन्दा निकै उतकृष्ट थियो । त्यसैले पृथ्वी नारायण शाह राष्ट्रका धुकधुकी भएकाले नेपाली राष्ट्रिय झण्डामा अंकित चन्द्र र सूर्य यस संसारमा उदाउने र अस्ताउने क्रम रहेसम्म नेपाल र नेपालीको अस्तितव कायम रहेसम्म नेपाली माटो र नेपालीको मनले राष्ट्रिय निर्माण, राष्ट्रिय एकिकरणकर्ता पृथ्वी नारायण शाहको सम्मान र सम्झना गरिरहेको हुन्छ । जसले पृथ्वी नारायणको योगदान र दिव्यो पदेशको रक्षा गर्छ उसको नेतृत्व र शासनसन्ता दिगो हुन्छ र नेपाल र नेपालीको सर्वाङ्गिण विकास र सर्वोत्तम हितका लागि फराकिलो राजनितीक दलहरुको नेताहरुको पेसा र सताको तुच्छ मानसिक्ता विदेशी स्र्वाथको रक्षा गर्ने कार्ययोजनाले नेपाललाई विलय गराउने, नेपालीलाई विखण्डन गराउने उपलब्धि बाहेक केहि दिन सकदैन । नेपाली जनताहरुले वर्तमान शासन सत्ता, व्यवस्था नेताहरुको कलुषित भावनाको अन्तिम उदेश्य बुझिसकेका छन ।
स्थानियको शासन ब्यवस्था सरकार र खराव प्रवृत्तिका पाटिका नेताहरुले विरुद्ध क्रान्ति गरी सफलता हात पार्न तयार छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अव राष्ट्रवादी सम्पूर्ण क्रान्ति दिवसमा परिणत हुन पनि सक्दछ । एसिया प्यासिक समिट २०७५ नेपालको आयोजना र म्याड मनले पिलाएको होली वाइन पछि नेपालका सत्ताधारीहरुको मति र बुद्धि झन विलयको बाटोमा नजाला भन्न सकिन्न ।