चर्च ब्वाइज युनाइटेड सी डिभिजन छनोटदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्दै इतिहास रच्ने दोस्रो टिम बनेको छ ।
मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले लिगको एक खेल अगावै उपाधि जितेको हो ।
यसअघि मनाङ मस्र्याङ्दी क्लबले डी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर इतिहास बनाएको थियो । २०३९ देखि २०४३ सालसम्म मानङ डी, सी, बी र ए डिभिजन च्याम्पियन बनेको थियो ।
मनाङको कीर्तिमान बराबर गरेको चर्च ब्वाइज २०६६ सालमा स्थापना भएको क्लब हो ।सी डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल भएको यो टिमले २०७६ सालमा सी डिभिजन छनोटको उपाधि जितेको थियो ।
२०७७ मा सी डिभिजन, २०७८ मा बी डिभिजनको उपाधि जितेको यो टिमले यस सिजन ए डिभिजन लिगको उपाधि जितेको हो । यसपल्ट उसले लगातार दुईपल्टको साविक विजेता मछिन्द्रलाई पछि पारेर उपाधि जितेको हो ।
मंगलबारको खेलमा बराबरीपछि डवल राउण्ड रोविन प्रणालीमा सञ्चालित लिगमा चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाएको छ । २ खेल खेल्न बाँकी मछिन्द्रको ३९ अंक छ ।
मछिन्द्रले बाँकी दुई खेल जितेमा र चर्च ब्वाइजले लिगको अन्तिम खेलमा जावलाखेल युथसँग पराजित भए पनि उपाधिमा असर गर्ने छैन । किनभने चर्च ब्वाइज हेड टू हेडमा मछिन्द्रभन्दा अगाडि छ ।
चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ हारको नतिजा निकालेको छ । १९ फागुनदेखि सुरु भएको लिगमा छैटौं चरणको खेलपछि प्रशिक्षक प्रदीप हुमागाईंले वर्क परमिटको समस्याका कारण राजीनामा दिएका थिए ।
आठौं चरणको खेलदेखि बालगोपाल महर्जनले टिमको प्रशिक्षण सम्हालेका थिए ।
चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारको २९ अंक भएको छ र उ पुछारबाट तेस्रो स्थानमा छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो