वीरगञ्जस्थित बालसुधार गृहमा रहेका थुनुवा बालकहरुले सास्ती खेप्नु परेको गुनासो आएपछि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहीबार बाल सुधारगृहमा अनुगमन तथा निरीक्षण गरेका छन् ।
वीरगञ्जमा बिहीबार इन्सेकले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले वीरगञ्जस्थित बाल सुधारगृहमा रहेका बालकहरुले सास्ती खेप्नुपरेको गुनासो गरेका थिए । गुनासो सुनेलगत्तै कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारीले बालसुधार गृहमा पुगेर अनुगमन तथा निरिक्षण समेत गरेका हुन् ।
अनुगमन तथा निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीलाई बालसुधार गृहका निमित्त प्रमुख कृष्ण साह गोढले शौचालय, सुत्ने कोठा लगायत पर्याप्त संरचनाको अभावमा गर्मीमा बालकहरुले झेल्नुपरेको समस्याहरुबारे जानकारी दिए ।
साहकाअनुसार बालसुधार गृहको कूल क्षमता ५० जनाको मात्र हो । तर अहिले बालसुधार गृहमा क्षमता भन्दा तीनगुणा अर्थात १ सय २८ जना थुनुवा बालकहरुलाई राखिएको छ । बालसुधार गृहको एउटा कोठामा २० जनासम्म बालकहरुलाई राख्नु पर्ने बाध्यता रहेको साहले बताए ।
उनले भने, ‘बालबालिका सम्बन्धित मुद्धामा १ सय २० दिनमा फैसला हुनु पर्नेमा वीरगञ्जको बालसुधार गृहमा रहेका बालकहरुको हकमा भने बकपत्र र पेशीसमेत नहुँदा कारागार पठाउने उमेर पुगेका युवार किशोरहरुलाई समेत राख्नु परेको छ । यसले झन् समस्या भएको छ । यहाँ राखिएका बालकहरुको संख्याको अनुपातमा भौतिक संरचनाको अभाव छ, कोठाहरु साँघुरा छन्, शौचालयपनि अप्रयाप्त नै छ ।’
अनुगनमका क्रममा प्रजिअ रेग्मीलाई साहले बालसुधार गृहमा राखिने बालकले जनही कारागार नियमावलीले तोकेको दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ पाउँदै आएको र बालसुधार गृहमा हाल एक जना स्टाप नर्स कार्यरत रहेको पनि कार्यालयका निमित्त प्रमुख साहले जानकारी दिएका छन् ।
अनुगमनका क्रममा रहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले बालसुधार गृहमा भएको अभाव र अपर्याप्त संरचनाको व्यवस्थापनका लागि सम्बन्धित स्थानीय निकाय वीरगञ्ज महानगरपालिकामा पहल गर्ने तसल्ली दिए । उनले भने, ‘सङ्घीय सरकारको निकायमा पनि यसबारे जानकारी गराइसकेका छौं, समस्या समाधान गर्ने पहल भईरहेको छ ।’
वीरगञ्जको बालसुधार गृहमा सबैभन्दा धेरै जबरजस्ती करणी, लागूऔषध र चोरी डाँकाको आरोप लागेका बालकहरु छन् ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो