कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३२ स्थित घर भई वि. सं. २०४७ सालमा पिता ईब्राहिम मियाँ र माता स्वं. हफिजन मियाँको दोश्रो सन्तानको रुपमा जन्मिएकी तस्विरन खातुन हाल वीरगंज महानगर स्थित सानो पाईला बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक पदमा रहि कार्य गर्दै आईरहेकी छिन् । २०६२ सालमा ब्रम्हरुपा उच्च माध्यमिक विद्यालयबाट उ.मा वि सम्मको अध्यनन पुरा गरेकी खातुनको वाल्यअवस्था सामान्य नै रहेको बताईन। पढाईलाई निरन्तरता दिने क्रममै पृथ्वी नारायण क्यामपसबाट स्नातक सम्मको अध्ययन पूरा गरेकी उनले आफैंले केही गर्नु पर्छ भन्ने अठोटका साथ एस.एल सी उतीर्ण गरेदेखि नै काम गर्न सुरुवात गरेको उनको भनाई छ । २०७० सालमा भैरहवा निवासी असरफ अलि संग विधिवत रुपमा वैवाहिक सम्बन्धमा बाधिएकी खातुनका एक छोरा छन् । श्रीमान् हाल सानो पाईला बचत तथा ऋण सहकारी संस्था वीरगंजमै कार्यान्वयन अधिकारीका रुपमा कार्यरत छन् ।
२०७१ सालमा सहायक पदमा नियुक्त भई कार्य गर्दै आएकी र हाल २०७३ देखि प्रबन्धक को कार्यभार सम्हाली रहेकी उनै खातुन संग सहकारी संस्थाको महत्व, चुनौती, र अवसरका बारेमा मध्य नेपाल सन्देश पत्रीकाको लागि गरिएको कुराकानी
१) वर्तमान समयमा पर्सा जिल्लाको सहकारी संस्थाहरुको अवस्था कस्तो पाउँनु भएको छ ?
वीरगंजमा रहेका सहकारी संस्थाहरुको अवस्था एकदमै दयनिय छ । नेपाल कै सन्दर्भमा भन्नु पर्दा सबै भन्दा बढी काठमाण्डौ त्यस पछिको वीरगंज मानिन्छ । पर्सा जिल्लामा ६०० भन्दा बढी सहकारी संस्थाहरु छन् जसमध्य सक्रिय भएर कार्य संचालन गर्ने एकदमै कम छन् ।
२) सहकारी संस्थाका वर्तमान चुनौति के के हुन् ?
सहकारी सहकार्यमा चल्ने संस्था हो । एउटा टिम बाट संचालन हुने हो तर अहिले अध्यक्ष बुवा, उपाध्यक्ष आमा राखेर घरकै परिवारबाट सहकारी संचालन गर्ने चल्न मौलाएको छ । निर्णय एकजना कै चल्ने नामको लागि राख्ने गरिन्छ तर भोलिको दिनमा केही तह माथि भयो लगानी डुब्यो भने भाग्नु बाहेकको अरु विकल्प नै हुदैन ।
३) स्थानीय सरकारले सहकारी संस्थाहरुले के कस्ता सेवासुविधा प्रवाह गरिरहेको छ ?
पहिला नै ठिक थियो स्थानीय तहको निर्माण पछि थुप्रै निकायहरु स्थानीय तहमा गाभिएको छ । त्यो मध्य सहकारी पनि पर्छ । डिभिजन सहकारी नामक छुट्टै कार्यालय थियो जस्ले जेन तेन सहकारीहरुको निगरानी भईरहेको थियो । तर जब स्थानीय तहमा सबै हस्तानतरण गरियो । अहिले सबै लथालिङ्ग छ । एउटा सानो कोठामा सहकारी मात्रै नभएर सामाजिक विकास शाखा समेत राखिएको छ । त्यो सानो कोठाको दुईवटा टेबल बाट ६०० वटा सहकारीहरुको निगरानी कसरी हुन्छ होला ? अब आगामि दिनमा के होला त्यो मलाई थाहा छैन । तर पहिला भन्दा अहिले नीति नियममा परिवर्तन भएपनि कार्यान्वयनमा ल्याउन सकिएको छैन् ।
४) सरकारले कस्तो नीती ल्याउँदा सहकारीलाई सहकार्य गरि संचालन गर्न सकिन्छ जस्तो लाग्छ ?
सहकारी संघ, छाता संगठनहरुको स्थापना भएको छ । प्राय सहकारी संस्थाहरु त्यसमा आबद्ध छन् । तर पनि निगरानी गर्ने संस्था नै फितलो छ । सहकारी संस्थाहरुको संरक्षण र सम्बद्धनका लागि एउटा चिया छान्नेमा राखेर छानेको जस्तै सहकारीहरु छान्नु छानी बंैकहरु मर्च भए जसरी नै सहकारीहरु मर्च गराउनु पर्छ । संख्यात्मक भन्दा पनि गुणात्मक सहकारीहरु हुनु पर्छ । हाल नेपालमा ४० हजार माथिको हाराहारीमा सहकारीहरु छन् । त्यसलाई निगरानी गर्न सकिदैन भने सहकारीहरुको संख्यालाई मर्च गर्ने, गर्न नमान्नेलाई खारेज गर्ने नीति सरकारले ल्याउन पर्छ ।
५) महिला भएर यहाँ सम्म आईपुगदा घरपरिवारको कत्तिको साथ सहयोग पाउँनु भयो ?
त्यसै पनि हाम्रो समाजमा महिला अगाडी बढ्दा खुट्टा तान्ने प्रवृती पुरानै हो । तर आफूमा आत्मबल छ भने जस्तो सुकै चुनौतिको पनि समान गर्न सकिन्छ । विहे भएर आईसकेपछि कामको लागि बाहीर जान्छु भन्दा पढे लेखेको बुहारी आई छोरालाई पनि लिएर गई । आफूत गई समाजलाई पनि विगारी भन्ने आलोचना गर्ने समाज थियो जुन समाजमा बुहारी बाहिर निस्कनु विल्कुलै नयाँ कुरा थियो । तर अहिले त्यही समाजले बुहारीले पनि गर्न सक्छन् भन्ने उदाहरण दिदाँ मेरो नाम दिएर गर्छन ।
६) कस्को प्रेरणाले तपाई यस पेशामा आवद्ध हुनुभयो ?
२०६२ मा एस.एल.सी दिएपछि केही गर्नुपर्छ भन्ने भावना थियो । त्यसमा मेरो परिवार त्यति सम्पन्न थिएन् । जुन परिवार सम्पन्न हुन्छ । त्यस परिवारका छोराछोरीमा जीम्मेवारी पनि कम हुन्छ । सायद मेरो परिवार विपन्न भएकोले गर्दा पनि म माथि बढी जिम्मेवारी थपिएको होला । २०६३ देखि २०६५ सम्ममा मैले १० ठाँउमा काम गरे होला । तर २०६५ बाट जब मैले सहकारीमा बजारप्रतिनीधिको पदमा काम गरे मलाई सहकारी मन पर्न थाल्यो । किनभने मैले दुईचार जना यस्तो व्यक्तिहरु देखे जस्लाई सहकारीले सहयोग गरेर माथि उठेको, व्यापारी , उद्यमी, जती बुज्दै गए त्यति नै मलाई सहकारी क्षेत्र राम्रो लाग्दै गयो । २०६५ देखी २०७५ सालसम्म काम गर्दा कनिष्ठ सहायक देखी म्यानेजर सम्म पुगे ।
७) यसरी निणायक तहमा कार्य गर्दा पुरुष र महिलामा के फरक पाउँनु भएको छ ?
सकभर सबैको मन राखेर काम गर्ने कोशिस गरेको छु । तर काम गर्ने क्रममा नेतृत्वमा बसेपछि केही न केहि असजिला पक्षहरु त आउछन नै । सबैको इच्छा एकै चोटी पुरा गर्न नसकिएला । तर निरन्तर रुपमा काम गर्दै अनुभव हाँसिल गर्दै जँंदा त्यसबाट अनुभव र ज्ञान प्राप्त हुन्छ र भविष्यमा नेतृत्व बहन गर्ने क्षमताको विकास हुन्छ भन्नेमा म विश्वस्त छु । फिल्टर भएर नै भित्र आउँछन् तर अगाडि राम्रै भने पनि महिला त हो नि भन्ने मानसिक्ता हुदो रहेछ । सुरुमा कतिले कारोबार नगर्ने एउटा गुडा गर्दीको तरिकाले यति ऋण दिनु प¥यो भन्ने नाई भन्दा ठाउँ ठेगाना पुरा सोधिएछ सायद मेरो ठाउँमा कुनै पुरुष भएको भए त्यस्तो हुदैन थियो । गाहृो छ म मेरो परिवारसंग छु । त्यति फिल हुन पाउँदैन। अहिले पनि २ जना महिला नै बजार प्रतिनिधिको रुपमा कार्य गरिरहेका छन कुनै कुनै दिन उनिहरु रोएको पनि छन् बजारमा जिस्काए खातावाली भने भन्ने गुनासोहरु गर्छन पुरुष लाई भन्दा महिलालाई कार्य गर्न अझै पनि समाजमा चनौति नै छ हेर्ने दृष्टिकोण पनि धेरै नै फरक छ र गर्ने ब्ययवहार पनि ।
८) यसै व्यवसायमा कार्य गर्न चाहाने महिलाहरुलाई तपाई के भन्न चाहानु हुन्छ ?
जराबाट जो मजबुत भएर आएको हुन्छ त्यसलाई हल्लाउन सकिदैन भन्ने मेरो मान्यता छ । अहिले पनि मैले महिलालाई नै विशेष ग्राहयता दिने गरेको छु । त्यसको पछाडिको कारण भनेकै महिला कमजोर छैनन चाहे भने गर्न सक्छन भन्ने हो । केही जीम्मेवारी दिए उनीहरुले गर्छन । तर एउटा दुर्भाग्य भनौ या कमजोरी । महिलाले काम गर्नै चाहादैनन् । उनीहरुमा उत्साह नै छैन । काम गर्न चाहेपनि उनीहरु पद खोज्छन , म बजार प्रतिधिबाट गए भने मैले आफ्नो बेग्लै पहिचान बनाउन सक्छु मैले पनि बजारको स्थीति बुझ्न सक्छु भोलिका दिनमा गएर निर्णय भूमिका लिन सक्छु भन्ने जागरुकता छैन् ।
त्यसैले आज एक पाइला हिड्न डराउनु भयो भने भोलीको हजार पाइलको बाटो हिडेर जुन सफलता पाइन्छ त्यो सपनामा नै सिमित रहन्छ । भोलि आफु राम्रो पदमा हुने सपना सोच्नु भएको छ भने त्यो सपना साकार पार्न तपाई अगाडि बढेर चुनैतिको सामना गर्न तयार हुन प¥यो अनि मात्रै सफलता पाईन्छ ।