दाइजोलाई लिएर सर्लाहीका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ३ स्थित फरहदवा र वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो।
वडा नम्बर ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जनाएका छन्।
सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट एक लाख रुपैयाँ नल्याएको भन्दै पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको र यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समयअगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताइन्।
ईदाका बुबा मन्सुर साह फकिरले अब्दुल र उनका परिवारले ईदालाई पटक–पटक शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाएका छन्।
‘इदाका पाँच वर्षे छोरा कमलेनले भनेपछि मात्रै हत्या भएको थाहा भयो, शव हेर्न जाँदा ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो,’ बुबा साहले जनाए।
कुटपिटपछि मृत्यु भएकी ईदालाई झुण्ड्याइएको थियो। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। ईदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा लगिएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एकजनाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। सोही स्थानमा बस्ने अन्दाजी ४५ वर्षीया इन्द्रकलादेवी साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीको भनाइ छ।
दाइजोको विषयमा विवाद हुँदा श्रीमानको कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र केही समयपछि उनको मृत्यु भएको थियो।
इन्द्रकलादेवीको शवलाई लखन्देही नदीमा दाहसंस्कार गर्न लगिएको खबर पाए पश्चात जल्दै गरेको अवस्थामा शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले बताएका छन्।
‘लालबन्दी र हरिवनको सिमानामा रहेको लखन्देही नदीमा जल्दै गरेको चिताबाट शवलाई नियन्त्रणमा लिई आधा जलेको शरीर बरामद गरी पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल सर्लाही पठाइएको पञ्जियारले जानकारी दिए ।
इन्द्रकलादेवीका श्रीमान राजाराम घटना भएकै दिनदेखि सम्पर्कहिन छन्। शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाई प्रहरीले नियन्त्रणमा राखेको छ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो