एक–डेड हप्ताबाट बढेको अत्यधिक गर्मीको कारण मध्य तराईको पर्सा, बारा, रौतहट लगायतका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । बिहानैदेखि लाग्ने चर्को घाम तथा बहने तातो हावाका कारण जनजीवन थप कष्टकर बन्दै गएको हो ।
गर्मी बढ्दै जाँदा पर्साको सदरमुकाम वीरगंज, बाराको कलैया, रौतहटको गौर बजार जस्तो सर्वसाधारणको बढि जनघनत्व भएका ठाउँमा समेत सर्वसाधारणको चहल पहलमा कमी देखिन थालेको छ । बिहानैदेखि लाग्ने चर्को घाम र तातो हावाका कारण घरबाट बाहिर निस्कन सर्वसधारणलाई सकस भइरहेको छ । तराई जिल्लाका सरकारी कार्यालयहरुमा विगतको तुलनामा एक्कासी बढेको गर्मीसँगै सेवाग्राहीहरुको संख्या पनि पातलिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाए । सेवा प्रदायक कार्यालयमा टाढा टाढाबाट आउने सेवाग्राहीहरु चर्को घाम र प्रचण्ड गर्मीका कारण सेवा लिन भन्दा पनि शितलता खोजेर ज्यान बचाउन तल्लिन छन् । फलतः सरकारी सेवा प्रदायक कार्यालयहरुमा सेवाग्राहीहरुको संख्या पनि पातलिएको हो ।
केहि सातादेखि बढेको गर्मि तथा सुख्खा यामका कारण बारा, पर्सा, रौतहट गरी ढेड दर्जन बढी घरमा आगलागीका घटना समेत भइसकेको संघीय प्रहरी ईकाई कार्यालय नारायणी वीरगंजले जनाएको छ । गर्मीका कारण बढी पसिना बगेर शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने, झाडा पखाला लाग्ने, रिंगटा लाग्ने जस्ता लक्षणहरु बढी देखा पर्न थालेको नारायणी अस्पतालका फिजिसियन डा. निरज सिंहले बताए । चिकित्सक सिंहका अनुसार अहिले ज्वरो, झाडापखाला, टाईफाईड जस्ता विरामीले अस्पतालको वार्डदेखि ओपडी डिपार्टमा समेत बिरामीले भरिभराउन हुन थालेको उनको तर्क छ ।
विहानको खाना दिउसो खादाँ फुड प्वाइजन
पहिलाको तुलनामा अहिले विरामीको संख्या बढेको छ । यो कुरा प्रत्येक दिन २ दर्जनभन्दा बढी झाडा पखालाकै विरामीहरु आउने गरेको अस्पतालले जनाएको छ । बिरामी हुनेमा अधिकांश ८÷१० बर्ष मुनिका बालबालिकाहरु र बृद्धबृद्धाहरुको संख्या बढी रहेको अस्पतालका डा सिंहले बताए । चिकित्सकहरुका अनुसार प्रत्येक दिन बढदै गएको गर्मीको मौसमको प्रतिरोध गर्न नसक्दा बालबालिकाहरुमा झाडापखाला र ज्वरोको असर बढि देखिएको खुलेको छ । यससंगै गर्मिमा देखिने छालारोग लगायत घाउ खटिराका बिरामीहरुको चाप समेत ओ.पि.डि सेवामा बढ्ेको उनीहरुको भनाइ छ । गर्मीमा बिहानको खाना दिउसो खाँदा फूड प्वाइजन भई झाडापखाला लागेर विरामी हुने पनि अस्पतालमा बढि आउन थालेको नारायणी अस्पतालले जनाएको छ । बिहान पकाएको खाना खादाँ फुड प्वाईजन हुने भएकाले अनभिज्ञताले गर्दा पनी बिरामीहरुको संख्या बढेको छाला तथा यौनरोग विशेषज्ञ डा. सुमन प्रसादले पनि बताए । गर्मीले घाऊ खटिरा, हात खुट्टा चिलाउने जस्ता समस्याहरु पनि बढी देखिन थालेको उनको भनाइ छ ।
गर्मीमा बच्न मध्यान्हमा घाममा ननिस्कने, झोल पदार्थ खाने र राती झुल लगाएर मात्र सुत्ने गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
गर्मीले तराईको ग्रामीण भेगका किसानहरुले आफ्नो खेतहरु खनजोत गरी विऊ छर्न समेत सकेका छैनन् । सिंचाइको अभावले सुख्खा व्याडमा नै बीउ लगाउन ठिक्क पारेको ठाउँ समेत सुकेर जमिन धुलाम्मे भएपछि किसानहरु छक्क परेका छन् । खेतबारीमा काम गर्न समेत उनीहरुलाई निकै सकस भएको गुनासो गरे । सुख्खा र चर्को घामले विउ विजन छर्ने काम पनि प्रभावित हुन पुगेको उनीहरुको तर्क छ । नहर र बोरिङको सिचाइ सुविधा पनि राजनीतिक आडमा नेता, कार्यकर्ता र उनीहरुका आसेपासेले बढि पाउने गर्दा वास्तविक किसान भने राज्यको सुविधाबाट समेत वञ्चित रहेको उनीहरुको गुनासो छ । यता चैते धानमा समेत यो पटक प्रभाव पर्न थालेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रामचन्द्र प्रसाद यादवले बताए ।
गर्मी बढेकाले चिसो पेय पदार्थको विक्रि वितरण भने बढेको छ । बजारमा काक्रो, उखु, दही, लस्सी, कोलड्रिङ्ग्स, भुई कटहर, सातु लगायतको कारोबार भने बढेको माईस्थान दही भण्डारका उमेश साहले बताए । वीरगंजका विभिन्न ठाउँमा विगतका दिनहरुमा जस्तो निःशुल्क रुपमा पानी खुवाउदै आउनेको पनि केही कमी देखिएको छ । यता समर्पण सेवा संस्थाले भने विगतको निरन्तरतालाई कायम राखेको छ । अन्य व्यक्ति, निकाय र राज्यका तर्फबाट पनि सर्वसाधारणलाई खाने पानीको व्यवस्था गरिदिने हो भने केही राहत हुने बटुवाहरुको सुझाव छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो