साहिब दरबारको आयोजनामा महिला दिदी बहिनीहरुलाई लक्षित गरी शुक्रबारदेखि वीरगञ्जमा निशुल्क योग शिविर सुरु भएको छ ।
शिविरको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नुभएको हो ।
शिविरको उद्घाटन गर्नुहुँदै महानगर प्रमुख सिंहले शरिर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै शिविरमा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।
अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै उहाँले हरकोहीले योग साधनाबाट आफूलाई स्वस्थ्य राख्न सक्ने बताए ।
हरेक नागरिकलाई जरुरी सेवा उपलब्ध गराउने उद्धेश्य लिएर आफूहरुले काम गरिरहेको साहिब दरबार वीरगञ्जका अध्यक्ष उमेशलाल सहनीले जनाएका छन् ।
साहिब दरबारले योग शिविर मात्रै नभई भोली शनिबार रक्तदान कार्यक्रम पनि आयोजना गर्र्ने छन् ।
एक महिनासम्म चल्ने शिविरमा प्रतिमा सिंह र लालसा चौधरीले योग प्रशिक्षणका रुपमा रहने छन् ।
शिविर उद्घाटन कार्यक्रममा साहिब दरबारका सस्थापक सदस्य एवं समाजसेवी अन्नपूर्ण मानन्धर, वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, कार्यपालिका सदस्य खैरुद्दिन मियाँ, वडा सदस्य कलाम मियाँ संगिता दास, बर्कतुन नेसा, डा. अरुण गुप्ता, महिला नेतृ जिनु मैयाँ त्वायना लगायतको सहभागिता रहेको थियो ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो