‘दलितको नाममा पैसा आउँछ भन्छन्, सबै मिलेर खान्छन् । वीरगंज महानगरपालिका वडा नं. २१ मा रहेको दलित बस्ती सिर्सिया नदिको दुर्गन्द बाट पिडित रहेको रोशनी डोमियाले बताईन । वीरगंज–२१ स्थित परवानीपुर पुल छेउमै बसोबास गर्दै आएको रोशनी डोमिया ले बर्षो देखी नाक मुख छोपेर बस्नु परेको दुखेसो पोखीन् ।
वीरगंज महानगर तथा वडाबाट हुँ ! भनेर धेरै जनप्रतिनीधिहरुले नमस्कार समेत गर्न भ्याएका थे ! यो चिन्हमा भोट हाल्न हामीले जित्यौ भने त अब तपाईंहरु यस समस्याको हल चाडै भन्दा चाडै गर्ने छौँ आसवासन धेरैले दिए तर आएनन् । हाम्रो यो बस्तीको अवस्था जस्ताको त्यस्तै छ ।’उनीहरु जितेर गएका नेताहरुले आएर विकास नगरेको गुनासो पनि सँगसँगै गर्छन् ।
पछिल्लो समयमा दलित समुदायमा विस्तारै सचेतना बढेको त उनको कुराले पुष्टि गर्छ ।
सिर्सिया नदिको दुर्गन्दबाट हामी सबैको दैनिक जिवन धेरै कष्टकर भइरहेको छ । यसले हामी र हाम्रो बच्चाहरूको स्वास्थ्यमा पनि असर गरेको उनि भनिन्छन् । यति ठुलो महानगरको मेयर संग त के हाम्रो भेट पनि हुन्न ! हामीलाई मेयरको नम्बर पनि थाहा छैन ?हाम्रै वडाको वडा अध्यक्ष ज्यू चुनावको भोट माग्ने समयमा हजुरहरूको समस्या समाधान गर्छु भनु भा थियो तर उहाँ त्यस दिनपछि हाम्रो तिर देखा पर्नु भाको छैन , रोशनीले बताइन्।
वीरगंज महानगरपालिका वडा नं २१ स्थीत‘यति मात्र नभई हावा चल्दा त पुरै गाउँ मै बसि नसक्नु हुन्छ । पकाएको खाना समेत हामीले कति दिन खान सकेका छैनौ दुर्गन्धले गर्दा । हामी कहाँ गएर बस्ने?’ रोशनीले बताइन्।
४० घरधुरी दलित माझी मुसहर डोम समुदायका दलितहरुको जीवनस्तर अझै माथि उठ्न सकेको छैन् । वर्षौदेखि ऐलानी जग्गामा छाप्राहरु बनाएर बस्दै आएका मुसहर माझी समुदायको ठूला–ठूला माग छैनन् ।
बस्तीमा नाला छैन, चर्पी छैन, धारा छैन । समस्यै समस्या छ,’ टोलकी ६० बर्षीया जलिमा देविले भनिन्, ‘ऐलानी जग्गामा बसेका छौं, जग्गा जमिन छैन, काम पनि गतिलो छैन् । हामीहरुको लागि उचित व्यवस्था मिलाइदिनुपर्छ ।
’बच्चाहरुको शरिर भरि नै घाउँ खटिराले सधै नै सताउने गरेको उनले बताईन राम्रो संग चेकजाच गराउनको लागी हामी संग पैसा छैन । गरु त के गरु बर्षो देखी यो समस्याबाट पिडीत रहेको उनले आँखाबाट आशु खसाल्दै सुनाईन ।
उनले मलिनो अनुहार लगाउदै भनिन्, मेरो छोरी झुम्कि को पनि ७ वर्ष उमेर देखी छालामा खटिरा आएको थियो । हामीले चै साधारण घाँउ खटिरा होला कि भनेर बस्यौं । तर अहिले छोरी ११ बर्षको भै सकी उनको शरिर भरि घाउखटिरा अझै निको नभएको र शरिर भरी दागै दाग रहेको बताइन ।
त्यसै गरि ३० बर्षीय रियाको खुट्टामा घाउ खटिरा निस्केको र धेरै पटक छाला सम्बन्धि औषधि गराए केही समय निको भए झै हुन्छ तर पुन घाउ खटिरा बल्झीने गरेकाले दैनिकि जिवन निकै क्रष्टकर भइरहेको उनले बताइन्न । पैसाको अभावकै कारण आफ्नो उपचार राम्रो डाक्टर संग गराउन नपाएको भन्दै उनले दुखेसो पोखिन् ।
दिनह्ु ठूल्ठुला माल बाहक गाड्री चिल्ला कार त्यही पुल भएर आवात जावत गर्छन ।पुलको बाटो भएर रातारात कतिले महल बनाए कतिको जिवनले कोल्टे फे¥यो तर दलित बस्तीको मानिसहरुको जिवन शैलि भने जहाको त्यहि नै रहेको छ ।