गहवामाईको नव निर्मित मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा शानदार रथयात्रा निकालिने भएको छ । असार ५ गते गहवामाई मन्दिर परिसरबाट विहान ६ बजे रथयात्रा निकालिने आयोजक समितिले जानकारी दिए।
गहवामाई मन्दिर परिसमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा रथ निर्माणको काम सम्पन्न भएको र रथ यात्राको तयारीसमेत पूरा भएको आयोजक समितिले बताए । गहवामाई मन्दिर अगाडि नै निर्माण गरिएको काठको रथ आइतबार केहिछिनको लागी परीक्षण समेत गरिएको थियो ।
रथको रङ्गरोगन बाहेक निर्माणको अन्य काम पूरा भएको गहवामाई रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताएका हुन् । रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो गरी बनाइएको उनले जनाए ।
नेपाल र भारतका ख्याति प्राप्त कालीगढहरुले निर्माण गरेको हिन्दूहरुको आस्था गहवामाईको रथयात्रामा ३० देखि ३५ हजार भक्तजनहरु सहभागी हुने आशा गरिएको समितिका अध्यक्ष पोखरेलले बताउनु भयो।
कार्यक्रमलाई भब्य र सभ्य पार्न बारा, पर्सा र रौतहटका भक्तजनहरुलाई धेरै भन्दा धेरै उपस्थित भएर सोभा बढाउन पोखरेलले अनुरोध गरेका छन । गहवामाईको नवनिर्मित मन्दिरको ११ औँ वर्षको उत्सवमा पहिलोपटक रथयात्रा नकाल्न लागिएको हो । ‘अब प्रत्येक वर्ष मन्दिर स्थापना दिवसको अवसर पारेर रथयात्रा निकाल्ने हाम्रो योजना रहेको छ,’ उनले बताए ।
गहवामाईको रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग भएको छ । रथको डिजाईन र निर्माण गर्ने कारिगर भने नेपालकै हुन् । वीरगञ्ज महानगरपालिका र स्थानीयहरु आर्थिक सहयोगमा रथ निमार्ण गरिएको हो । रथ निमार्णमा करिब २५ लाख रुपैयाँ लागत लागिएको समितिले जानकारी दिए ।
असार ५ गते रथयात्रा सम्पन्न भएपछि ६ गते महाप्रसादको कार्यक्रम राखिएको गहवामाई मन्दिर समितिले जनाएको छ । वीरगञ्ज महानगरपालिकाले रथयात्रा निकालिने दिने सार्वजनिक विदाको घोषण गरेको छ ।
रथयात्रा यहि ५ गते बिहान ६ बजे गहवामाई मन्दिरको प्राङगणबाट निकालिने रथयात्रा रेलवे रोड हुँदै रामटोल, रेशमकोठी, विर्तामन्दिरबाट मेनरोड, अलखियामठ, आदर्शनगर हुँदै माईस्थान भएर पुनःगहमावमाई मन्दिरमा पुगेर समापन हुनेछ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो