सरकारले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का जनतासँग अन्याय गरेको सांसद् राजकुमार गुप्ताले आरोप लगाएका छन् ।
मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् गुप्ताले जिल्लाका अन्य तिन वटा निर्वाचन क्षेत्रको तुलनामा क्षेत्र नम्बर ३ मा कम बजेट पठाएर सरकारले न्याय नगरेको बताए। गुप्ता सोही क्षेत्रबाट निर्वाचित सांसद् हुन् ।
विपक्षी दलको नेता निर्वाचित भएको क्षेत्र भएको निहुँमा बजेट कटौती गर्नु अन्यायपूर्ण भएको बताउँदै उनले भने, “सरकारले ल्याएको बजेटमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ लाई समावेश गरिएको छैन । जिल्लाका अन्य तिनवटा क्षेत्रको तुलनामा त्यहाँ कम बजेट दिइऔं । के त्यहाँ नेकपा एमाले मात्र छ, अरु जनता छैनन् ?’
गुप्ताले वीरगञ्जस्थित सिर्सिया नदीको प्रदूषणको विषयलाई सम्बोधन गर्नपनि सरकारसँग माग गरेका छन् । ‘सिर्सिया नदीको प्रदूषित पानी बोकेर काठमाडौँसम्मको पैदल गर्दै अहिले माइतीघर मण्डलामा केही युवाहरुले धर्ना दिरहेका छन्,’ उनले भने, ‘तर सरकारले त्यसमा कुनै ध्यानआक्रष्ण देखाएको छैन । नदी छेउमा घर बनाएर बसिरहेका आम जनताले भोगिरहेको समस्यालाई समाधान गरियोस्, त्यसतर्फ सरकारको ध्यान जाओस ।’
प्रत्येक शिर्षकमा बजेट कटौती गर्दै प्रधानमन्त्री र सरकारले मधेशसँग पनि धोका गरेको उनले बताए । ‘प्रधानमन्त्रीजी मधेश जाँदा मधेशको पहिरनमा सजिनुहुन्छ, काँधमा गम्छा राख्नुहुन्छ, मधेशसँग लभ छ भन्नुहुन्छ, तर बजेट कटौती गर्नुहुन्छ,’ उनले भने, ‘मधेशसँग लभ गर्छु भन्ने तर विकास गोर्खा, नुवाकोट, सल्यान र डेडलधुरामा गर्न, यो कस्तो लभ हो, मैले बुझ्न सकिरहेको छैन् ।’ मधेशको कटौती हुँदापनि मधेश केन्द्रित दलले सत्ताको लोचमा त्यसको विरोध नगरेको उनले दोष लगाएका हुन् ।
गुप्ताले समग्र रुपमा बजेट सन्तुलित र जनताको अपेक्षाअनुसार नभएको बताए । उनले नागरिकताको विवादका कारण भइरहेको समस्यालाई संसद् मार्फत समाधान गर्न सुभ्काउ दिएका छन् ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो