कह्र्यौ पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि ख्यालख्यालै गरेपछि वीरगञ्ज महानगरले इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाहीको प्रत्रिया अगाडि बढाएको छ ।
आज विभिन्न ६ वटा इन्टरनेट तथा केबल सेवा प्रदायकलाई जरिवाना लगाइने निर्णय गरेको वीरगञ्ज महानगरले जानकारी दिइएको छ।
महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि धेरै पटक समय दिँदा पनि नसुने झै गरेपछि बाध्य भएर कारबाही प्रकृयामा जानु परेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जनाएका छन ।
इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाही स्वरुप २५÷२५ सय रुपैयाँ जरिबाना गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालय, ओमआश्रम लगायतका स्थानमा केही दिन अघि आगलागी हुँदा ती कम्पनीका तार सडकमै खसेर जोखिमपूर्ण अवस्थामा रहेको जानकारी दिएर हटाउन आदेश गर्दा पनि सम्बन्धित कम्पनीले नहटाए पछि महानगरले उनीहरुलाई कारबाही गरेको हो ।
पोलमा अव्यस्थित रुपमा जथाभावी टांगिएको तारले गर्दा आगलागीका घटना पनि बढीरहेकोछ । महानगरले तार व्यवस्थापनमा लामो समयदेखि काम गरिरहेको भए पनि परिणाम सफल हुनसकेको छैन । सम्बन्धित कम्पनीको असहयोगका कारण तार व्यवस्थापन जटिल बनेको छ । यसले सहरी सुन्दरतालाई समेत असर गरिरहेको छ ।
जुनसुकै स्थानबाट जथाभावी तार तान्ने कामलाई निरुत्साहित गर्न महानगरले पटक पटक सम्बन्धित कम्पनीहरुलाई चेतावनी दिएको भए पनि आदेशलाई पालना नगर्दै पोलमा तार झुण्ड्याउने क्रमलाई जारी राखेको छ । अब कम्पनीहरुले पूर्व स्वीकृति बेगर तार तान्ने र जथाभावी झुण्ड्याउने गरेको भेटिए कडाइका साथ कारबाही गर्ने गरि महानगर जुटेको महानगरको सूचना प्रविधि शाखाका बृजेश प्रधानले बताए ।
आज पहिलो पटक सेवा प्रदायकलाई २५ सय जरिवाना गरिएको र अर्को पटकबाट भने जरिबानाको अंक पनि बृद्धि हुने उहाँले जानकारी दिएका छन ।