इन्टरनेटले संसारलाइ एउटै गाउँ बनाइदिएको छ । सामान्यतय यसको प्रयोग सकारात्मक कृयाका निम्ती हुन्छ र विश्वास पनि सोही अनुरुप गरिन्छ । पछील्लो चरणमा खासगरी इन्टरनेटकै माध्यमाबाट मोवाइल समेतमा चल्ने फेसबुक टिवटर जस्ता सामाजिक संजालहरु लोकप्रिय हुँदै गइरहेका छन् ।
दैनिक ज्यालादारी गरी जिवन निर्वाहा गर्ने मजदुर देखी उद्योगपति व्यापारी कर्मचारी राजनीतिज्ञ कानून व्यवसायी संचारकर्मी जस्ता हरेक वर्गलाइ यसले कुनै न कुनै रुपले छोएको छ । यसको सकारत्मक प्रयोगका नविनतम उदाहरणहरु पर्याप्त मात्रामा देख्न र सुन्न पाइएको छ । यति हुदाहूँदै पनि पछिल्लो चरणमा क्रमशः यसको नकारात्मक प्रयोगका दुष्परिणामहरु हाम्रा समाजामा वेग्रल्ती देखिन थालेका छन् । त्यसैले प्रस्तुत आलेखमा सामाजिक संजालको सकारात्मक प्रयोगका साथसाथै यसले निम्ताइरहेको दुष्परिणामका बारेमा समेत चर्चा गर्ने प्रयास गरिएको छ ।
संसारको जुनसुकै मुलकको कुना काप्चामा भएका घटनाको श्रव्य दृश्य सहितको समाचार छिनभरमै मानिसले आफु बसिरहेको ठाउँबाटै हेर्न र सुन्न पाएका छन् । त्यतिमात्र होइन संसारका जुनसुकै ठाउँमा रहेका आफन्त साथीभाइ व्यापारिक साझेदार इत्यादी जो सुकैहोस जनुसुकै वेला प्रत्यक्षरुपमा कुराकानी गर्न पाइरहेका छन् । सुचना आदनप्रदान गर्ने यो अत्यन्त सशक्त माध्यम पनि बनेको छ । रेडियो, टेलीभिजन र पत्रपत्रिकाका लागी समय कुनुपर्ने अवस्थाको अन्त्य भएको छ । यस्तो सूचना प्रविधिको विकासले मानवीय जीवन सरल र सहज बनाएको छ ।
इन्टरनेटका कारण इ–लर्निङ, इ–शपिङ, ई–विजिनेश, ई–बैंकिङ, को व्यवस्था हुन सकेको छ । परिणामतः मानिसहरुको समय वचत भएको छ । मानिसहरु यसैको प्रयोग गरेर आफना प्रतिभाहरु विश्वसामु देखाउन तँछाड मछाड गरेर प्रतिस्पर्धा गरीरहेका छन् । अनि पारखीहरु घरैमा बसी बसी त्यस्ता प्रतिभाका पौरख हेर्न पाएका छन् । यो सबै इन्टरनेट अनि सामाजिक संजालको देन हो । यि यस्ता धेरै उदाहरण छन् । यस्को सकारात्मक प्रयोगको । त्यतिमात्र कहाँ हो र फुर्सद हुनेका लागि यी समय कटाउने थलो सावित भएको छ । मानिसहरु घन्टौ यसमा रमाइरहन सक्छन । विचार आदानप्रदान गर्नेहरुका लागी यो बहस गर्ने स्थान बनेको छ । यहाँ चाहेजति बहस गर्न पाइन्छ ।
माया प्रेममा परेकाहरुका लागी पनी यो माया साटने चौपारी भएको छ । पत्रकारहरुकालागी त यो सुचनाको स्रोतनै बनेको छ । उपरोक्त सकारात्मक तथ्यहरुका वापजुत पनि पछिल्लो समयमा यसका नकारात्मक दृष्टान्तहरु प्रशस्त सतहमा देखिएका छन् । यसका नकारात्मक पक्षहरु दिनप्रतिदिन बढोत्तरी हुदैछ । अहिले जसरी नै नकारात्क पक्ष बढोत्तरीहदै जाने हो भने केही समयभित्र सामाजिक संजालको विकृति रोकिनसक्नु र थामिनसक्नु हुने देखिन्छ । यो सबैको लागी चिन्ताको विषय हो । समाजिका संजालको माध्यमबाट पछील्लो चरणमा धार्मिक, जातीय सहिष्णुतामाथि प्रहार गर्न र सामुदायिक सदभाव र सामाजिक एकता खलवलाउन प्रयास भइरहेको देखिन्छ । जुन अत्यन्त संवेदनशिल विषय हो । अझ विशेषगरी दिनभरी काम गरेर जिविका पार्जन गर्नु पर्ने मानिस समेत सामाजिक संजालको लतमा परेर दालचामल किन्ने पैसाले मोवाइल रिजार्ज गरेर अनावश्यक समय सामाजिक संजाल खर्च गरिरहेका छन् । त्यतिमात्र कहाँ हो र बाबुआमाले खाजाखान दिएको पैसा नखाइ नखाइ मोवाइलमा रिजार्ज गरेर अनावश्यक च्याटीङ गर्ने किशोर किशोरीको पनि ठुलै जमात छ ।
सामाजिक संजालमा लत बसेका यस्ता किशोर किशोरीहरुले इन्टरनेटकै माध्यमबाट अश्लिल फिल्लहरु हेर्नुका अतिरक्त अश्लिल र यौन उत्तेजना जगाउने खालमा लेख पढने, शेयर गर्ने, एकअर्कालाइ म्यासेज गर्ने र यसैको कुलतमा परी एकअर्कामा प्रेम गर्ने, कम उमेरमा शारिरक सम्बन्ध कायम गर्ने, कतिपयले अभिभावको जानकारी वेगनै कम उमेरमानै विवाह गर्ने, कतिपय पढाइ विचमै छाडेर भाग्ने गरेका छन् । कोर्ष बुक छोडेर फेसबुकमा रुमुल्लिने यो प्रवृती घातक रुपमा देखापरेको छ । यस्मा कतैबाट नियमन नभएका छाडा अनलाइन पत्रिकाहरु यसका निम्ती सहयोगी सिद्ध भएका छन् । यस्तो प्रवृती रोक्न अनलाइन पत्रिका र सामाजिक सञ्जालमा जे पनि लेख्न वा पोस्ट गर्न पाइन्छ र पाउन पर्छ भन्ने मानसिकतालाइ नियमन गर्नै पर्दछ । तव मात्र सामाजिक सञ्जालको नकारात्मक प्रयोग कम हुनेछ ।
पछील्लो समयमा इन्टरनेटको माध्यमबाट हुने कानून विपरितका अपराधिक कृयालाप नियन्त्रण गर्नका लागी नेपाल सरकारले विद्युतीय कारोबार ऐन, २०६३ जारी गरेको छ । उक्त ऐनमा ‘‘कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्या्दित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’’ भन्ने व्यवस्था छ । तथापी यो कानूनको प्रयोग भनौ कायर्नन्वयन शुन्य प्राय छ । दैनिक जसो झुठा विभिन्न अनलाइन खवर पत्रिकाहरुले गलत भ्रामक मिथ्या व्यक्तीगत चरित्रहत्या गर्ने, र अश्लिल सामाग्रीहरु समाचारको रुपमा सम्प्रेषण गरिरहेका छन् । कसैले कसैको व्यक्तीगत चरित्र हत्या गर्न अर्काको फोटो इत्यादी राखेर झुठा फेक आइ डी बनाइ झुठा र भ्रामक कुराहरु लेख्ने, व्यक्तीगत स्वतन्त्रा र गोपनियताको अधिकारको हनन गर्ने, व्यक्तीगत रिसइवी साँध्ने मनसायले झुठाहरु कुराहरु पोष्ट र शेयर गर्ने जस्ता हरकत गरिहेका छन् ।
ति कानून विपरित कृयागर्नेहरुका बारेमा सुरक्षा निकायले उजुरी लिन अपराधीहरुलाइ सजाय दिलाउन तदारुक्ता नदेखाएका कारण यस्ता घटना बढदै गएका छन् । त्यसैले ्र इन्टरनेटमा आधारित यस्ता कुकृत्य गर्ने सबैलाइ तदारुकताका साथ कानूनको दायरमा ल्याइ कारवाहि गर्नु जरुरी छ । अनीमात्र सामाजिक सन्जालको सही र सदुपयोग हुनसक्छ ।