बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले २ अर्ब एक करोड ८० लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ ।
बुधबार उपप्रमुख भोलाप्रसाद अधिकारीले ३१ करोड ७३ लाख ८२ हजार ९११ रुपैयाँ घाटासहित २ अर्ब एक करोड ८० लाख ४८ हजार ४११ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटको आय शीर्षकमा १ अर्ब ७० करोड ६ लाख ६५ हजार ५०० रुपैयाँ रहेको छ भने व्ययमा २ अर्ब १ करोड ८० लाख ४८ हजार ४११ रुपैयाँ रहेको छ ।
बजेटको स्रोतमा आन्तरिक आय ४२ करोड ४ लाख, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान २८ करोड, राजश्व बाडफाँटबाट ३९ करोड ७३ लाख लगायत रहेको छ ।
जीतपुर सिमराका २४ वटा वडाका लागि प्रत्येक वडामा जनसंख्याका आधारमा रकम विनियोजन गरिएको छ । ठूला वडालाई २ करोड ३१ लाखदेखि साना वडालाई १ करोडसम्म विनियोजन गरिएको छ । घाटा बजेट पूर्तिका लागि पछि अन्य स्रोत खोजिने उल्लेख छ । तर त्यो स्रोत के हुने भन्नेबारे अन्योल छ ।
सुत्केरी गाई÷भैंसीलाई पोषण भत्ता
जीतपुर सिमरा उपमहानगरले सुत्केरी गाई÷भैंसीलाई पोषण भत्ता दिने भएको छ । उपमहानगरले सुत्केरी गाईभैंसीका लागि बजेट विनियोजन गरेको हो ।
नगरका सुत्केरी गाइभैंसीलाई ७ दिनको लागी नगद १ हजारका दरले मिनरल (पोषक तत्व) भिटामिन वितरण गर्ने भएको छ । जसका लागी नगरले ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी नगरले पशुहरुको बाँझोपन निवारणका लागी पनी बजेट विनियोजन गरेको छ ।
पशुपालक कृषकहरुको गुनासो र समस्याहरुको आधारमा नगरले आर्थिक वर्ष २०८०–८१ मा बाँझोपन सम्बन्धी शिविर सञ्चालन गर्न ५ लाख रकम विनियोजन गरेको छ ।
नगरले आर्थिक वर्ष २०८०–८१ का लागि पशुपंक्षी विकास शाखा मार्फत २ करोड ४२ लाख रकम विनियोजन गरेको छ ।
जीतपुरसिमरा उपमहानगरले यसै वर्षबाट नगरमा स्वयम सेवक शिक्षक नियुक्त गर्न बजेट विनियोजन गरेको छ । करिब ३ करोडको बजेटमा नगरमा स्वयम् सेवक शिक्षक नियुक्त गरी शैक्षिक क्षेत्रको विकासमा केन्द्रित रहने बजेटमा उल्लेख छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो