यस वर्षको माध्यमिक (कक्षा १० को परिक्षा SEE) देशै भरी संचालन हुदैछ । परिक्षा नजिकिदै जादाँ परिक्षार्थी, अभिभावक र शिक्षक तथा प्रधानाध्यापक लगायत सबै जनाको ध्यान परिक्षा केन्द्र र केन्द्राध्यक्ष तर्फ पुग्ने गरेको छ । परिक्षामा जसरी पनि आफनो विधार्थीलाई पास गराउने विधालयको रिजल्ट राम्रो ल्याउनेमा जोड दिन्छन । परिक्षमा जसरी भए पनि पास गराउने मानसिकता सबैमा हुन्छ । परिक्षा नजिक आउदा विद्यार्थीहरु कोचिंग टयुसन भन्दा पनि आफनो केन्द्र कहा पर्ने, त्यहाँ पर्ने गार्ड र केन्दाध्यक्षको हुने त्यसमा ध्यान केन्द्रित गर्ने गर्छन । पढाई भन्दा पनि चिट चोरेर भए पनि परिक्षा उर्तीण गर्ने दाउमा सवैजना लाग्ने गरेको पाईन्छ ।
विधार्थी भन्दा पनि परिक्षा अभिभावकलाई लागेको देखिन्छ । आफनो छोरा छोरीको प्रवेश पत्रको फोटोकापी बोकेर अभिभावकहरु परिक्षा केन्द्रमा धाउने प्रवृतिले विधार्थीलाई नकारात्म असर पर्ने शिक्षाप्रेमीहरु बताउछन् । परिक्षा भन्दा पनि पढाईको समयमा ध्यान दिनुपर्ने उनीहरुको भनाई छ । हुन पनि हो, पढाईको समयमा ध्यान नदिने तर जसरी पास गराउनका लागि दैडधुप गर्ने हामी कस्ता अभिभावक ? के पढाई भनेकै परिक्षामा पास मात्र हुनु हो ?
जानकारहरुका अनुसार पर्सा जिल्लाको परिक्षाको उदाहरण देश भरिमै गरिने गरिन्थ्यो तर बिगत २०६० देखि २०६८ सम्म एस एल सी एकदमै अमर्यादित भएको बताउछन् । पछिल्लो समयमा पर्सा जिल्लाको परिक्षा मर्यादित भए पनि गत बर्ष भुकम्प, मधेश आन्दोलनका कारण पढाई नभएको र त्यसैलाई बहाना बनाएर फेरी एस एल सी परिक्षा अमर्यादित भएको छ । यस परिक्षामा फलामे ढोका मानने र आवश्यकता भन्दा बढी महत्व दिने, जसरी भए पनि एस एल सी पास हुनैपर्ने मान्यतका कारण एस एल सी परिक्षालाई अमर्यादित हुने गरेको छ । एस एल सी परिक्षामा आएको पुर्णाङ्कको आधारमा राम्रा क्याम्पसमा भर्ना गरिने चलन पनि छ जसका कारण आफुहरु जसरी भए पनि एस एल सी परिक्षामा बढी अंक ल्याउनका लागि परिक्षामा चिट चोरी गर्ने गरेको पाईन्छ ।
पछिल्लो समयमा हेर्ने हो भने परिक्षा केन्द्रमा मेला नै लाग्ने गरेको पाईन्छ । पढाईको समयमा कहिल्यै पनि विद्यालय नजाने अभिभावक परिक्षाको समयमा परिक्षा केन्द्र वरीपरि डेरा नै बस्ने गरेका छन । पढाई भन्दा पनि परिक्षालाई महत्व दिने जसरी भए पनि सर्टिफिकेट प्राप्त गर्ने चलनलाई कसले रोक्ने ? के परिक्षामा चिट चोरेर प्राप्त गरेको सर्टिफिकेटले हाम्रो सन्तानको भबिष्य बनाउछ की बिगार्छ ? पढाई बिनाको प्रमाण पत्रको के काम ?
के हामी अर्काको लागि पढेको हो ? परिक्षा संचालन गर्ने मुख्य जिम्मेवारी पाएका केन्द्राध्यक्षले परिक्षा मर्यादित रुपमा संचालन गराउने होईन ? परिक्षा मर्यादित संचालन गर्नका लागि प्रत्येक कक्षा कोठामा एक एक जना गार्ड राखिएको हुन्छ जसले परिक्षा कोठालाई मर्यादित बनाउने हो तर परिक्षा कोठामा गाड हुदाँहुदै कसरी परिक्षा अमर्यादित हुन्छ ? यसको एउटै कारण हो सबैको मानसिकता जसरी पनि पास गर्ने र गराउनु पर्ने त्यसैले परिक्षामा उर्तीण हुनै पर्ने मानसिकता त्यागौँ ।
कुनै पनि बहानामा परिक्षामा हुने चिट प्रथा विद्यार्थीकै लागि हानिकारक हुन्छ । आज चिट गरेर पास गरे पनि भोली हामीलाई नै समस्या हुन्छ । अहिलेको समयमा बेरोजगरी जस्ता समस्या त यतिकै छ त्यसमा पनि पढाई गुणस्तरीय भए न भने हाम्रो प्रमाण पत्रको कुनै काम छैन ।
एस एल सी पास भएको नाममा दुई चार हजार दाईजो बढी आउला तर त्यसले भबिष्य चल्दैन । हाम्रा अभिभावकले चिटट चोर्नलाई केन्द्रमा पुग्नुको सटटा विधालयमा पढाई भए नभएको बुझन विद्यालयमा जाने बानी बसालौ परिक्षा केन्द्रमा जानै पर्दैन । सम्बन्धि निकायले पनि परिक्षामा चिट चोर्न दिएर विद्यालयको नाम ल्याउनु भन्दा पनि बर्सेनी पढाईको अनुगमन गरेर पढाईको संस्कारलाई अगाडी बढाउनु पर्छ । आज हामी परिक्षा केन्द्रमा गएर सन्तानको भविष्य हामी आफै अन्धाकारमा धकेलिरहेका छौ जसका कारण हाम्रा सन्ततीले हामीलाई सराप्ने छन् त्यसैले परिक्षालाई मर्यादित बनाऔ र परिक्षामा जसरी पनि उर्तीण हुने मानसिकता त्यागौ ।