१) आम सर्वसाधारणले मुटुलाई कसरी बुझ्ने ?
मुटु मान्सपेशीले बनेको अंग हो । यसले पम्पिङ्गको काम गर्छ । शरीरबाट अशुद्ध रगत लिएर जाने, त्यो अशुद्ध रगत मुटुको माथिल्लो कोठामा ल्याएपछि त्यसले फेक्सोमा पु¥याउँछ र फेक्सोबाट शुद्ध रगत मुटुको देब्रेपट्टि कोठामा ल्याएर फेरि त्यो शुद्ध रगत शररिमा फैलाउँछ । यसको काम शुद्ध रगत र असुद्ध रगत शररिबाट लैजाने र ल्याउने हो । यो एउटा मेसिन जस्तो अंग हो । यसले पम्प गर्ने काम गर्छ । मुटु भनेको हाम्रो शरीरलाई आवश्यक पर्ने अति नै संवेदनशिल अंग हो । मुटु छ त जीवन छ । मुटु छैन त जिवन छैन भनेर आम सर्वसाधारणले बुझ्नु पर्छ ।
२) मुटुरोगका लक्षणहरु कसरी थाहा पाउन सकिन्छ ?
मुटु सम्बन्धी रोगहरु थुप्रै छन् । त्यसलाई छुट्याउन पर्छ । जस्तै मुटुको चाल सम्बन्धी रोग भएमा मुटुको धड्कन बढ्ने, बिरामी बेहोस हुने, हृदयघातको कुरा गर्दा छातीको बीच भागमा दुखाई हुन्छ । हिड्दै गयो भने त्यो दुखाई बढ्दै जान्छ । दुखाई सरेर पाखुरा, चिउडो, गाला, पिठ्यु तिर पुग्छ । टाउको दुख्ने, गोडाहरु फूल्ने दम बढ्ने, चिडचिड पसिना आउने सानो बच्चाको हकमा आमाको दुध चुस्दा निलो हुन्छ । नाकको टुप्पो कानहरु निलो औलाका टुपाहरुमा निलो देखिन थाल्यो भने, बच्चा धेरै रुन थाल्यो, स्या स्या गर्न थाल्यो भने त्यसमा जन्मजात मुटुरोग हुन सक्ने हुन्छ । यि सबै मुटुरोगका लक्षणहरु हुन ।
३) मुटुरोगका प्रमुख समस्याहरु के–के हुन् ?
तराईको परिपेक्षमा भन्नुपर्दा यहाँका व्यक्तिहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आउँछन् । यतातिर मैले वाल्यअवस्थामै हुने बाथ रोगका समस्याहरु बढी देखेकी छु । अस्पतालमै आउँने प्राय गर्भवती महिलाहरुमा पनि वाथ मुटुरोगको समस्या छ । जसको कारण डेलीभरीको समयमा ज्यान जाने समेत गरेको छ । यस बारे धेरैलाई ज्ञान छैन । यसबारे जानकारी हुनका लागि समय समयमा मुटुरोग विशेषज्ञसंग परामर्श लिने । चिकित्सक संग जाँच गराउने भन्ने सल्लाह दिने गरेको छु ।
४) मुटुको समस्या कुन उमेर समूहका मानिसमा बढि देखिने गरेको छ ?
महिला वा पुरुष मध्ये मुटुरोग कसमा बढी भन्ने हुँदैन । अहिले त १७÷१८ वर्ष उमेर समूहका किशोर किशोरीमा समेत हृदयघात भएको छ । त्यसैले यो रोगको कुनै खास उमेर समूह छैन । तर पुरुषको हकमा ४० वर्ष पछि यो रोग बढी देखिएको छ भने वंशाणुगत कारणले पनि मुटुरोग देखिएको पाइएको छ ।
५) गाउँघर तिरका मानिसमाभन्दा शहरी क्षेत्रमा मुटुरोगी बढी देखिनुको कारण के हो ?
जीवन शैलीको कारणले गर्दा पनि शहरमा मुटुरोगी बढी देखिएका छन् । दिनभरीको बसाई, शारिरीक व्यायमको कमी, खानपिनको रुटिन नमिल्दा, मानसिक तनाव बढी हुँदा, वातावरण अस्वस्थ भएको कारण पनि शहरमा यो समस्या बढि हुने गरेको छ । मुटुमा रोग लाग्न नदिने समाधान भनेकै सन्तुलित आहार र स्वस्थ्य जिवनशैली हो । मुटुमा रोग लाग्न नदिन हामीले बाहिरका जंक फुड अर्थात प्याकेटका खानेकुराहरु जस्तै चाउचाउ, चिप्स लगायतका नुन बढी भएका उत्पादक खाद्यान्नहरु, बट्टाका अचारहरु खानु भएन । चिलो खाना, रातो मासु, आलू, भात मैदाका परिकारहरु कम खाने गनुपर्छ, । यि भनेका मुटुका दुश्मन खानाहरु हुन । मुटुका साथी खाना भनेको हरियो साग सब्जीहरु, रेसादार फलफूल, गहँु, जौँबाट बनेका परिकार खानामा समावेश गर्नु पर्छ । दिनको आधि घण्टा शारिरीक व्यायम गर्ने, छिटो हिड्ने (शरीरबाट पसिना बग्ने गरी), तनावपूर्ण जिन्दगी छ भने त्यसमाथि यो कोरोना कालमा अझै बढी समस्या थपिएको छ । सकेसम्म तनावको व्यवस्थापन गर्ने, सुर्ति वा मदिरा जन्य पदार्थहरुको सेवन नगर्ने, तौल बढी भए कम गर्ने यी सबै हाम्रो हाथमा हुन्छ । यी नराम्रा बानी हटाएर राम्रा बानीको विकास ग¥यौ भने यो हाम्रै हातको कुरो हो । तर कसैलाई जन्मजात नै मुटुरोग छ वा वंशाणुगत कारणले गर्दा हो भने यी हामीले परिवर्तन गर्न सक्दैनौ ।
६) अन्य रोगीहरुलाई मुटुरोग लाग्ने सम्भावना कत्तिको हुन्छ ?
चिनीरोग र मुटुरोग दाजुभाइ दिदीबहिनी जस्तै हो । अन्य रोग भएकाहरुलाई मुटुरोग लाग्ने चान्सभन्दा पनि, थाइराइड, चिनीरोग, लगायतका रोगहरु छन् भने असर बढी हुन्छन् ।
७) विश्व चर्चामा रहेको कोरोना रोग चाही मुटु रोगीका लागि कतिको खतरनाक छ ?
कोभिडले असर गर्ने भनेको रोग प्रतिरोधात्मक शक्ति कम भएकाहरुलाई बढि हुने हो । मुटुरोगी चिनी रोगी, थाइराइड, फेक्सोको समस्या भएकाहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुलाई बढी असर गर्छ ।
८) आम मानिसले चाही मुटुको समस्यालाई कतिको महत्व दिएको पाउनु भएको छ ?
मुटुरोग सम्बन्धी धेरैमा जनचेतना नै छैन । मुटुमा आउने समस्यालाई दिने प्राथमिकताको त कुरै छोडौ । मैले हेर्ने बिरामीहरु मै पनि कत्तिको ब्लडप्रेसर २०० (माथिको प्रेसर) छ । डाक्टर साब मलाई कुनै पनि समस्या नै छैन । म आफै हिडेर आएको मेरो ब्लड प्रेसर यति बढी छ भनेर विश्वास नै छैन भन्छन् जाँच गर्न आउने बिरामी । यस्तोमा के भन्ने ? अबको मुख्य फोकस जनचेतनामा हुनुप¥यो । यदि तपाईको उमेर १७ वर्ष पुगिसकेको छ भने वर्षको एकपटक सबैले प्रेसर जाँच गराउनुहोस् । हृदयघातको मुख्य कारण भने कै ब्लडप्रेसर हो । यसलाई कार्डियो वा सक्लोरिक्स भन्छौ हामी । अझ कोलस्ट्रोेल, थाइराइड, चिनीरोग, भएका व्यक्तिहरुले ३÷३ महिनामा स्वास्थ्य परीक्षण गराउनु राम्रो हो । स्वस्थ व्यक्तिले (मुटु सम्बन्धी वा अन्य कुनै पनि रोग नभएका) वर्षमा एक पटक मुटुको चाल सम्बन्धी परीक्षण ( इ.सि.जि) लिक्यूडप्रोफाइ पे्रसर जाँच गराउनु एकदमै आवश्यक छ । अहिले फिटलिको भन्ने जाँच हुन्छ । जस्ले गर्भावस्थामा भएको बच्चाको मुटु ठिक छ छैन । भल्ब ठिक छ छैन ती कुराहरुको चेकजाँच हाम्रो वयोधा हस्पिटलमा चेक हुन्छ ।
९) मुटुको उपचार पद्धति कतिको खर्चिलो छ ?
खर्चभन्दा पनि यो त हाम्रो जीवनसंग प्रत्यक्ष जोडिएको छ । यत्ति नै खर्च लाग्छ भन्न अलि अप्ठ्यारो छ । नेपाल सरकारले नागरिक लगानीकोष भनेर मुटु सम्बन्धी रोगका बिरामीलाई छुट्टै एकलाख रुपैयाको सहुलियत दिएको छ । मुटुमा रगत प्रवाह गर्ने नशा बंद भएर हृदयघात हुने हो । त्यस्तो अवस्थामा जाली लगाउनु पर्ने हुन्छ । हामीले त्यसलाई स्ट्याण्ड लगाउने भन्छौ । नेपाल सरकारले दिएको सहुलियत बराबरको रु १ लाख रुपैया एउटै स्ट्याण्डमा सकिन्छ । रकमको दृष्टिकोणले त्यो धेरै नै खर्चिलो हो । तर मुटुको ईसिजि, वा ब्लड टेस्ट ( लिपिड प्रोफाईल गरी कोलेस्ट्रोल हेर्ने) त्यो खासै खर्चिलो छैन र सेवा सबैको पहँुचमा पनि छ ।
१०) मुटु दिवस नै मनाइरहँदा यसको यसको थप सुरक्षाको लागि थप ध्यान दिनुपर्ने कुरा चाही के हो ?
मुटुलाई स्वास्थ्य राख्न त मुटुको बारेमा हामीलाई जानकारी हुनु पर्छ । के के कुरा वा बानीले मुटुमा असर गर्छ । कस्ता लक्षणहरु देखिए मुटुरोगका लक्षण हुन भन्ने चेतना हुनु पर्छ । मुटुरोग भन्ने बित्तिकै विश्वव्यापी रोग मै पहिलो नम्बरमा आउने भएको हुनाले यसबारे एउटा जनचेतना मूलक अभियान नै संचालन गर्नु पर्छ । मुटुलाई स्वस्थ राख्न संतुलित भोजन सेवन गर्ने, नियमित व्यायम गर्ने, तौललाई सन्तुलनमा राख्ने, तनाव हटाएर खुशी रहने, चुरोट रक्सी लगायतका मदिराजन्य पदार्थ सेवन नगर्ने, थाईराईड, सुगर, रक्तचापको समस्या छ भने चिकित्सकको परार्मश लिने काम गर्ने गर्नु पर्छ । यसो गरियो भने मुटुरोग लाग्नबाट बच्न र मुटुरोगकै कारण हुने मृत्युमा पनि कमी ल्याउन सकिन्छ ।