‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ ‘मातृदेवो भवः पितृदेवो भवः’ उपमाले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने पुरानो परिपाटीको ठाउँमा अहिले आएर सुड्डो, थाङ्ने बुढा, गनगने बुढी जस्ता शब्दले अपमानित हुन थालेका छन् । कुनै न कुनै हिसाबले दुव्र्यहार हुनेक्रम जारी छ । यो बड्दो क्रममा पनि छ । विशेषतः ६० वर्षमाथिका उमेर समूहलाई ज्येष्ठ नागरिक मानिन्छ ।विकासात्मक मनोविज्ञानले वर्गिकरण गरे अनुसार ६० वर्ष वा त्यो भन्दा बढी उमेर समुहका व्यक्तिहरुलाई जेष्ठ नागरिकको श्रेणीमा राखिन्छ ।बर्तमान अवस्थामा आधुनिक कल्याणकारी राज्यले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका ज्येष्ठ एवं वरिष्ठ नागरिकलाई सम्मान र सुविधा प्रदान गरी आर्थिक, सामाजिक सुरक्षा दिनुपर्ने हुन्छ ।राष्ट्रका असहाय, अपांग, महिला, बालबालिका, वृद्ध तथा अशक्त व्यक्तिहरूको सुरक्षाका लागि उचित पुनस्र्थापना, रोजगारी र सुरक्षाको व्यवस्था गरी देश विकास कार्यमा सरिक गराउनु आवश्यक छ ।नेपालको मूल कानुन संविधानमा महिला, बालक र वृद्धहरूलाई विशेष व्यवस्था गरी सामाजिक सुरक्षा प्रदान गरिने व्यवस्था गरिएको छ ।
सन् २०१३ अक्टुवर १ तारिख तदनुसार आश्विन १५ गते अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस हो। हरेक वर्ष अक्टोवर १ तारिखको यसै दिन मुलुकभरिका जेष्ठ नागरिकको सुखमय दीघजीवनको कामना गर्दै उनीहरुको हक–हित र अधिकारको सुनिश्चितताको लागि यो दिवस देशभर राष्ट्रिय जेष्ठ नागरिक दिवसको रुपमा ज्येष्ठ नागरिक सम्मान उत्सव स्वरुप बृद्धबृद्धाहरुलाई सम्मान गर्ने, सम्झने दिनेको रुपमा विभिन्न कार्यक्रमहरु गरी उल्लासमय वातावरणमा मनाईदैआईरहेको छ । पाका उमेरका यी अग्रजहरुको स्वस्थ, सुखी र सम्मृद्ध जीवनको लागि जताततै बाट शुभ–कामना व्यक्त गरिन्छ । जेष्ठ नागरिकहरुको सन्तुष्टिमा नै देशको मुहार हँसिलो हुन्छ । पाका मानिसहरुको आशीर्वाद नयाँ पुस्ताका युवा युवतीहरुको प्रेरणाको श्रोत बन्न सक्दछ । यो दिनले यस क्षेत्रमा प्रशस्त चेतना र जागरण फैलाउन ठूलो मद्धत गरेको हुन्छ । अझै ज्येष्ठ नागरिकहरुको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित बनाउन हाम्रो विद्यमान सामाजिक सुरक्षा कार्यक्रमका सवालहरुमा पुनरावलोकन गरी यस क्षेत्रमा कार्यरत् सबै पक्षलाई समेटी सशक्त सामाजिक सुरक्षा नीति ल्याइ समन्वय र सहकार्यमा जोड दिँदै प्रभावकारी कार्यान्वयनमा जानु पर्ने आजको आवश्यकता देखिएको छ। जेष्ठ नागरिक हाम्रा अमूल्य निधि हुन्, पथ प्रदर्शक हुन् । यिनीहरुलाई आदरपूर्वक, प्रेमपूर्वक सम्मान गर्न सिकौं भने मात्र बर्तमान पीडिले सिह बाटो हिडन सक्ने छन ।
केही वर्ष अगाडिसम्म नेपाली समाजमा बृद्धबृद्धाहरुको स्थान अहिलेभन्दा अत्यन्त महत्वपूर्ण थियो। उनीहरुलाई घर–परिवार समाजमा सबैले अत्यन्तै मानसम्मान गर्दथे, ठूलो आदर हुन्थ्यो। बृद्धबृद्धाले आ–आफ्नो लामो जीवनभरि सँगालेका ज्ञान, सीप अनुभव पछिल्लो पुस्ताको लागि अर्ती–उपदेशको रुपमा ठूला मार्गर्दर्शन बन्दथे। समाज प्रायः संयुक्त घर–परिवार प्रणालीमा चलेको थियो। एउटै घरमा परिवारका धेरै सदस्यहरु संगोलमा बसेका हुन्थे। छुट्टी भिन्नभै अलग बस्ने कुरा धेरैपछि आएर मात्र लागू हुन्थ्यो।
त्यस बेलाका घरमुली बृद्धको स्थान अत्यन्त ओजस्वी, उच्च हुन्थ्यो । परिवारमा धेरै सदस्य भएको घरलाई ‘ठूलाघर’ का रुपमा हेरिन्थ्यो । यसरी समाजमा स्वच्छ परम्परा, शुद्ध आचार–व्यवहार, राम्रो सामाजिक सद्भाव एवं सौहाद्रता र मर्यादित आचरण एवं अनुशासनको सिलसिला सन्तुलित जीवन पद्धतिको रुपमा अत्यन्त सुन्दर ढंगबाट विकसित हुँदै आएको कुरा जानकारहरु बताउँछन् । नेपाल घुम्न आउने विश्वका विभिन्न मुलुकका पर्यटकहरुले पनि योे प्रणाली देख्दा कस्तो राम्रो भनेर यस पद्धतिको ठूलो तारिफ गरेको सुनिन्थ्यो । विस्तारै विस्तारै समय बित्दै वर्तमान अवस्थातिर आइपुग्दा विकसित मुलुकको प्रभाव र आकर्षण नेपाली समाजमा पनि पर्दै जान थाल्यो । घरभित्र रहेका परिवारका अधिकांश सदस्यहरु, दाजुभाइहरु वयस्क उमेरमा पुग्नासाथ आफ्ना पितामातासँग आपसमा अलग भई छुट्टै बस्न रुचाउने हुन थाले । समाजमा घरधुरि बृद्धि हुने अवस्था र जमिनको स्वामित्वमा विखण्डन हुनेक्रम निरन्तर बढ्न थाल्यो । संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घट्दै गयो । युवायुवती, आफ्नै ढंगले सानो परिवारमा बस्न मन पराउने भए । यसले गर्दा नेपाली समाजमा पनि बुढेसकालमा अरुको सहयोग मद्दत चाहिने बेलामा पुगेका यहाँका बूढाबूढीको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित तिरस्कृत हुँदै जाने स्थितिमा पुग्न थालेको अनुभव हुन थालेको छ । राज्यले ज्येष्ठ नागरिकलाई प्रत्याभूति दिनुपर्ने, सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी ढंगले लागू गर्न पर्ने जस्ता कुरामा अझै थप सचेतना अपनाउन जरुरी छ । बाहिर कार्यक्रम पनि खाली प्रतिबद्धता र नारामा मात्र बढी सिमितजस्तो देखिन्छ । यसको कार्यान्वयन पक्ष फितलो हुन पुगेको आभास जताततैबाट महसूस हुन थालेको छ ।
ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दै जादा राज्यको आर्थिक भार पनि बढ्ने देखिन्छ । साथै ज्येष्ठ नागरिकमाथि विभेद र हिंसाका घटना पनि बढ्दो क्रममा देखिन्छ । नेपालीको औषत आयु बढेसँगै पुराना ऐन कानुन समयोचित ढङ्गले संशोधन हुनुपर्ने हो । तर त्यसो हुन सकेको छैन । यस्तै निजी क्षेत्रमा उमेरको कुनै हद नतोकी सक्रीयताका आधार ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रस्तावना ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने सम्बन्धमा तत्काल व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ । ज्येष्ठ नागरिकहरूमा मानसिक समस्याहरु आउन नदिन घरपरिवारका सदस्यहरूको पनि महत्वपूर्ण भूमिका रहन्छ । घरका ज्येष्ठ नागरिकहरूसँग बस्दा खुलेर कुराकानी गर्नु पर्छ । घरमा भएका नयाँ किसिमको प्रविधि र साधनसँग उनीहरूलाई परिचित गराइदिनु पर्छ ।उनीहरूका मनोभावना बुझेर उनीहरूलाई मन लागेको काम गर्न दिनु पर्छ । यसो गर्दा ज्येष्ठ नागरिकहरूमा मानसिक समस्या हुने सम्भावना कम हुन्छ ।
मानसिक समस्यालाई उपचारको लागि मनोवैज्ञाकि चिकित्सा पद्धति तथा औषधि सेवनद्वारा यस रोगको उपचार गरिन्छ । नेपालमा अहिले केही अस्पताल र क्लिनिकहरूमा यसको उपचार सेवा उपलब्ध हुन थालेका छन् । सामान्य प्रकारको मानसिक समस्याको उपचार गर्न मानसिक स्वास्थको तालिम लिएका ब्यक्तिहरु जस्तै परामर्शदाता, मनोविदले परामर्शद्धारा बिना औषधि निको बनाउन सकिन्छ । ज्येष्ठ नागरिकका विषयमा विश्वको ध्यान आकर्षण गर्नुपर्ने बेला आएको छ । हालसम्म ज्येष्ठ नागरिकका विषयमा कुनै पनि विश्वव्यापी घोषणापत्र वा महासन्धि भएको छैन । त्यसैले गर्दा राष्ट्रहरू ज्येष्ठ नागरिकका मुद्दामा बाध्यात्मक कानुनका रूपमा लागू गर्न सकिरहेको छैन ।