वीरगञ्ज महानगरपालिकाले यहाँ स्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या तत्काल समाधान गर्न संचालकलाई निर्देशन दिएको छ ।
सहकारीको समस्या तत्काल समाधान गर्दै बचतकर्ताले जम्मा गरेको बचत निक्षेप फिर्ता गर्न महानगरले सहकारीका संचालकलाई आदेश दिएको हो ।
आइतबार संस्थाका संस्थापक जी.वी. राईलाई सम्बोधन गर्दे महानगरका प्रमुख राजेशमान सिंहले बचतकर्ताको बचत तत्काल फिर्ता गरि संस्थामा देखिएको समस्याका निवारण गर्न आग्रह गरेका हुन ।
आफ्ना बचतकर्ताको जमा गरेका बचत लामो समयदेखि फिर्ता नगरी दुःख मात्रै दिएको भन्दै समस्या समाधान गरिदिन माग गर्दै बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । बचतकर्ताको बचत लामो समयदेखि फिर्ता नगरेको र कैंहोपटक समस्या समाधानका लागि परेता पनि समाधान नभएपछि महागनरले सहकारीलाई कालो सूचीमा राख्ने तयारी गर्दै संस्थाका संचालकलाई झिकाएको हो ।
आइतबार संस्थाका सस्थापक जी.वी. राई, कोषाध्यक्ष कुमार रम्तेल, वीरगञ्ज स्थित कार्यालयका व्यवस्थापक असरफ अलीलाई महानगरमा झिकाएर नगर प्रमुख सिंहले बचतकर्ताको कुनै पनि गुनासो नआउने गरि समस्या समाधान गर्न निर्देशन समेत दिनु भएको हो।
यसका साथै बचतकर्ताको बचत निक्षेपको विवरण र ऋण लगानी गरेकाहरुको रकम खुल्ने गरि विवरण तीन दिन भित्र महानगरमा बुझाउन, बचतकर्ताको वित्तीय हितलाई मध्यनजर गर्दै १ लाख रुपैयाँभन्दा कम निक्षेप रहेका बचतकर्ताहरुको निक्षेप तत्कालै क्रमबद्ध रुपमा फिर्ता गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।
यस्तै आफ्नो वित्तीय स्थिति खुल्ने श्वेत पत्र साउन १५ भित्र तयार गरि सार्वजनिक गर्न र सोको विवरण महानगरलाई बुझाउन पनि उहाँले निर्देशन दिनुभएको छ । महानगर प्रमुखले सिंहले दिनुभएको निर्देशनमा संस्थाका संचालकलाई लिखित सहमति गराइएको छ ।
बचतकर्ताको समस्या सम्बोधन नभए सहकारीलाई कालो सूचिमा राखेर थप कारवाही अघि बढाउने भन्दै महानगर प्रमुख सिंहले समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयो ।
संस्थाका संस्थापक जी.वी. राईले आफूहरु महानगरको निर्देशन र बचतकर्ताको हित अनुसार काम गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो