गुरुबाट नै हुन्छ जीवनको शुरु ।
पढ्न, लेख्न सिकाउनुहुन्छ खुरुखुरु ।।
उहाँ नै हो ज्ञानको भण्डार ।
हेर्ने दृष्टिकोण सफल संसार ।।
नगरी कसैलाई काँखापाँखा ।
सधैँ सम्झी सबैलाई आफ्नो साखा ।।
दिन राज आफू मैनबत्ती झै बली ।
दुर गर्नुहुन्छ अन्धकार ज्ञानको ज्योतिछरी ।।
हरेक काम सफल बनाई ।
नछोडी साथ कहिल्यै सधैँ हराई, खेलाई ।।
हुन्छ जसको अमूल्य योगदान ।
अमर छ जसको आदर्श व्यवहार ।।
भगवानभन्दा माथि हुन्छ गुरुको स्थान ।
जसको कारण कोही बन्दछ महान् ।।
दिने गरौँ उहाँलाई सभ्य सम्मान ।
उहाँ नै हो हाम्रो जीवनको आधार ।।
- नन्दकिशोर साह
कालिकामाई गाऊँपालिका १ (रबिदास)
