मिटरव्याजी समस्या सरकारलाई टाउको दुखाईको विषय बनेको छ । मिटरब्याजी समस्या समाधान गर्न सरकारले ल्याएको विधेयक पनि सदनबाट पास हुन नसक्दा निष्कृय बनिसकेको छ । तराईमात्रै उजागर भएको मिटरब्याजी समस्या अन्य ठाउँमा पनि रहेको तथ्य बाहिरिएको छ ।
सिन्धुपाल्चोकका कृष्ण तिमिल्सिना र धादिङकी नविना तामाङले रोल्पाका विभिन्न व्यक्तिहरुलाई रकम सापटी दिई सापटी दिएको रकमभन्दा बढीको तमसुक बनाएर असुल गर्ने गरेको तथ्य बाहिरिएको हो । सिन्धुपाल्चोक जिल्ला शुनकोशी गाउँपालिका वडा नं. ७ स्थायी ठेगाना भएका तिमिल्सिनाले दिएको भन्दा धेरै रकमको तमसुक बनाउने, सुरक्षणको लागि बढी रकमको चेक माग्ने र सोही आधारमा मुद्दा हालेर रकम असुल गरिरहेको पीडितहरुले बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले तिमल्सिनाले आफूहरुलाई कानुनी रुपमा फसाउने काम गरेको आरोप लगाए । तिमिल्सिनाले रोल्पा जिल्ला, डुङ्ग्री गाउपालिका वडा नं. ५ का श्रवण रोकालाई ८ वर्ष पहिले तीन लाख ५२ हजार रुपैयाँ ऋण दिएकोमा उक्त रकम तीन वर्षभित्रै १५ लाख ८० हजार तिर्दापनि कपाली तमसुक र २८ लाख बराबरको चेक फिर्ता नगरेको उनीहरुको दाबी छ ।
तिमिल्सिनाले पीडित रोकालाई उल्टै अपहरण गरेर ६७ लाखको कपाली तमसुक बनाएर मुद्दा चलाएको उनीहरुको आरोप छ । अहिले उक्त कपाली तमासुकको विरुद्धमा परेको मुद्दामा अदालतले फैसला गरिसकेको छ । उक्त ६७ लाखको कपाली तमसुकको मुद्दामा अदालतले एक करोड, सात लाख, ९९ हजार सात सय ४६ रुपैयाँ विगोको फैसला गरिसकेको छ ।
अहिले उनको सम्पत्ति लिलाम प्रक्रियामा रहेको पीडितहरुले बताए । साथै, रोकाले दिएको २८ लाखको चेक अनादर मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
त्यसैगरी रोल्पा सुनछहरी गाउपालिका २ रमेशकुमार बुढालाई पनि तिमिल्सिनाले परिबन्धमा पारेर विभिन्न झुठा मुद्दा लगाएको उनीहरुले आरोप छ । पीडितहरुले बताएअनुसार तिमिल्सिनाले आठ वर्षअघि रमेशलाई १५ लाख ८४ हजार रुपैयाँ सापट दिएका थिए ।
रमेशले तीन वर्षमा पटक–पटक गरी ४० लाख फिर्ता गर्दा पनि तिमिल्सिनाले कपाली तमासुक नच्यातेको र सुरक्षणको लागि दिइएको चेक फिर्ता नदिएको उनीहरुको आरोप छ । तिमिल्सिनाले सोही प्रमाणको आधारमा मुद्दा चलाउँदा उनलाई अदालतले दुई वर्षको कैद सजाय तोकेको छ । त्यस्तै चेक अनादर मुद्दाभने अदालत पाटनमा विचाराधीन अवस्थामा छ ।
रोल्पाकै रोल्पा नगरपालिका प्रथम रोकाले तिमिल्सिनासँग एक लाख रुपैयाँ ऋण लिएर पाँच लाखको कपाली तमासुक बनाएको पीडितको आरोप छ । पीडितले बताएअनुसार एक वर्षभित्र दुई लाख फिर्ता गर्दापनि तिमिल्सिनाले कपाली तमासुक नच्यातेर मुद्दा हालेर दुःख दिएका छन् ।
रोल्पा सुनिल स्मृति गाउँपालिकाका शेरबहादुर महराले उनै तिमिल्सिनासँग बोलेरो जीप धितो राखेर सात लाख रुपैयाँ सापट लिएको पीडितको दाबी छ । उक्त समयमा सुरक्षणका लागि १४ लाखको कपाली तमासुक बनाइएको पीडितको भनाई छ । सावाँ, व्याजसहित नगद फिर्ता दिएर धितोमा राखेको बोलेर गाडी फिर्ता लिँदापनि कपाली तमासुक फिर्ता नदिई त्यसैको आधारमा मुद्दा चलाएको उनीहरुको आरोप छ ।
रोल्पाकै जयप्रकाश बुढालाई आठ वर्ष पहिले दुई लाख ऋण दिएर सुरक्षणका लागि चार लाखको कपाली तमासुक बनाएको र पछि म्याद सकियो भनि झुक्याएर ३१ लाखको तमासुक बनाएर त्यसैको आराधमा मुद्दा चलाएको पीडितहरुको आरोप छ ।
रोल्पाकै थमन बुढामगरले धादिङकी नविना तामाङसँग १० लाख सापट लिएकोमा १३ लाख फिर्ता गर्दा पनि कपाली तमासुक नच्यातेर मुद्दा हालेको उनीहरुको आरोप छ । थमन र नविनाको मुद्दा अहिले विचाराधीन अवस्थामा रहेको छ ।
आफूहरुले ऋण, सापटी लिएको पैसाको प्रचलित कानुनभन्दा बढी सावाँ व्याज तिरिसक्दा पनि कपाली तमासुक र सुरक्षणका लागि लिइएको चेकको आधारमा मुद्दा हालेर दुःख दिने काम गरेको भन्दै उनीहरुले सम्बन्धित निकायको ध्यानाकार्षण गराएका हुन् ।
कपाली तमसुक नच्याती नविना तामाङ, कृष्णप्रसाद रिमाल, गौवीर बुढा र कृष्ण तिमल्सिनाले आफूहरुलाई मानसिक यातना दिने काम गरेको पीडितको आरोप छ । साथै, उनीहरुले संगठित रूपमा योजना बनाई आपराधिक लाभ लिन खोजेकोले कारबाहीका लागि सरकारसँग माग गरेका छन् । उक्त कार्य अमानवीय, अवैज्ञानिक र आपराधिक भएको भन्दै उनीहरुले नेपाल सरकार, सरोकारवाला, मानवअधिकारवादी, सुरक्षा निकाय लगायतको ध्यानाकार्षण गराएका हुन् ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो