मधेश सरकारको आर्थिक वर्ष २०७९–०८०को बजेटमा भएको अनियमित रकमान्तरको विषयमा छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन गरिएको छ।
सोमबार बसेको मधेश प्रदेशसभाको बैठकले प्रदेसशभामा प्रतिनिधित्व गर्ने १० वटै दलबाट एक–एकजना गरी १० सदस्य छानबिन समिति गठन गरेको हो । समितिमा नेकपा एमालेबाट दिपेन्द्रकुमार ठाकुर, नेपाली कांग्रेसबाट नागेन्द्रप्रसाद साह, जनता समाजवादीबाट राजकुमार गुप्ता, जनमत पार्टीबाट शम्भुप्रसाद साह, लोकतान्त्रिक समाजवादी पार्टीबाट उपेन्द्र महतो, नेकपा माओवादी केन्द्रबाट जवाहर प्रसाद कुशवाहा, नेकपा एकीकृत समाजवादी पार्टीबाट कनिष पटेल रहेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्रपार्टीबाट कञ्चन विच्छा, नेपाल संघीय समाजवादी पार्टीबाट विमला अंसारी र नागरिक उन्मुक्ति पार्टीबाट उर्मिला देवी सिंह समितिमा सदस्यमा समावेश छन् ।
समितिका सदस्यले आफू मध्येबाट निर्वाचन प्रक्रियामार्फत संयोजक छान्ने सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार साउन १ गतेदेखि समितिले छानबिन अगाडि बढाउने छन् । काम शुरु भएको दुई महिना भित्र समितिले प्रदेशसभामा छानबिनका प्रतिवेदन बुझाउनु पर्ने छ ।
आज बसेको प्रदेशसभा बैठकबाट छानबिन समिति गठनको प्रस्ताव स्विकार गरिएको हो । गत असार २३ गते बसेको प्रदेशसभा बैठकमा सुरुमै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु बैठकमा अवरोध गर्दै छानबिन समिति गठनको माग गरेका थिए ।
अर्थ मन्त्री संजय कुमार यादवले बजेट शेषन अन्त्य भएको समयमा बजेट अनुशासन विपरीत करोडौं रुपैयाँ रकमान्तर गरी भ्रष्टार तथा अनियमितता गरेको भन्दै उच्च स्तरीय छानबिन हुनु पर्ने प्रतिपक्षीहरुको माग थियो ।
माग पूरा भए मात्र सदन चल्न दिने एमालेको प्रतिज्ञा थियो । सरकारले छानबिन समित गठन गर्ने प्रतिवद्धता गरेपछि आइतबारदेखि एमालेले सदन चल्न दिएको हो । ७० करोड बढी रुपैयाँ अर्थ मन्त्री यादले आर्थिक अनुशासन विपरीत रकमान्तर गरी अनियमितता गरेको एमालेको आरोप छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो